राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विजया दशमीको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको महान् चाड विजया दशमी, २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु-स्वास्थ्य र समृद्धिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । विजया दशमीका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले दुर्गा भवानीको पूजाअर्चना गरी गुरुपुरोहित तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले यस पर्वको सांस्कृतिक महत्त्व बढाएको उल्लेख गर्नु भएको छ । उहाँले विजया दशमीमा मान्यजनप्रति श्रद्धा र सम्मान प्रकट गर्ने मौलिक परम्पराले पारिवारिक आत्मीयता, आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । विजया दशमीको सांस्कृतिक परम्पराले नेपाली समाजमा आपसी सद्भाव र एकताको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उहाँको भनाइ छ । राष्ट्रपति पौडेलले विजया दशमी, २०८३ ले सम्पूर्ण नेपालीको सुख, शान्ति र कल्याणका साथै राष्ट्रको स्थायित्व, सुशासन, विकास र समृद्धिका लागि योगदान पुर्याओस् भन्दै नवदुर्गा भवानीसँग प्रार्थनासमेत गर्नुभएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

ड्रोनबाट राहत वितरण
काठमाडौं।बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्याइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सडक सम्पर्क टुटेका बस्तीमा राहत सामग्री पुर्याउन ड्रोनको प्रयोग गरिरहेको जनाएको छ। दशैंका समयमा समेत प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन ड्रोन प्रयोग गरिएको प्राधिकरणले जनाएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सडक सम्पर्क विच्छेद भएका र भौगोलिक रूपमा विकट ...

रहस्यमय ‘सारथी’को टिजर : यस्तो अवस्थामा देखिइन् निरुता सिंह
फिल्म ‘सारथी’को टिजर सार्वजनिक भएको छ। निर्देशक कुमार गजुरेलको जन्मदिनको अवसर कात्तिक २ मा फिल्मको टिजर सार्वजनिक गरिएको हो। जसमा काउब्वाय ह्याट, हातमा लालटिन र रहस्यमय हाउभाउमा छन्। जंगलको अँध्यारो बाटोमा हिँडिरहेका डेब्यु अभिनेता गिरि विश्वकर्मा र अभिनेत्री निरुता सिंहबिचको सम्बन्ध के हो? गिरिले निरुतालाई ‘आमा’ भनेर सम्बोध... ...
![सवारीसाधन पूजा [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/sabari-puja-83-7-3%20(5).jpg)
सवारीसाधन पूजा [तस्बिरहरू]
यस अवसरमा निर्माण, कलकारखाना, उद्योग तथा प्रविधिसँग सम्बन्धित औजार, मेसिनरी उपकरण र सवारीसाधनको पूजा गर्ने परम्परा छ। ...

दसैँमा मासु खाँदा अपनाउनुहोस् सावधानी: कति खाने र कसरी पकाउने?
काठमाडौं। दसैँको समयमा नेपाली भान्सामा मासुका विभिन्न परिकार पाक्ने गर्छन्। मासु प्रोटिन, खनिज तत्व, भिटामिन बी, जिंक र पोटासियमको राम्रो स्रोत भए पनि यसको अत्यधिक र असन्तुलित उपभोगले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। पोषणविद् रुजु खड्काका अनुसार मासुलाई सही ढंगले नपकाउँदा र धेरै खाँदा पाचन प्रणालीमा समस्या, टाउको दुख्ने, वाकवाकी लाग्ने र पखाला लाग्ने जस्ता समस्या देखिन सक्छन्। लामो समयसम्म ...


