राष्ट्रपतिद्वारा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान तथा नवप्रवर्तन अध्यादेश जारी, विधि विज्ञान प्रयोगशाला स्थापना सम्बन्धित विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज दुई अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिले ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३’ र ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। यसका साथै राष्ट्रपति पौडेलले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्। सङ्घीय संसद्ले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज उनले प्रमाणीकरण गरेका हुन्। रासस The post राष्ट्रपतिद्वारा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान तथा नवप्रवर्तन अध्यादेश जारी, विधि विज्ञान प्रयोगशाला स्थापना सम्बन्धित विधेयक प्रमाणीकरण appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

लुम्बिनी लायन्सको ‘कुलेस्ट पार्टनर’मा हायर
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सको कुलेस्ट पार्टनरको रुपमा हायर स्मार्ट होम जोडिएको छ।यसका लागि दुई पक्षबीच केही दिन अघि सम्झौता भएको हो। सम्झौताअनुसार हायर एनपीएलको तेस्रो संस्करणमा लुम्बिनी लायन्सको ‘कुलेस्ट पार्टनर’ को रुपमा रहनेछ। सम्झौतापत्रमा लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवाल र हायर कन्जुमर इलेक्ट्रोनिक्सका उपाध्यक्ष सैलेन्द्र झाले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार लुम्बिनी लायन्सका खेलाडीले लगाउने जर्सीको छातीमा ...

स्टारलिङ्कको प्रतिस्पर्धालाई स्वागत गर्छौंः रिलायन्स
भारतमा स्टारलिङ्कको सेवा विस्तार रोक्न खोजेको आरोप इलन मस्कले लगाएपछि रिलायन्स इन्डस्ट्रीजले त्यसको खण्डन गर्दै स्याटेलाइट इन्टरनेट सेवामा प्रतिस्पर्धालाई स्वागत गर्ने जनाएको छ। रिलायन्सले शुक्रबार जारी गरेको विज्ञप्तिमा ग्राहकलाई उत्कृष्ट सेवा दिनु नै वास्तविक प्रतिस्पर्धाको मापदण्ड भएको उल्लेख गर्दै स्टारलिङ्कसहितका सेवाप्रदायकसँग प्रतिस्पर्धा गर्न तयार रहेको बताएको छ। प्रविधि क्षेत्रका अर्बपति मस्कले भारतका ‘कुलीन वर्ग’ ले आफ्नो एकाधिकार जोगाउन स्टारलिङ्कको सेवा विस्तारमा अवरोध ...

चीनद्वारा अन्तरिक्षमा एआई कम्प्युटिङ क्षमता बढाउन १० उपग्रह प्रक्षेपण
चीनले अन्तरिक्षमा कृत्रिम बुद्धिमत्ता (एआई) कम्प्युटिङ क्षमता विस्तार गर्ने उद्देश्यले बुधबार झुचे–२ई वाई४ रकेटमार्फत १० वटा उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। तीमध्ये आठवटा उपग्रह कक्षामा एआई कम्प्युटिङ क्षमता विकास गर्न डिजाइन गरिएका हुन्। सिन्ह्वाका अनुसार स्थानीय समयअनुसार बुधबार बेलुका ७ः४० बजे उत्तरपश्चिम स्थित डोङफेङ कमर्सियल स्पेस इनोभेसन पाइलट एरियाबाट रकेट प्रक्षेपण गरिएको थियो। आठवटा उपग्रह चिनियाँ व्यावसायिक अन्तरिक्ष कम्पनी एडीएस्पेसले विकास गरिरहेको ...


