रास्वपा सचिवालय बैठकका चार निर्णय, गैरजिम्मेवार आदेश दिनेलाई कार्वाही गर्न सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकबाट शनिबार (कात्तिक १४) विभिन्न निर्णय गरिएको छ । स्वयम्भूस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकका चार निर्णय सार्वजनिक गरिएको छ । बैठकको पहिलो नम्बरको निर्णय शुक्रबार (कात्तिक १३) गरिएको पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी प्रवेशका विषयमा छ । पार्टीले लोकतान्त्रिक प्रणाली, बहुलवाद, संविधानप्रदत्त नागरिक अधिकार र पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा कहिल्यै सम्झौता नगर्ने निर्णयमा उल्लेख छ । “बलियो र जवाफदेही लोकतन्त्रको आधारस्तम्भ मानिने सञ्चार क्षेत्रमा २०८३ कार्तिक १३ गते प्रहरी प्रशासनमार्फत भएको भनिएका केही गतिविधिहरू संविधान र दलको मूल आदर्शविपरीत छ,” निर्णयमा भनिएको छ, “गैरजिम्मेवार आदेश दिने व्यक्तिहरूको अविलम्ब पहिचान र छानबिन गरी कडा कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी सरकारलाई निर्देशन दिन्छ ।” कतिपय न्यायाधीश नै मुछिएका गम्भीर विचलन र अनुचित साँठगाँठका घटनाले न्यायालयको निष्पक्षता, तटस्थता र गरिमामाथि गम्भीर प्रश्न खडा गरेका अर्को निर्णयमा उल्लेख छ । “यसले न्यायालयको शुद्धीकरण र जवाफदेहिताका पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाकालदेखि उठाउँदै आएको एजेन्डालाई थप पुष्टि गरेको छ,” निर्णयमा भनिएको छ, “न्यायालयभित्रका यी विकृतिलाई विधिसम्मत तवरले निरूपण गर्न संसदबाटै निर्णायक कदम चाल्न र यस विषयलाई तार्किक निष्कर्षमा पुर्याउन संसदीय दललाई निर्देशित गरिन्छ ।” रास्वपा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीको प्रतिनिधिमण्डल यही कात्तिक अन्तिम साता चीन भ्रमणमा जानेलगायत निर्णय पनि गरिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नेपाल प्रिमियर लिगमा आज जनकपुर र पोखरा भिड्दै
• नेपाल प्रिमियर लिगको तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। • खेल त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुनेछ र दुवै टोली जित्ने लक्ष्यमा छन्। • जनकपुरको कप्तानी हरमित सिंहले गर्नेछन् भने पोखराको नेतृत्व कुशल भुर्तेलले सम्हाल्नेछन्। ...

जर्मनीमा जेनजी प्रदर्शन हिंसात्मक, फ्र्याङ्कफर्टमा पसल लुटपाट
अधिकांश प्रदर्शन शान्तिपूर्ण रहे पनि फ्र्याङ्कफर्ट र ह्याम्बर्गमा लुटपाट, तोडफोड तथा आगजनी भएपछि प्रहरीले सतर्कता बढाएको छ। ...

जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ। स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल–२ को सफल आरोहण गरेका हुन् । जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली हिमालको शिखरमा पुगेर आधारशिविर फर्किएको छ। पहिलो आरोहणसँगै जुगल हिमशृङ्खलाका अन्य हिमालको आरोहणका लागि पनि सम्भावना ...

षडानन्द राष्ट्रिय पुरस्कारको घोषणा
गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १५ गते । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले षडानन्द राष्ट्रिय पुरस्कार नेपाली संस्कृतिविद् तथा समाजशास्त्री विद्वान् प्राडा प्रेमकुमार खत्री... ...


