Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/फ्रान्समा एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ, ५३ जना प्रहरी घाइते

फ्रान्समा एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ, ५३ जना प्रहरी घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
फ्रान्समा एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ, ५३ जना प्रहरी घाइते

काठमाडौं । फ्रान्समा भएका प्रदर्शनहरूबाट शुक्रबार र शनिबारमा प्रहरीले एक हजार ३१४ जनालाई पक्राउ गरेको फ्रान्सको आन्तरिक मन्त्रालयले आइतबार बताएको छ । झडपमा ५३ जना प्रहरी घाइते भएका बताइएको छ । जीवनयापनको उच्च लागत विरुद्ध फ्रान्सका प्रमुख सहरहरूमा भएका ठूला प्रदर्शनहरूको क्रममा हिंसा भड्किएपछि शनिबार धेर मानिसलाई पक्राउ गरिएको हो । यो फ्रान्समा सप्ताहन्तमा भएको लगातार दोस्रो अशान्ति हो । देशमा आगामी अप्रिल र मेमा राष्ट्रपति चुनाव हुन गइरहेको समयमा भड्किएको यो हिंसाले फ्रान्सको आगामी नेतृत्व चयनलाई समेत प्रभावित पार्नसक्ने देखिएको छ । राष्ट्रपति इमानुएल म्याक्रोँको दुई कार्यकाल सकिएपछि हुन लागेको यो निर्वाचनले उनको उत्तराधिकारी चयन गर्नेछ । आन्तरिक मन्त्रालयका अनुसार प्रहरीले शनिबारका प्रदर्शनहरूमा ७५ वटा आगजनीलाई नियन्त्रण गरेको थियो भने २४ वटा पसल लुटिएका थिए । मन्त्रालयले एक विज्ञप्तिमा केही अनुसन्धान सुरु गरिएका उल्लेख छ । अनुसन्धानबारे विस्तृत विवरण दिइएको छैन । झडप शान्त भएपछि शनिबार रात सहरहरू ‘शान्त’ रहेको बताइएपनि प्रदर्शनकारीहरूले आफ्ना थप कार्यक्रम घोषणा गरेर अघि बढ्ने बताएका छन् । आइतबारको मन्त्रालयको विज्ञप्तिमा कति प्रदर्शनकारी घाइते भए भन्ने उल्लेख छैन । शनिबार राति आन्तरिक मन्त्री लोराँ न्युनेजले प्रदर्शनकारीहरूतर्फ एक जना टुलुजमा र अर्का क्लर्मोन्ट–फेरान्डमा गरी दुई जना गम्भीर घाइते भएको बताए । आन्तरिक मन्त्रालयअन्तर्गतको टुलुज प्रिफेक्चर प्रशासनले एएफपीलाई बताएअनुसार २० वर्षीय एक युवकको हातमा गम्भीर चोट लागेको छ । प्रदर्शनकारीहरूको उपचार गर्ने एक सडक चिकित्सकले नाम नखुलाउने शर्तमा एएफपीसँग भने, “युवकको दाहिने हातका ‘केही औँला’ मा गोली लागेपछि गुमेका छन् । क्लर्मोन्ट–फेरान्ड क्षेत्रका प्रिफेक्चरले त्यहाँ एक जनाको हातमा चोट लागेको बताएको छ, तर कुनै औँला गुमाएको छैन । फ्रान्सेली क्षेत्रीय दैनिक ला नोभेल रिपब्लिक ले पोइतियर्समा एक जनाको बायाँ आँखामा चोट लागेको रिपोर्ट गरेको छ । त्यसमा आफ्नो अनुहार हातले छोपिरहेका एक जनाको तस्बिर पनि प्रकाशित गरिएको छ । The post फ्रान्समा एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ, ५३ जना प्रहरी घाइते appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

सप्तकोशीमा बोट दुर्घटना : तीन जनाको मृत्यु, एक बेपत्ता
ताजा खबरJust now

सप्तकोशीमा बोट दुर्घटना : तीन जनाको मृत्यु, एक बेपत्ता

भोजपुर । यात्रु बोकेको बोट सप्तकोशीमा दुर्घटना भएको छ । आइतबार दिउँसो करिब साढे एक बजेतिर भोजपुरको कोप्चेबाट १४... ...

सिंहदरबार न्युज
सम्हालिएको सेयर बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, के होला अबको कारोबार ?
ताजा खबरJust now

सम्हालिएको सेयर बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, के होला अबको कारोबार ?

काठमाडौं । दसैँ बिदाको अघिल्लो दिन असोज ३० गते धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ निर्देशन जारी गर्‍यो । त्यही दिनदेखि लागु हुने नियमले सेयर कारोबारमा बोर्डले कडाइ गरेको... ...

रातोपाटी
इन्ज्युरी समयमा दुई गोल गर्दै इन्टर शीर्षमा
ताजा खबरJust now

इन्ज्युरी समयमा दुई गोल गर्दै इन्टर शीर्षमा

एलेक्स जिमिनेजको गोलमा पाहुना टोलीले ६५औं मिनेटमा अप्रत्याशित अग्रता लिएको थियो । तर मार्कस थुरामले ९१ औं मिनेटमा बराबरी गोल फर्काए भने पिट्र जेलेन्स्कीले ९८ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे । ...

कान्तिपुर
बर्जुमा बोराभित्र पुरुषको शव फेला
ताजा खबरJust now

बर्जुमा बोराभित्र पुरुषको शव फेला

सुनसरी, कात्तिक ८ गते । सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ ।भारतको बनारस घर भई हाल विराटनगर महानगरपालिका–... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play