Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

राप्रपामा नेतृत्वको निर्णायक भिडन्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
राप्रपामा नेतृत्वको निर्णायक भिडन्त
Photo / Coverage: नेपालन्युज

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आठौँ महाधिवेशनले नयाँ अध्यक्ष मात्र चयन गर्ने छैन, पार्टीको आगामी राजनीतिक दिशा, संगठनात्मक शक्ति र नेतृत्वको पुस्तान्तरणबारे पनि महत्त्वपूर्ण निर्णय गर्नेछ। मङ्सिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पुनः नेतृत्वमा दोहोरिन नदिने रणनीतिसहित पूर्वअध्यक्ष कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे एक ठाउँमा उभिएका छन्। अर्कोतर्फ, वर्तमान अध्यक्ष लिङ्देन दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्ने तयारीमा छन्। पार्टीका प्रवक्ता तथा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्। २०७८ को महाधिवेशनमा थापालाई पराजित गर्दै अध्यक्ष बनेका लिङ्देनले पाँच वर्षपछि फेरि पार्टीको नेतृत्वका लागि मत माग्नुपर्ने अवस्था आएको छ। यसरी हेर्दा राप्रपाको महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धा तीन धारमा विकसित हुने संकेत देखिएको छ। संस्थापन पक्षबाट लिङ्देन, नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने दाबीसहित शाही र संस्थापनइतरबाट सम्भावित साझा उम्मेदवारका रूपमा पाण्डे। तर संस्थापनइतरको उम्मेदवार पाण्डे नै हुने निश्चित भइसकेको छैन। कमल थापा आफैँ मैदानमा उत्रने सम्भावनालाई पनि पूर्ण रूपमा अस्वीकार गरिएको छैन। थापा र पाण्डेबीच कसले उम्मेदवारी दिने भन्ने निर्णय सहमतिबाट गर्ने समझदारी रहेको नेताहरूको भनाइ छ। यो प्रतिस्पर्धा एउटा पदका लागि हुने चुनावमा मात्र सीमित छैन। २०७८ को महाधिवेशनमा थापालाई पराजित गर्दै अध्यक्ष बनेका लिङ्देनले पाँच वर्षपछि फेरि पार्टीको नेतृत्वका लागि मत माग्नुपर्ने अवस्था आएको छ। त्यसबेला उनको विजयलाई राप्रपाभित्र पुस्तान्तरण र नेतृत्व परिवर्तनको संकेतका रूपमा हेरिएको थियो। अहिले उनै लिङ्देनको कार्यशैलीमाथि प्रश्न उठाउँदै पुराना नेताहरूले नेतृत्व परिवर्तनको अभियान थालेका छन्। पार्टीभित्रको असन्तुष्टि, संगठनको अवस्था, राजसंस्था र हिन्दूराष्ट्रको मुद्दा, निर्वाचनमा प्राप्त नतिजा तथा नेतृत्वको कार्यसम्पादनले यसपटकको महाधिवेशनलाई थप अर्थपूर्ण बनाएको छ। पार्टीभित्र सर्वसम्मत नेतृत्व चयनको चर्चा भइरहे पनि अध्यक्ष पदका आकांक्षी बढ्दै जानु र गुटगत सक्रियता तीव्र हुनुले प्रतिस्पर्धा सहजै सहमतिमा टुंगिने अवस्था देखिँदैन। अध्यक्ष पदका आकांक्षीबीचको शक्ति परीक्षणसँगै महाधिवेशन प्रतिनिधिको भूमिका निर्णायक हुनेछ। करिब तीन हजार प्रतिनिधि सहभागी हुने प्रारम्भिक तयारी रहेको महाधिवेशनमा प्रतिनिधि छनोटको प्रक्रिया, जिल्ला तथा प्रदेश तहको संगठनात्मक प्रभाव र नेताहरूको व्यक्तिगत सम्बन्धले परिणामलाई प्रभावित गर्न सक्छ। पार्टीभित्र सर्वसम्मत नेतृत्व चयनको चर्चा भइरहे पनि अध्यक्ष पदका आकांक्षी बढ्दै जानु र गुटगत सक्रियता तीव्र हुनुले प्रतिस्पर्धा सहजै सहमतिमा टुंगिने अवस्था देखिँदैन। पुरानो प्रतिस्पर्धाको नयाँ अध्याय राप्रपाको अहिलेको नेतृत्व संघर्ष बुझ्न २०७८ मङ्सिरको सातौँ महाधिवेशनतिर फर्किनुपर्छ। त्यसबेला अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा भएको थियो। थापा लामो समयदेखि पार्टीको नेतृत्वमा रहेका, सरकारमा पटकपटक महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका र संगठनभित्र बलियो प्रभाव राख्ने नेता थिए। लिङ्देन भने तुलनात्मक रूपमा नयाँ पुस्ताका नेता थिए। पार्टीभित्र परिवर्तनको आवश्यकता, पुरानो नेतृत्वको विकल्प र संगठनलाई नयाँ ढंगले अघि बढाउने नारासहित उनी मैदानमा उत्रिएका थिए। लिङ्देन नेतृत्वको राप्रपा र थापा नेतृत्वको राप्रपा नेपालबीचको दूरीले राजसंस्था, हिन्दूराष्ट्र र परम्परागत राष्ट्रवादी राजनीतिक धारमा रहेका मतदातालाई समेत विभाजित गर्‍यो। मतपरिणामले राप्रपाभित्र नेतृत्व परिवर्तनको चाहना देखायो। लिङ्देनले थापालाई पराजित गर्दै अध्यक्ष पद हासिल गरे। निर्वाचनमा लिङ्देनले एक हजार ८४४ मत प्राप्त गर्दा थापाले एक हजार ६१७ मत पाएका थिए। मतान्तर २२७ थियो। यो जित सामान्य नेतृत्व परिवर्तन मात्र थिएन। पार्टीको स्थापनाकालदेखि प्रभावशाली रहँदै आएका थापालाई पराजित गरेर लिङ्देनले राप्रपाको नेतृत्वमा नयाँ पुस्ताको दाबी स्थापित गरेका थिए। तर पराजयपछि थापा पार्टीभित्रै रहेर नेतृत्वलाई चुनौती दिने बाटोमा अघि बढेनन्। उनले निर्वाचनमा पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयबाट हस्तक्षेप भएको आरोप लगाए। त्यसपछि पार्टीबाट अलग हुने निर्णय गरे। २०७८ फागुनमा राप्रपा नेपाल पुनर्गठन गरेर उनी छुट्टै राजनीतिक यात्रामा लागे। लिङ्देन नेतृत्वको राप्रपा र थापा नेतृत्वको राप्रपा नेपालबीचको दूरीले राजसंस्था, हिन्दूराष्ट्र र परम्परागत राष्ट्रवादी राजनीतिक धारमा रहेका मतदातालाई समेत विभाजित गर्‍यो। थापाको अलग पार्टीले अपेक्षित राजनीतिक गति लिन सकेन। संगठन विस्तार, जनमत निर्माण र निर्वाचनमा प्रभावकारी उपस्थिति कायम गर्न नसक्दा उनको राजनीतिक प्रभाव क्रमशः खुम्चिँदै गयो। अर्कोतर्फ, राप्रपामा पनि नेतृत्व परिवर्तनपछि अपेक्षित संगठनात्मक विस्तार र राजनीतिक उभार कायम हुन नसकेको आलोचना उठ्दै गयो। यही पृष्ठभूमिमा २०८२ पुसमा राप्रपा र राप्रपा नेपालबीच पुनः एकता भयो। थापा पुरानै पार्टीमा फर्किए। पार्टीभित्र उनको पुनरागमनलाई राजनीतिक पुनर्मिलनका