Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रिय ह्याकाथनको उपाधि बुटवल बहुमुखी क्याम्पसलाई

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रिय ह्याकाथनको उपाधि बुटवल बहुमुखी क्याम्पसलाई
Photo / Coverage: टेक्नोलोजी खबर

राष्ट्रिय ह्याकाथन प्रतियोगिताको उपाधि बुटवल बहुमुखी क्याम्पसको सीएसआइटी एबिएमसी टिमले हात पारेको छ। सुदूरपश्चिम विश्वविद्यालयमा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उक्त टिमले नगद रु ५० हजार पुरस्कार प्राप्त गरेको हो। प्रतियोगितामा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ साइन्सको द मर्ज कन्फ्लिक्ट टिम दोस्रो भएको छ। उक्त टिमले नगद रु २५ हजार पुरस्कार प्राप्त गरेको छ। त्यस्तै लुम्बिनी प्राविधिक विश्वविद्यालयको पिक्सेल स्क्वाड टिम तेस्रो हुँदै रु १५ हजार पुरस्कार प्राप्त गर्न सफल भयो। प्रतियोगितामा उत्कृष्ट महिला नेतृत्व टिमको पुरस्कार सुदूरपश्चिम विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङको टिमले प्राप्त गरेको छ। उक्त टिमलाई नगद १० हजार प्रदान गरिएको आयोजक स्कुल अफ इन्जिनियरिङअन्तर्गत इन्नोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबका सल्लाहकार दिलीप पन्तले जानकारी दिए। उनका अनुसार उत्कृष्ट प्रस्तुति विधामा लुम्बिनी इन्जिनियरिङ कलेज र उत्कृष्ट क्षेत्रीय प्रभाव विधामा सुदूरपश्चिम विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङ टिमले पुरस्कार हात पारेको छ। सुदूरपश्चिम विश्वविद्यालयको इन्नोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबले आयोजना गरेको प्रतियोगितामा पाँच वटा विश्वविद्यालयका १० वटा टिमबीच प्रतिस्पर्धा भएको थियो। सहभागीहरु टोलीले ४८ घण्टाको अवधिमा समस्या पहिचान, समाधानको नमूना तयार गरी निर्णायक समक्ष प्रस्तुती गरेका थिए। “टिमले मूल्याङ्कन समक्ष प्रस्तुति दिएपछि उत्कृष्टलाई छनौट गरेर पुरस्कार प्रदान गरिएको हो।” सल्लाहकार पन्तले भन्नुभयो, “यो कार्यक्रम क्लबले हरेक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ।” प्रतियोगितामा १० वटा टिमलाई छनौट गरी प्रतिस्पर्धा गराइएको थियो।-रासस The post राष्ट्रिय ह्याकाथनको उपाधि बुटवल बहुमुखी क्याम्पसलाई appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
इन्स्टाग्राम स्टोरीमा गल्ती भए अब डिलिट गर्नुपर्दैन, १५ मिनेटभित्रै सच्याउन मिल्ने
TechnologyJust now

इन्स्टाग्राम स्टोरीमा गल्ती भए अब डिलिट गर्नुपर्दैन, १५ मिनेटभित्रै सच्याउन मिल्ने

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामले प्रयोगकर्ताले प्रकाशित गरिसकेको स्टोरीमा समेत आवश्यक परिमार्जन गर्न सक्ने नयाँ सुविधा ल्याएको छ । यससँगै स्टोरीमा भएका सामान्य गल्ती सच्याउन त्यसलाई हटाएर पुन: पोस्ट गर्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।यसअघि स्टोरीमा लेखिएका शब्दमा त्रुटि भएमा, गलत संगीत छनोट भएमा वा अन्य सामग्री परिवर्तन गर्नुपर्ने अवस्थामा प्रयोगकर्ताले पुरानो स्टोरी डिलिट गरेर फेरि नयाँ स्टोरी पोस्ट ...

आइसिटी समाचार
सीसीटीभी लगायतको निगरानीमा उपत्यकामा एकै दिन ७७४ सवारीचालक कारबाहीमा
TechnologyJust now

सीसीटीभी लगायतको निगरानीमा उपत्यकामा एकै दिन ७७४ सवारीचालक कारबाहीमा

काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७७४ जना सवारीचालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई नियमित निगरानी तथा चेकजाँचका क्रममा कारबाही गरिएको हो। कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ६१ जना, सिसिटिभी फुटेजका आधारमा पहिचान भएका ३५ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने २० ...

टेक्नोलोजी खबर
हुआङलाई एनभिडियाको नेतृत्वमा फर्काउन ट्रम्पको हस्तक्षेप, एकै दिन ९५२ अर्ब डलर बढेको दाबी
TechnologyJust now

हुआङलाई एनभिडियाको नेतृत्वमा फर्काउन ट्रम्पको हस्तक्षेप, एकै दिन ९५२ अर्ब डलर बढेको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै अग्रणी एआई चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई पुन: नेतृत्वमा फर्काउन कम्पनीको सञ्चालक समितिसँग प्रत्यक्ष हस्तक्षेप गरेको खुलासा भएको छ ।हुआङको बहिर्गमनले अमेरिकी सेयर बजार र प्रविधि क्षेत्रमा नकारात्मक प्रभाव पार्न सक्ने तथा कृत्रिम बौद्धिकता (एआई) को विश्वव्यापी प्रतिस्पर्धामा चीनलाई फाइदा पुग्न सक्ने आकलनपछि ट्रम्पले उनलाई पुनर्बहाली गराउन पहल ...

आइसिटी समाचार
पोखरामा शाओमीले ल्यायो स्मार्ट होमअप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर
TechnologyJust now

पोखरामा शाओमीले ल्यायो स्मार्ट होमअप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर

पोखरा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । नेपालमा आफ्नो बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले खोलिएको उक्त स्टोर टेलिडाइरेक्ट प्रा.लि.ले सञ्चालनमा ल्याएको हो ।स्टोरमा शाओमीका स्मार्टफोन, विभिन्न एसेसरिज, स्मार्ट टिभी, भान्सामा प्रयोग हुने विद्युतीय उपकरण, व्यक्तिगत स्याहारका सामग्री, हावा शुद्धीकरण गर्ने उपकरण, मनिटरलगायत स्मार्ट होमसम्बन्धी विभिन्न उत्पादन उपलब्ध छन् । ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement