Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने
Photo / Coverage: केन्द्रबिन्दु

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभाबाट यही कात्तिक २८ गते दिउँसो १ः०० बजे विश्वासको मत लिने मुख्यमन्त्री यादवले बताए । विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक बोलाउन प्रदेशसभा सचिवालयलाई पत्राचार गर्न लागिएको मुख्यमन्त्री यादवको भनाइ छ ।विश्वास प्राप्त गर्न विभिन्न राजनीतिक दलसँग संवाद जारी रहेको र विश्वासको लिनु अघिसम्म संवाद जारी राख्ने मुख्यमन्त्री यादवले बताए । नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी नेकपा एमालेका चार जना मन्त्रीले गत असोज २५ गते सामुहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । यस्तै सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार जना मन्त्रीले यही कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सत्तारुढ दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले सरकार जोगाउन सक्रियता बढाएका छन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । मधेस प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन् । त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छ : परराष्ट्रमन्त्री
Latest NewsJust now

जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छ : परराष्ट्रमन्त्री

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) टर्किएको अन्ताल्या सहरमा जारी छ। यही नोभेम्बर ९ देखि २० सम्म जारी सम्मेलनमा पक्ष राष्ट्रका प्रतिनिधिसँगै नेपालले आफ्नो उपस्थिति सशक्त... ...

रातोपाटी
भाइरल बालेन
Latest NewsJust now

भाइरल बालेन

सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेन्द्र शाहका दुई फरक तस्बिर र भिडियोले मंगलबार बिहानैदेखि दर्शकको ध्यान खिचिरहेका छन्। एउटा तस्बिरमा उनी कालो पहिरन, कालो चस्मा र हल्का फुलेको दाह्रीमा देखिन्छन्। गाडीभित्र बसेर कपाल मिलाउँदै क्यामेरातिर हेरेको उनको यो अन्दाज कुनै चलचित्रको विद्रोही पात्रको झल्को दिने खालको छ। तस्बिरसँग अमेरिकी र्‍यापर जे–जेडको ‘लुसिफर’ गीत जोडिएको छ। टेलिभिजन अन्तर्वार्तामा टिप्पणीकार सौरभले उनलाई ‘लुसिफर’ भनेपछि ...

नेपालन्युज
खरानी टकटक्याएर व्यवसायमा फेरि उदाउँदै प्रकाश
Latest NewsJust now

खरानी टकटक्याएर व्यवसायमा फेरि उदाउँदै प्रकाश

बुटवल । २०८१ असार ६ गते बुटवलका युवा उद्यमी प्रकाश भुसालको वर्षौंको मेहनत र लगानी दुई घण्टामै खरानी बन्यो । त्यस दिन बुटवलस्थित डेल्टा मार्टमा सञ्चालित नेपाली लुगा घर, जुत्ता... ...

रातोपाटी
भाइटीका लगाउन रानीपोखरी घुइँचो
Latest NewsJust now

भाइटीका लगाउन रानीपोखरी घुइँचो

यमपञ्चक अर्थात तिहारको पाँचौँ दिन आज भाइटीका पर्व हर्षोल्लासका साथ मनाइँदै छ।  दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका तथा सयपत्री र मखमली फूलको माला लगाइदिएर भाइटीका मनाउने परम्परा छ। आफ्ना दिदीबहिनी नभएका तथा विभिन्न कारणले भाइटीका लगाउन नपाएकाहरूले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पुगेर टीका लगाउने परम्परा छ।  वर्षमा एक... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play