राष्ट्रपतिदेखि सर्वसाधारणसम्म दसैँको टीकामा

काठमाडौँ। बडादसैँको मुख्य दिन विजयादशमीका अवसरमा बुधबार देशभर टीका, जमरा र प्रसाद ग्रहण गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गरेका छन्। सर्वसाधारणले पनि मान्यजनबाट टीका र जमरा थापेर दसैँ मनाएका छन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेपछि प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई टीका लगाइदिएका थिए। राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार विजयादशमीको शुभ साइतमा टीका लगाउने कार्यक्रम भएको हो। त्यसैगरी उपराष्ट्रपति यादवले लैनचौरस्थित उपराष्ट्रपति भवनमा गुरु पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका थिए। उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवका अनुसार त्यसपछि उनले परिवारका सदस्यलाई पनि टीका लगाइदिएका थिए। दसैँका अवसरमा काठमाडौँ उपत्यकाबाहिर पनि परिवारका सदस्य तथा आफन्तहरू भेला भएर मान्यजनबाट टीका र जमरा ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेल बुधबार भवन शीतल निवासमा यस वर्षको दसैँको शुभसाइतमा १० बजेर २६ मिनेटमा गुरू पुरोहितबाट टीका, प्रसाद र जमरा ग्रहण गर्नुहुँदै। तस्बिरः किरणराज विष्ट/रासस राष्ट्रपति रामचन्द्र पौडेल बुधबार राष्ट्रपति भवन शीतल निवासमा यस वर्षको दसैँको शुभसाइत १० बजेर २६ मिनेटमा गुरू पुरोहितबाट टीका, प्रसाद र जमरा ग्रहण गर्नुहुँदै। सौजन्य तस्बिरः राष्ट्रपतिको कार्यालय/रासस राष्ट्रपति रामचन्द्र पौडेल बुधबार राष्ट्रपति भवन शीतल निवासमा गुरू पुरोहितलाई यस वर्षको दसैँको टीका, प्रसाद र जमरा लगाई दिँदै। सौजन्य तस्बिरः राष्ट्रपतिको सचिवालय/रासस राष्ट्रपति रामचन्द्र पौडेल बुधबार राष्ट्रपति भवन शीतल निवासमा यस वर्षको दसैँको शुभसाइतमा १०ः२६ मिनेटमा गुरु पुरोहितबाट यस वर्षको दसैँको टीका, प्रसाद र जमरा ग्रहण गर्दै । सौजन्य तस्बिरः राष्ट्रपतिको सचिवालय/रासस राष्ट्रपति रामचन्द्र पौडेल बुधबार राष्ट्रपति भवन शीतल निवासमा यस वर्षको दसैँको शुभसाइत १० बजेर २६ मिनेटमा गुरु पुरोहितबाट टीका, प्रसाद र जमरा ग्रहण गर्नुहुँदै। तस्बिरः किरणराज विष्ट/रासस उपराष्ट्रपति रामसहाय प्रसाद यादव बुधबार शुभसाइत बिहान १०ः२६ मा गुरु पुरोहितबाट विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गर्नुहुँदै। सौजन्य तस्बिरः उपराष्ट्रपतिको सचिवालय/रासस बडादसैँको अवसरमा बुधबार बागलुङ नगरपालिका-८ सिगानामा मान्यजनबाट टीका र जमरा ग्रहण गरिँदै। तस्बिरः खेमराज गौतम/रासस दाङको राप्ती गाउँपालिका-२ स्थित लालमटियामा बडादसैँका दिन बुधबार स्थानीयवासी मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै। तस्बिरः कुलदीप न्यौपाने/रासस
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

नेपालीलाई क्यासिनोमा जुवा खेलाएको आरोपमा वीरगन्जबाट ५ पक्राउ
वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित यो क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने गरिएको सूचनाका आधारमा प्रहरीले मंगलबार साँझ छापा मारेको थियो। ...

स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव
वासिङटन।अमेरिकी अर्बपति एलन मस्कले स्पेसएक्स र टेस्ला कम्पनी गाभ्ने प्रस्तावलाई समर्थन गरेका छन्। यसैबीच, स्पेसएक्सले जुलाईदेखि सेप्टेम्बरसम्म चार अर्ब ४० करोड अमेरिकी डलर खुद नाफा कमाएको छ। अघिल्लो वर्ष सोही अवधिमा एक अर्ब १० करोड डलर घाटा भएको थियो। मस्कका अनुसार दुवै कम्पनीका स्वतन्त्र सञ्चालकहरूको विशेष समितिले सम्भावित मर्जरबारे अध्ययन गरिरहेको छ। स्वार्थको द्वन्द्वका कारण आफू छलफलमा सहभागी हुन नसक्ने बताउँदै ...

अनलाइनमार्फत एनटी फाइबरको माग र गुनासो दर्ता
नेपाल टेलिकमले हालै एफटीटीएच अर्थात फाइबर टु द होममा आधारित एनटी फाइबरमा ल्याएको विशेष अफरका कारण ग्राहक आकर्षित भएका छन्। यसका लागि आवश्यक जानकारी लिन र नयाँ लाइन जडान गर्नका लागि १९८ नम्बरमा कल गर्न सकिने व्यवस्था गरिएको र यसमा धेरै चाप परेका कारण हाल यसको क्षमता समेत वृद्धि गरिएको कम्पनीले जनाएको छ। ग्राहकले यो नम्बरमा कल गरेर आफूलाई पायक पर्ने स्थानका ...

स्पेसएक्स र टेस्ला गाभ्ने प्रस्तावलाई मस्कको समर्थन
अमेरिकी अर्बपति एलन मस्कले स्पेसएक्स र टेस्ला कम्पनी गाभ्ने प्रस्तावलाई समर्थन गरेका छन्। ...


