Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका
Photo / Coverage: पर्दाफास

राष्ट्रपति रामचन्द्र पौडेलले बहिनी शारदा पण्डितबाट भाइटीका लगाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा उनले विधिपूर्वक टीका लगाएका हुन् । टीकापछि बहिनी शारदाले राष्ट्रपतिलाई ओखर, बदामलगायतका फलफूल र उपहार प्रदान गरेकी थिइन् । राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाएर उपहार तथा दक्षिणा दिएका छन् । नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान मध्यरातमा जेलबाट अस्पताल लगिए
OthersJust now

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान मध्यरातमा जेलबाट अस्पताल लगिए

२५ कात्तिक, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई मङ्गलबार र बुधबारको मध्यरातमा कडा सुरक्षाबीच अडियाला जेलबाट इस्लामावादस्थित पीआईएमएस अस्पताल लगिएको छ। अस्पताल प्रशासनसँग आबद्ध एक अधिकारीका अनुसार, त्यहाँ पहिल्यै उपस्थित डाक्टरहरूको एक विशेष टोलीले उनको स्वास्थ्य जाँच र उपचार गरेको थियो। बीबीसी उर्दूका अनुसार ती अधिकारीले स्वास्थ्य परीक्षणका क्रममा रक्तचाप, ज्वरो र आँखाको जाँचका साथै… ...

अनलाइन खबर
गरिबीले खोस्यो निगालीको तिहार, घरघरमा ताल्चा
OthersJust now

गरिबीले खोस्यो निगालीको तिहार, घरघरमा ताल्चा

चाडबाडमा गाउँभरि झिलिमिली र रमझम छ, तर कञ्चनपुरको निगालीमा भने गरिबीले तिहारको खुसी खोसेको छ । घरघरमा ताल्चा छन्, गाउँमा भएकाहरूलाई पनि बिहान–बेलुका चुलो कसरी बाल्ने भन्ने चिन्ता छ । ...

अनलाइन खबर
दसैंको रातिदेखि बेपत्ता भएका प्रख्यात सुनकोसी किनारमा मृ*त फेला
OthersJust now

दसैंको रातिदेखि बेपत्ता भएका प्रख्यात सुनकोसी किनारमा मृ*त फेला

२५ कात्तिक, खोटाङ । गत कात्तिक ४ गते रातिदेखि सम्पर्कविहीन बनेका ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुका २२ वर्षीय प्रख्यात राई मृत फेला परेका छन् । सांस्कृतिक कार्यक्रममा जाने भन्दै घरबाट निस्किएका राई खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित सुनकोसी नदीको राजदह नजिकै बालुङमारीमा मृत फेला परेका हुन् । उनी कात्तिक २४ गते राति मृत फेला परेको प्रहरीले… ...

अनलाइन खबर
यस्तो छ सप्तरङ्गी टिकाको महत्व
OthersJust now

यस्तो छ सप्तरङ्गी टिकाको महत्व

आज भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई लगाइदिने सप्तरङ्गी टीकाको धार्मिक तथा सांस्कृतिक महत्त्व विशेष रहेको छ । टीकामा प्रयोग हुने विभिन्न रङले शुद्धता, पराक्रम, शक्ति, प्रकृति, शान्ति र सकारात्मक जीवनको सन्देश दिने गर्छन् । नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक शालिग्राम ढकालका अनुसार सप्तरङ्गी टीका इन्द्रेणी र प्रकृतिको प्रतीक हो । यसमा प्रयोग हुने प्रत्येक रङले मानिसको जीवन र स्वभावसँग सम्बन्धित फरक–फरक अर्थ बोकेको ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play