राष्ट्रपति पाैडेलले गरे नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

काठमाडौं । बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरी प्रसाद ग्रहण गरेका छन् । प्रथम महिला सविता पौडेलसहित राष्ट्रप्रमुखका रूपमा नवदुर्गा मन्दिरमा दिउँसो पुगेका राष्ट्रपति पौडेलले नवदुर्गाको विशेष पूजा गरी फर्किएका हुन् । राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको संकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शनगरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसादस्वरूप प्रदान गरेकाे नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो उनले ग्रहण गरे । नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई राष्ट्रपति पौडेलले दक्षिणा प्रदान गरे । राष्ट्रपति पौडेललाई बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापति, भक्तपुर क्षेत्र नं. १ का संघीय सांसद रुकेश रञ्जित, गंगालक्ष्मी अवाल, प्रमुख जिल्ला अधिकारी विनोदबहादुर खड्कालगायत जिल्लाका सुरक्षा निकायका प्रमुख, गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुखलगायत विभिन्न व्यक्तिहरूले स्वागत गरेका थिए । एक लाख नगदसहित सम्मान बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थालाई बागमती प्रदेश सरकारका तर्फबाट एक लाख रुपैयाँ नगद प्रदान गरेका छन् । सम्मानपत्र राष्ट्रपति पौडेलले समितिलाई हस्तान्तरण गरे । नवदुर्गा जात्रा सञ्चालनका लागि हरेक वर्ष आर्थिक कठिनाइ हुँदै आएको अवस्थामा अब प्रदेश सरकारले उद्योग तथा पर्यटन मन्त्रालयअन्तर्गत एक लाख रुपैयाँसहित सम्मान गरेको मुख्यमन्त्री थापामगरले बताए । नवदुर्गा जात्रा संरक्षणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उनले बताए । विसं २०४५ मा भूकम्प गएपछि दैवीप्रकोपका घटनाले देश र जनताको हित एवं कल्याणका निमित्त तत्कालीन राष्ट्रप्रमुखले यो पूजाअर्चनालाई निरन्तरता दिन थालेको नवदुर्गा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायणप्रसाद वनमालाले जानकारी दिए । नवदुर्गाअन्तर्गत ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीको पूजा गरिन्छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौंः महामन्त्री पौडेल
• नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीमा व्यापक एकता कायम भएको र बाँकी सदस्यलाई पनि एकताबद्ध गर्न तयार रहेको बताएका छन्। • उनले कांग्रेसलाई जनतामाझ रुपान्तरणको अनुभूति दिलाउने र सहमति-सहकार्य गर्दै देशलाई समृद्ध बनाउनुपर्नेमा जोड दिएका छन्। • पौडेलले वर्तमान सरकार पाँच वर्षसम्म चल्नुपर्ने र कांग्रेसले सरकारको गलत काममा निरन्तर खबरदारी गर्ने स्पष्ट पारेका छन्। ...

सामसङ ग्यालेक्सी ए–१७ फाइभ जी अब १२ सय रुपैयाँकै किस्ताबन्दीमा
काठमाडौँ । सामसङ मोबाइल नेपालले आसन्न चाडपर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष सुविधा सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ए १७ फाइभ जी’ खरिद गर्न चाहने ग्राहकहरूलाई... ...

कांग्रेसभित्र एकताको प्रयास जारी छ, तर एउटै विषयमा अल्झिएर बस्दैनौँ: प्रदीप पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन्। नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले कांग्रेसलाई रुपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने बताए। उनले सबैपक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध बनाउ... ...

फ्रान्समा एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ, ५३ जना प्रहरी घाइते
काठमाडौं । फ्रान्समा भएका प्रदर्शनहरूबाट शुक्रबार र शनिबारमा प्रहरीले एक हजार ३१४ जनालाई पक्राउ गरेको फ्रान्सको आन्तरिक मन्त्रालयले आइतबार बताएको छ । झडपमा ५३ जना प्रहरी घाइते भएका बताइएको छ । जीवनयापनको उच्च लागत विरुद्ध फ्रान्सका प्रमुख सहरहरूमा भएका ठूला प्रदर्शनहरूको क्रममा हिंसा भड्किएपछि शनिबार धेर मानिसलाई पक्राउ गरिएको हो । यो फ्रान्समा सप्ताहन्तमा भएको लगातार दोस्रो अशान्ति हो । देशमा आगामी ...


