Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

यस्तो छ सप्तरङ्गी टिकाको महत्व

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्तो छ सप्तरङ्गी टिकाको महत्व
Photo / Coverage: पर्दाफास

आज भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई लगाइदिने सप्तरङ्गी टीकाको धार्मिक तथा सांस्कृतिक महत्त्व विशेष रहेको छ । टीकामा प्रयोग हुने विभिन्न रङले शुद्धता, पराक्रम, शक्ति, प्रकृति, शान्ति र सकारात्मक जीवनको सन्देश दिने गर्छन् । नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक शालिग्राम ढकालका अनुसार सप्तरङ्गी टीका इन्द्रेणी र प्रकृतिको प्रतीक हो । यसमा प्रयोग हुने प्रत्येक रङले मानिसको जीवन र स्वभावसँग सम्बन्धित फरक–फरक अर्थ बोकेको हुन्छ । नेपाल न्यूज बैंकसँग कुरा गर्दै ढकालले रातो रङलाई पराक्रम र शक्तिको प्रतीक तथा पहेँलोलाई सात्त्विकता, शान्ति र आनन्दको प्रतीकका रूपमा व्याख्या गरे । उनले भने, ‘रातो भनेको पराक्रम र शक्तिको प्रतीक हो। पहेँलो भनेको सात्त्विकता र आनन्दसँग जोडिन्छ । सेतो भनेको चामलको पिठोबाट बनाएर हामी लगाइदिन्छौँ। सेतोमा केही मिसियो भने टक्क देखिहाल्छ नि, त्यस्तै मन पनि शुद्ध हुनुपर्छ भन्ने भावले हामी सेतो रङ प्रयोग गर्छौँ।’ त्यस्तै, हरियो रङ प्रकृतिको प्रतीक भएको उनले बताए । मानिसको जीवन प्रकृतिसँग जोडिनुपर्ने र प्रकृतिलाई विकृत बनाउने काम गर्न नहुने सन्देश हरियो रङले दिने उनको भनाइ छ । ‘हरियो भनेको प्रकृतिको प्रतीक हो । प्रकृतिसम्मत बन, प्रकृतिलाई विकृति बनाउने दुष्प्रयास नगर भन्ने त्यसको सङ्केत हो,’ उनले भने । निलो रङलाई शान्तिको प्रतीकका रूपमा व्याख्या गर्दै ढकालले मानिस परिस्थितिअनुसार कहिले पराक्रमी र कहिले शान्त तथा संयमित हुनुपर्ने बताए । उनका अनुसार सप्तरङ्गी टीकाले जीवनका विभिन्न परिस्थिति र मनका अवस्थालाई पनि प्रतिनिधित्व गर्छ । उनले भने, ‘सप्तरङ्गी भनेको प्रकृतिको सिम्बोल हो, इन्द्रेणीको सिम्बोल हो । मनको स्वभाव पनि कहिले साह्रै खुसी हुन्छ, कहिले दिक्क मान्छ, कहिले ठीकै हुन्छ । जीवनमा यस्ता अवसरहरू आइरहन सक्छन् । जस्तो अवस्था आए पनि पछि नहट, डटेर अगाडि बढ र सफल बन भन्ने भाव यसमा रहेको छ ।’ ढकालका अनुसार सप्तरङ्गी टीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध सधैँ प्रगाढ रहोस् भन्ने कामनासमेत व्यक्त गर्छ । आकाशमा सूर्य र चन्द्रमा रहुन्जेल आपसी सम्बन्ध कायम रहोस् र मानिस दयालु बनोस् भन्ने भाव भाइटीकामा जोडिएको उनले बताए । भाइटीकामा टीका लगाउनुअघि गरिने पूजाविधिको पनि आफ्नै शास्त्रीय महत्त्व रहेको उनले उल्लेख गरे । दीप, कलश, अष्टचिरञ्जीवी र ग्रहहरूको पूजा गरेपछि दाजुभाइ तथा दिदीबहिनीको पूजा गर्ने र श्रद्धापूर्वक उपहार अर्पण गर्ने परम्परा रहेको उनको भनाइ छ । उनले भने, ‘अष्टचिरञ्जीवीहरू मार्कण्डेय, बलि, व्यासहरू जसरी चिरञ्जीवी बनेका छन्, त्यसैगरी तिमी पनि चिरञ्जीवी बन भन्ने भावले पूजा गरिन्छ । यो सम्पूर्ण विधि शास्त्रसम्मत छ, यहाँ कुनै मनगढन्ते कुरा हुँदैन ।’ ढकालले यमपञ्चकका धार्मिक तथा आध्यात्मिक पक्षलाई दैनिक जीवनसँग जोडेर बुझ्नुपर्ने बताए । उनका अनुसार कागबाट चेतनशीलता, कुकुरबाट बफादारिता र लक्ष्मीपूजाबाट सरसफाइ तथा उज्यालोको महत्त्व सिक्न सकिन्छ । ‘लक्ष्मीपूजाको दिन मात्रै घर उज्यालो, झिलिमिली र सफासुग्घर बनाएर हुँदैन। हरेक दिन, हरेक क्षण लक्ष्मीपूजाजस्तै बनाऊ न, तब पो मन आनन्दित भयो त,’ उनले भने । यमपञ्चकले मानिसलाई धार्मिक आस्थासँगै दैनिक जीवनमा सकारात्मक व्यवहार अपनाउन पनि प्रेरित गर्ने ढकालको भनाइ छ । सप्तरङ्गी टीका केवल रङ लगाउने धार्मिक विधि मात्र नभई प्रकृतिको सम्मान, मनको शुद्धता, शान्ति, पराक्रम र पारिवारिक सम्बन्धको निरन्तरताको कामना गर्ने सांस्कृतिक परम्परा भएको ढकालको व्याख्या छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका
OthersJust now

राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका

राष्ट्रपति रामचन्द्र पौडेलले बहिनी शारदा पण्डितबाट भाइटीका लगाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा उनले विधिपूर्वक टीका लगाएका हुन् । टीकापछि बहिनी शारदाले राष्ट्रपतिलाई ओखर, बदामलगायतका फलफूल र उपहार प्रदान गरेकी थिइन् । राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाएर उपहार तथा दक्षिणा दिएका छन् । नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ ...

पर्दाफास
दसैंको रातिदेखि बेपत्ता भएका प्रख्यात सुनकोसी किनारमा मृ*त फेला
OthersJust now

दसैंको रातिदेखि बेपत्ता भएका प्रख्यात सुनकोसी किनारमा मृ*त फेला

२५ कात्तिक, खोटाङ । गत कात्तिक ४ गते रातिदेखि सम्पर्कविहीन बनेका ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुका २२ वर्षीय प्रख्यात राई मृत फेला परेका छन् । सांस्कृतिक कार्यक्रममा जाने भन्दै घरबाट निस्किएका राई खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित सुनकोसी नदीको राजदह नजिकै बालुङमारीमा मृत फेला परेका हुन् । उनी कात्तिक २४ गते राति मृत फेला परेको प्रहरीले… ...

अनलाइन खबर
कोशीमा आजदेखि नेपालीबाहेक थप १३ भाषाले सरकारी कामकाजको मान्यता पाउँदै
OthersJust now

कोशीमा आजदेखि नेपालीबाहेक थप १३ भाषाले सरकारी कामकाजको मान्यता पाउँदै

कोशी प्रदेश सरकारले नेपाली भाषाबाहेक थप १३ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा आजदेखि कार्यान्वयनमा ल्याएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसर पारेर आजदेखि उक्त व्यवस्था कार्यान्वयनमा आएको घोषणा गरेका हुन्। कानुनमै व्यवस्था गरेर प्रदेशका थप १३ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने व्यवस्था गरिएको उनले बताए। संवैधानिक व्यवस्थाअनुसार भाषा आयोगले कोशी प्रदेशमा मैथिली र लिम्बू भाषालाई सरकारी ...

पर्दाफास
भरतपुरमा श्रीमानको कुटपिटबाट एक युवतीको मृ*त्यु
OthersJust now

भरतपुरमा श्रीमानको कुटपिटबाट एक युवतीको मृ*त्यु

२५ कात्तिक, चितवन । चितवनको भरतपुरमा श्रीमानको कुटपिटबाट एक युवतीको मृ*त्यु भएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–६ घर भई हाल भरतपुर महानगरपालिका–४ त्रिचोकमा डेरा गरी बस्ने ३० वर्षीय सुमन राना मगरले आफ्नै श्रीमती ३२ वर्षीया सपना राना मगरलाई फलामको रड प्रहार गरी कुटपिट गर्दा उनको मृत्यु भएको हो । प्रहरीका अनुसार मंगलबार बिहान करिब ८ः३०… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play