चीनद्वारा अन्तरिक्षमा एआई कम्प्युटिङ क्षमता बढाउन १० उपग्रह प्रक्षेपण

चीनले अन्तरिक्षमा कृत्रिम बुद्धिमत्ता (एआई) कम्प्युटिङ क्षमता विस्तार गर्ने उद्देश्यले बुधबार झुचे–२ई वाई४ रकेटमार्फत १० वटा उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। तीमध्ये आठवटा उपग्रह कक्षामा एआई कम्प्युटिङ क्षमता विकास गर्न डिजाइन गरिएका हुन्। सिन्ह्वाका अनुसार स्थानीय समयअनुसार बुधबार बेलुका ७ः४० बजे उत्तरपश्चिम स्थित डोङफेङ कमर्सियल स्पेस इनोभेसन पाइलट एरियाबाट रकेट प्रक्षेपण गरिएको थियो। आठवटा उपग्रह चिनियाँ व्यावसायिक अन्तरिक्ष कम्पनी एडीएस्पेसले विकास गरिरहेको स्टार कम्प्युट परियोजनाको दोस्रो समूहअन्तर्गतका हुन्।सूर्यको प्रकाश प्राप्त हुने कक्षमा सञ्चालन गर्ने गरी डिजाइन गरिएका यी उपग्रहमा उच्च कार्यक्षमताका कम्प्युटर प्रणाली, लेजर सञ्चार उपकरण तथा कम प्रकाशमा काम गर्न सक्ने क्यामेरा जडान गरिएका छन्। यी उपग्रहले १० हजार वाट क्षमताका तरल कुलिङ प्रणाली, विस्तार गर्न सकिने ठूला कुलिङ इस्टक्चर, अन्तरिक्षमा आधारित लेजर सञ्चार नेटवर्क तथा अन्तरिक्ष कक्षमै आधारभूत कृत्रिम बुद्धिमत्ता मोडेललाई प्रशिक्षण दिने प्रविधिजस्ता उन्नत प्रणालीको परीक्षण गर्नेछन्। एडीएस्पेसका अनुसार यस अभियानले अन्तरिक्षमा कम्प्युटिङ प्रविधिको विकास र यसको व्यावसायिक प्रयोगलाई तीव्रता दिन सहयोग पुर्याउनेछ। कम्पनीले अन्तरिक्ष कक्षमा कृत्रिम बुद्धिमत्तासम्बन्धी पूर्वाधार नेटवर्क निर्माण गर्ने योजना बनाएको छ। उक्त नेटवर्कमा २ हजार ८०० कम्प्युटर उपग्रह समावेश हुनेछन्। यस परियोजनाअन्तर्गत पहिलो समूहका १२ उपग्रह सन् २०२५ को मे महिनामा प्रक्षेपण गरिएको थियो। कम्पनीले जनवरीमा आफ्नो अन्तरिक्षमा आधारित कम्प्युटिङ नेटवर्कमा अलिबाबाको ‘क्वेन–३’ कृत्रिम बुद्धिमत्ता मोडेल जडान गरिएको घोषणा गरेको थियो। कम्पनीले सन् २०३० सम्ममा एक हजार उपग्रहको नेटवर्क निर्माण गर्ने र सन् २०३५ सम्ममा विश्वकै सबैभन्दा ठूलो उपग्रह समूह स्थापना गर्ने लक्ष्य राखेको छ। The post चीनद्वारा अन्तरिक्षमा एआई कम्प्युटिङ क्षमता बढाउन १० उपग्रह प्रक्षेपण appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

राष्ट्रपतिद्वारा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान तथा नवप्रवर्तन अध्यादेश जारी, विधि विज्ञान प्रयोगशाला स्थापना सम्बन्धित विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज दुई अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिले ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३’ र ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। यसका साथै राष्ट्रपति पौडेलले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्। सङ्घीय संसद्ले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेको उक्त ...

स्टारलिङ्कको प्रतिस्पर्धालाई स्वागत गर्छौंः रिलायन्स
भारतमा स्टारलिङ्कको सेवा विस्तार रोक्न खोजेको आरोप इलन मस्कले लगाएपछि रिलायन्स इन्डस्ट्रीजले त्यसको खण्डन गर्दै स्याटेलाइट इन्टरनेट सेवामा प्रतिस्पर्धालाई स्वागत गर्ने जनाएको छ। रिलायन्सले शुक्रबार जारी गरेको विज्ञप्तिमा ग्राहकलाई उत्कृष्ट सेवा दिनु नै वास्तविक प्रतिस्पर्धाको मापदण्ड भएको उल्लेख गर्दै स्टारलिङ्कसहितका सेवाप्रदायकसँग प्रतिस्पर्धा गर्न तयार रहेको बताएको छ। प्रविधि क्षेत्रका अर्बपति मस्कले भारतका ‘कुलीन वर्ग’ ले आफ्नो एकाधिकार जोगाउन स्टारलिङ्कको सेवा विस्तारमा अवरोध ...

NPL सिजन ३ का लागि हुन्डाई नेपाल र डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सबीच साझेदारी
३० असोज, काठमाडौं। नेपाल प्रिमियर लिग (NPL) को आगामी तेस्रो सिजनका लागि हुन्डाई नेपाल र डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सबीच “Driven by Hyundai” अन्तर्गत साझेदारी भएको छ। दोस्रो सिजनको विजेता लुम्बिनी लायन्सको उपाधि रक्षा यात्रालाई सहयोग गर्दै नेपाली क्रिकेट समुदाय र खेल प्रतिभालाई प्रोत्साहन गर्न यो रणनीतिक सहकार्य गरिएको हो। हुन्डाई नेपालले नेपाल प्रिमियर लिग (NPL) […] The post NPL सिजन ३ ...


