Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

हार्दिक पाण्ड्याले छोडे मुम्बई इण्डियन्स, पञ्जाब किंग्सले अर्शदीपसँग साट्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
हार्दिक पाण्ड्याले छोडे मुम्बई इण्डियन्स, पञ्जाब किंग्सले अर्शदीपसँग साट्यो
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ अघि मुम्बई इन्डियन्स र पञ्जाब किंग्सले आफ्ना कप्तान हार्दिक पाण्ड्या र तीव्र गतिका बलर अर्शदीप सिंहलाई साटफेर गरेका छन् । सम्झौताअनुसार मुम्बईका कप्तान हार्दिक पाण्ड्या पञ्जाब किंग्समा पुगेका छन् भने पञ्जाबबाट खेल्दै आएका तिब्र गतिका बलर अर्शदीप सिंह मुम्बई इन्डियन्समा आबद्ध भएका छन् । आईपीएलले हार्दिक १८ करोड भारुमा पञ्जाब पुगेका हुन् । मुम्बईमा उनले १६ करोड ३५ लाख भारु पारिश्रमिक पाउँदै आएका थिए । त्यस्तै, अर्शदीप भने आफ्नो पुरानै १८ करोड भारु पारिश्रमिकमा मुम्बई पुगेका छन् । हार्दिक सन् २०१५ देखि मुम्बईबाट आईपीएल खेल्दै आएका थिए । उनले सन् २०२२ मा गुजरात टाइटन्सबाट खेल्न थालेका थिए र दुई सिजन टोलीको कप्तानी गरेका थिए । सन् २०२४ मा पुनः मुम्बई फर्किएका उनले त्यसयता टोलीको नेतृत्व गर्दै आएका थिए । हार्दिकले आईपीएल उपाधि पाँच पटक जितेका छन् । उनले मुम्बईबाट चार पटक र गुजरातबाट एक पटक उपाधि जितेका थिए । उनको कप्तानीमा मुम्बई सन् २०२४ मा अंकतालिकाको अन्तिम स्थानमा रहेको थियो भने अर्को सिजन प्लेअफमा पुगेको थियो । सन् २०२६ मा भने मुम्बई नवौँ स्थानमा सीमित भएको थियो । उनको कप्तानीमा मुम्बईले खेलेका ३९ खेलमध्ये १५ मा जित र २४ मा हार बेहोरेको थियो । अर्शदीपले सन् २०१९ मा आईपीएलमा पदार्पण गरेयता आठ सिजन पञ्जाबबाट खेलेका थिए । उनले पञ्जाबका लागि ९६ खेलमा १११ विकेट लिएका छन् । यो पञ्जाबको १९ सिजनको इतिहासमा कुनै पनि बलरले लिएको सर्वाधिक विकेट हो । हार्दिकको बहिर्गमनसँगै मुम्बईले आगामी सिजन नयाँ कप्तान चयन गर्नुपर्ने भएको छ । टोलीले व्यवस्थापन र प्रशिक्षक समूहमा समेत परिवर्तन गरेको छ । काइरन पोलार्डलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको छ। यसअघि मुख्य प्रशिक्षक रहेका महेला जयवर्द्धनेले टोली छाडेका छन् । त्यस्तै, रोबिन उथप्पालाई ब्याटिङ प्रशिक्षक, मिचेल म्याक्लेनघनलाई बलिङ प्रशिक्षक र टी दिलीपलाई फिल्डिङ प्रशिक्षक नियुक्त गरिएको छ । यससँगै मुम्बईले आगामी सिजन नयाँ नेतृत्व र प्रशिक्षक समूहसहित मैदानमा उत्रने तयारी गरेको छ । The post हार्दिक पाण्ड्याले छोडे मुम्बई इण्डियन्स, पञ्जाब किंग्सले अर्शदीपसँग साट्यो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बर्दियामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चारजना घाइते
Latest NewsJust now

बर्दियामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चारजना घाइते

मैनापोखर र बाँसगढीतर्फ जाँदै गरेका मोटरसाइकल ठोक्किँदा गुलरियाका २५ वर्षीय ओमकार थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। ...

कान्तिपुर
जलवायु वित्त परिचालनको प्रक्रिया अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल
Latest NewsJust now

जलवायु वित्त परिचालनको प्रक्रिया अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल

अन्ताल्या (टर्किए), कात्तिक २५ गते । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) टर्किएको अन्ताल्या सहरमा जारी छ। यही नोभेम्बर ९ देखि २०... ...

गोरखापत्र
बाक्लो असिनासहितको वर्षाले त्रिभुवन विमानस्थल बन्द, कम्तीमा आठ विमान आकाशमै होल्ड
Latest NewsJust now

बाक्लो असिनासहितको वर्षाले त्रिभुवन विमानस्थल बन्द, कम्तीमा आठ विमान आकाशमै होल्ड

बाक्लो असिना, वर्षा र हावाहुरीले रनवे ढाकेपछि चार अन्तर्राष्ट्रिय र चार आन्तरिक विमान आकाशमै रोकिएका छन्। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play