Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/लुम्बिनी लायन्सको ‘कुलेस्ट पार्टनर’मा हायर

लुम्बिनी लायन्सको ‘कुलेस्ट पार्टनर’मा हायर

Share:WhatsAppFacebookX (Twitter)Telegram
लुम्बिनी लायन्सको ‘कुलेस्ट पार्टनर’मा हायर

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सको कुलेस्ट पार्टनरको रुपमा हायर स्मार्ट होम जोडिएको छ।यसका लागि दुई पक्षबीच केही दिन अघि सम्झौता भएको हो। सम्झौताअनुसार हायर एनपीएलको तेस्रो संस्करणमा लुम्बिनी लायन्सको ‘कुलेस्ट पार्टनर’ को रुपमा रहनेछ। सम्झौतापत्रमा लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवाल र हायर कन्जुमर इलेक्ट्रोनिक्सका उपाध्यक्ष सैलेन्द्र झाले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार लुम्बिनी लायन्सका खेलाडीले लगाउने जर्सीको छातीमा रहने छ। सम्झौतापहायरको लोगोछि लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत कटवालले हायरजस्तो अन्तर्राष्ट्रिय ब्रान्डसँग सहकार्य गर्न पाउनु एनपीएलका लागि पनि महत्त्वपूर्ण भएको बताए। हायरका उपाध्यक्ष झाले पनि लुम्बिनी लायन्ससँगको सहकार्यले नेपाली क्रिकेटलाई थप उचाइमा पुर्‍याउन सहयोग गर्ने विश्वास व्यक्त गरे। ‘हायर विश्वकै अग्रणी ब्रान्डमध्ये एक हो भने लुम्बिनी लायन्स एनपिएलको अग्रणी टोली हो। यही कारण पनि हामीले यो साझेदारी गरेका हौं। नेपाली क्रिकेटमा महत्त्वपूर्ण योगदान दिँदै आएको लुम्बिनी लायन्ससँग जोडिन पाउँदा हामी खुसी र उत्साहित छौं,’ उनले भने। The post लुम्बिनी लायन्सको ‘कुलेस्ट पार्टनर’मा हायर appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान
प्रविधिJust now

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान गरिएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउको बस्तीमा मानव–वन्यजन्तु जोखिम न्यूनीकरणका लागि भीमदत्त नगरपालिका र कनेक्ट परियोजनाको सहयोगमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरिएको हो। भीमदत्त–१९ का वडाध्यक्ष जगुराम थारु चौधरीले भने, “पूर्वसूचना प्रणालीले निकुञ्जबाट जङ्गली जनावर बस्ती प्रवेश गर्दा साइरन बज्छ र मोबाइलमा सन्देश आउँछ। यसले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्छ ...

टेक्नोलोजी खबर
राष्ट्रपतिद्वारा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान तथा नवप्रवर्तन अध्यादेश जारी, विधि विज्ञान प्रयोगशाला स्थापना सम्बन्धित विधेयक प्रमाणीकरण
प्रविधिJust now

राष्ट्रपतिद्वारा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान तथा नवप्रवर्तन अध्यादेश जारी, विधि विज्ञान प्रयोगशाला स्थापना सम्बन्धित विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज दुई अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिले ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३’ र ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। यसका साथै राष्ट्रपति पौडेलले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्। सङ्घीय संसद्ले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेको उक्त ...

टेक्नोलोजी खबर
स्टारलिङ्कको प्रतिस्पर्धालाई स्वागत गर्छौंः रिलायन्स
प्रविधिJust now

स्टारलिङ्कको प्रतिस्पर्धालाई स्वागत गर्छौंः रिलायन्स

भारतमा स्टारलिङ्कको सेवा विस्तार रोक्न खोजेको आरोप इलन मस्कले लगाएपछि रिलायन्स इन्डस्ट्रीजले त्यसको खण्डन गर्दै स्याटेलाइट इन्टरनेट सेवामा प्रतिस्पर्धालाई स्वागत गर्ने जनाएको छ। रिलायन्सले शुक्रबार जारी गरेको विज्ञप्तिमा ग्राहकलाई उत्कृष्ट सेवा दिनु नै वास्तविक प्रतिस्पर्धाको मापदण्ड भएको उल्लेख गर्दै स्टारलिङ्कसहितका सेवाप्रदायकसँग प्रतिस्पर्धा गर्न तयार रहेको बताएको छ। प्रविधि क्षेत्रका अर्बपति मस्कले भारतका ‘कुलीन वर्ग’ ले आफ्नो एकाधिकार जोगाउन स्टारलिङ्कको सेवा विस्तारमा अवरोध ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play