Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

कोशीमा आजदेखि नेपालीबाहेक थप १३ भाषाले सरकारी कामकाजको मान्यता पाउँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोशीमा आजदेखि नेपालीबाहेक थप १३ भाषाले सरकारी कामकाजको मान्यता पाउँदै
Photo / Coverage: पर्दाफास

कोशी प्रदेश सरकारले नेपाली भाषाबाहेक थप १३ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा आजदेखि कार्यान्वयनमा ल्याएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसर पारेर आजदेखि उक्त व्यवस्था कार्यान्वयनमा आएको घोषणा गरेका हुन्। कानुनमै व्यवस्था गरेर प्रदेशका थप १३ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने व्यवस्था गरिएको उनले बताए। संवैधानिक व्यवस्थाअनुसार भाषा आयोगले कोशी प्रदेशमा मैथिली र लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न सिफारिस गरेको थियो। तर, प्रदेशको बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक विविधता तथा विभिन्न जातजातिको पहिचान संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले प्रदेशका थप १३ भाषालाई कामकाजको भाषाका रूपमा प्रयोग गर्न कानुन निर्माण गरी प्रदेश सरकार अघि बढेको हो। प्रदेश सरकारले राई, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, नेपाल भाषा, चाम्लिङ, शेर्पा, सन्थालीलगायत भाषालाई समेत कानुनी व्यवस्थामा समेटेको छ। प्रदेश प्रमुखको कार्यालयले गत कात्तिक ११ गते ‘प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन’ प्रमाणीकरण गरेपछि उक्त व्यवस्था कार्यान्वयनमा ल्याउने बाटो खुलेको हो। प्रदेश सरकारले हरेक वर्ष प्रदेश भाषा दिवस मनाउने घोषणा गर्दै भाषिक विविधताको संरक्षण, प्रवद्र्धन र विकासमा जोड दिएको छ। यसले प्रदेशको बहुभाषिक पहिचानलाई संस्थागत गर्दै विविधताबीचको एकतालाई थप मजबुत बनाउने विश्वास गरिएको छ। मुख्यमन्त्री कार्कीले आज जारी गरेको शुभकामना सन्देशमा प्रदेश सरकारी कामकाजको भाषासम्बन्धी व्यवस्था कार्यान्वयनमा आउनु कोशी प्रदेशका लागि महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्। यसले प्रदेशमा रहेका विभिन्न भाषा, संस्कृति र समुदायको पहिचानलाई सम्मान गर्दै विविधतालाई एकतामा बाँधेर अघि बढ्न थप प्रेरणा मिल्ने उनले बताएका छन्। कोशी प्रदेश सरकार सबै परम्परा, संस्कृति, लिपि र भाषाको संरक्षण गर्दै हरेक जातजातिको पहिचान स्थापित गर्न आफ्नो स्रोतसाधनले भ्याएसम्म लागिपरेको पनि मुख्यमन्त्री कार्कीले बताएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका
OthersJust now

राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका

राष्ट्रपति रामचन्द्र पौडेलले बहिनी शारदा पण्डितबाट भाइटीका लगाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा उनले विधिपूर्वक टीका लगाएका हुन् । टीकापछि बहिनी शारदाले राष्ट्रपतिलाई ओखर, बदामलगायतका फलफूल र उपहार प्रदान गरेकी थिइन् । राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाएर उपहार तथा दक्षिणा दिएका छन् । नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ ...

पर्दाफास
दसैंको रातिदेखि बेपत्ता भएका प्रख्यात सुनकोसी किनारमा मृ*त फेला
OthersJust now

दसैंको रातिदेखि बेपत्ता भएका प्रख्यात सुनकोसी किनारमा मृ*त फेला

२५ कात्तिक, खोटाङ । गत कात्तिक ४ गते रातिदेखि सम्पर्कविहीन बनेका ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुका २२ वर्षीय प्रख्यात राई मृत फेला परेका छन् । सांस्कृतिक कार्यक्रममा जाने भन्दै घरबाट निस्किएका राई खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित सुनकोसी नदीको राजदह नजिकै बालुङमारीमा मृत फेला परेका हुन् । उनी कात्तिक २४ गते राति मृत फेला परेको प्रहरीले… ...

अनलाइन खबर
यस्तो छ सप्तरङ्गी टिकाको महत्व
OthersJust now

यस्तो छ सप्तरङ्गी टिकाको महत्व

आज भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई लगाइदिने सप्तरङ्गी टीकाको धार्मिक तथा सांस्कृतिक महत्त्व विशेष रहेको छ । टीकामा प्रयोग हुने विभिन्न रङले शुद्धता, पराक्रम, शक्ति, प्रकृति, शान्ति र सकारात्मक जीवनको सन्देश दिने गर्छन् । नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक शालिग्राम ढकालका अनुसार सप्तरङ्गी टीका इन्द्रेणी र प्रकृतिको प्रतीक हो । यसमा प्रयोग हुने प्रत्येक रङले मानिसको जीवन र स्वभावसँग सम्बन्धित फरक–फरक अर्थ बोकेको ...

पर्दाफास
भरतपुरमा श्रीमानको कुटपिटबाट एक युवतीको मृ*त्यु
OthersJust now

भरतपुरमा श्रीमानको कुटपिटबाट एक युवतीको मृ*त्यु

२५ कात्तिक, चितवन । चितवनको भरतपुरमा श्रीमानको कुटपिटबाट एक युवतीको मृ*त्यु भएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–६ घर भई हाल भरतपुर महानगरपालिका–४ त्रिचोकमा डेरा गरी बस्ने ३० वर्षीय सुमन राना मगरले आफ्नै श्रीमती ३२ वर्षीया सपना राना मगरलाई फलामको रड प्रहार गरी कुटपिट गर्दा उनको मृत्यु भएको हो । प्रहरीका अनुसार मंगलबार बिहान करिब ८ः३०… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play