Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्रीले गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्रीले गर्ने
Photo / Coverage: नेपालन्युज

सुर्खेत। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्ले शनिबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यो जानकारी दिएका हुन्। ‘प्रतियोगिताको उद्घाटनका लागि प्रधानमन्त्री आउनुहुन्छ,’ मन्त्री पोखरेलले भने, ‘उद्घाटनको समय भने १४ गतेपछि मात्रै थाहा हुन्छ।’ उद्घाटनमा प्रधानमन्त्री आउने पक्कापक्की भए पनि समय बिहान वा दिउँसो भन्ने विषयमा एकीन नभएको मन्त्री पोखरेलको भनाइ छ। यसअघि प्रतियोगिता राष्ट्रपतिबाट उद्घाटन गर्ने र प्रधानमन्त्रीबाट समापन गर्ने परम्परा थियो। यस्तै मन्त्री पोखरेलले कर्णालीमा राष्ट्रिय प्रतियोगिता गर्नु नै ठूलो उपलब्धि भएको बताए। ‘पहिले राष्ट्रिय प्रतियोगिताहरु काठमाडौँमै हुन्थे, यसपालि कम्तीमा कर्णालीमा प्रतियोगिता भएको छ,’ फुटबलको सेमिफाइनल र फाइनल किन जुम्लामा खेलाउन थालिएको हो भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘जुम्लाका नागरिकलाई पनि न्याय हुनेगरी एउटा खेलको फाइनल जुम्लामा गर्नु परेको हो।’ यस्तै उद्घाटनको मुख्य स्थलमा प्राविधिक पक्ष बाहेकका अन्य प्राविधिक कामहरु पूरा भएको छ। यही मंसिर १६ गते उद्घाटन हुने प्रतियोगिताका खेलहरु मंसिर ८ गतेदेखि नै सुरु भएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चिकित्सक सङ्घका नवनिर्वाचित परिषद् सदस्यलाई प्रमाणपत्र प्रदान
Latest NewsJust now

चिकित्सक सङ्घका नवनिर्वाचित परिषद् सदस्यलाई प्रमाणपत्र प्रदान

काठमाडौं, मङ्सिर १२ गते । नेपाल चिकित्सक संघ (एनएमए) का नवनिर्वाचित ६० जना परिषद् सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको छ ।गत साउन २३ गते सम्पन्न निर्वाचनबाट निर्वाचित परिषद् सदस्यलाई... ...

गोरखापत्र
टोल्स्टोयका राजाले जस्तै कांग्रेसले सम्झिनुपर्ने तीन उत्तर
Latest NewsJust now

टोल्स्टोयका राजाले जस्तै कांग्रेसले सम्झिनुपर्ने तीन उत्तर

युद्ध र शान्तिजस्तो महान् उपन्यास लेख्ने लियो टोल्स्टोयको एउटा प्रसिद्ध लघुकथा छ- ‘तीन प्रश्न’।  एकजना राजालाई तीन प्रश्नले सताइरहेका थिए- कुनै काम गर्ने सही समय कुन हो? सबैभन्दा महत्त्वपूर्ण मान्छे को हो? अनि ठुलो काम के हो?  दरबारका विद्वान्‌हरूले अनेक उत्तर दिए, तर राजाको मन शान्त भएन। अन्ततः राजा जंगलमा बस्ने एक साधु... ...

नेपालखबर
किङ्स कप राष्ट्रिय भलिबल : गण्डकी शीर्षस्थानमा कायमै
Latest NewsJust now

किङ्स कप राष्ट्रिय भलिबल : गण्डकी शीर्षस्थानमा कायमै

कास्की । पोखरा रङ्गशालामा जारी ‘किङ्स कप’ राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश भलिबल सङ्घले शीर्षस्थान कायमै राखेको छ । घरेलु टोली गण्डकी आज भएको खेलमा कोशी प्रदेशसँग पराजित... ...

रातोपाटी
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
Latest NewsJust now

सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल

पाल्पा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन् । उनले सङ्घीयता कार्यान्वयनका क्रममा देखिएका कानुनी तथा व्यावहारिक समस्या समाधान गर्न... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement