चितवन।चितवनका एक युवकले रडले हानेर श्रीमतीको हत्या गरेका छन्। स्याङ्जा घर भई हाल भरतपुर महानगरपालिका–४ त्रिचोकमा डेरा गरी बस्ने ३० वर्षीय सुमन रानामगरले आफ्नै श्रीमती ३२ वर्षीया सपना मगरको हत्या गरेका प्रहरीले जनाएको छ। सुमनले फलामको रड प्रहार गरेर कुटपिट गर्दा उनको मृत्यु भएको हो। घरायसी विवादका क्रममा सुमनले श्रीमतीको टाउकोमा फलामको रड प्रहार गरेका थिए। कुटपिटबाट उनको डेरा कोठामै मृत्यु भएको प्रहरीले जनाएको छ। सुनमनलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले पक्राउ गरेको छ। हत्याको कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
रडले हानेर श्रीमतीको हत्या

Read Complete Original Article
Published originally on नेपालन्युज