रूपमा मात्र नभई नेतृत्वको आगामी प्रतिस्पर्धासँग जोडेर हेरिएको थियो। यसपटकको महाधिवेशनले त्यही पुरानो प्रतिस्पर्धालाई नयाँ स्वरूपमा फर्काएको छ। पाँच वर्षअघि अध्यक्ष पदका लागि आमनेसामने भएका थापा र लिङ्देन अहिले एउटै पार्टीमा छन्, तर राजनीतिक ध्रुवीकरण भने पुनः देखिएको छ। थापाको पुनरागमनपछि लिङ्देनसँगको सम्बन्ध लामो समय सहज रहन सकेन। एकता गर्दा दुवै पक्षले पार्टीलाई बलियो बनाउने र साझा राजनीतिक मुद्दामा अघि बढ्ने सन्देश दिएका थिए। तर पार्टीभित्रको शक्ति सन्तुलन, नेतृत्वको भूमिका र निर्णय प्रक्रियामा कसको प्रभाव रहने भन्ने प्रश्न उठ्यो। थापा पार्टीमा फर्किए पनि नेतृत्वको केन्द्रमा लिङ्देन नै रहे। पार्टीको दोस्रो वरीयतामा रहेका थापाले संगठनभित्र आफ्नो प्रभाव पुनःस्थापित गर्ने प्रयास थाले। लिङ्देनको कार्यशैलीप्रति असन्तुष्ट नेताहरूसँग उनको निकटता बढ्दै गयो। यसपटकको महाधिवेशनले त्यही पुरानो प्रतिस्पर्धालाई नयाँ स्वरूपमा फर्काएको छ। पाँच वर्षअघि अध्यक्ष पदका लागि आमनेसामने भएका थापा र लिङ्देन अहिले एउटै पार्टीमा छन्, तर राजनीतिक ध्रुवीकरण भने पुनः देखिएको छ। फरक यति हो, यसपटक थापा एक्लै प्रतिस्पर्धामा उत्रनेभन्दा पनि पाण्डेलाई अघि सारेर संस्थापनइतरको साझा शक्ति निर्माण गर्न खोजिरहेका छन्। डा. लोहनीको साथले उक्त समूहलाई थप राजनीतिक वजन दिने अपेक्षा गरिएको छ। अघिल्लो महाधिवेशनमा पराजित भएपछि पार्टी छाडेका र पुनः फर्किएका थापाले फेरि अध्यक्ष पदमा उम्मेदवारी दिएमा उनको राजनीतिक सन्देश र रणनीतिमाथि प्रश्न उठ्न सक्छ। थापाको चुनौती यसपटक व्यक्तिगत उम्मेदवारीभन्दा पनि आफूले समर्थन गर्ने उम्मेदवारलाई जिताउनु हो। अघिल्लो महाधिवेशनमा पराजित भएपछि पार्टी छाडेका र पुनः फर्किएका थापाले फेरि अध्यक्ष पदमा उम्मेदवारी दिएमा उनको राजनीतिक सन्देश र रणनीतिमाथि प्रश्न उठ्न सक्छ। पाण्डेलाई अघि सार्दा भने उनले आफ्नो प्रभाव कायम राख्दै नयाँ नेतृत्वको विकल्प प्रस्तुत गर्न सक्नेछन्। तर पाण्डेको उम्मेदवारीले थापाको राजनीतिक प्रभाव कति मतमा रूपान्तरण गर्न सक्छ भन्ने प्रश्न पनि कम महत्त्वपूर्ण छैन। पाण्डेको उम्मेदवारी र थापाको रणनीति संस्थापनइतर पक्षले पछिल्लो समय गरेको देशव्यापी दौडाहाले पाण्डेलाई अध्यक्षको सम्भावित उम्मेदवारका रूपमा अघि सारेको छ। थापा, लोहनी र पाण्डेले कोशी तथा मधेशका विभिन्न जिल्लामा पुगेर नेता–कार्यकर्तासँग भेटघाट गरेका छन्। उनीहरूले पार्टी संगठन सुदृढीकरण, नेतृत्वको कार्यशैली र आगामी महाधिवेशनको तयारीबारे छलफल गरेका छन्। झापा, मोरङ, सुनसरी, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, पर्सा, रौतहट, सर्लाही र बारालगायत जिल्लामा उनीहरूको सक्रियता देखिएको छ। ‘राप्रपा फेरि उठाउँछौँ, उठाउनै पर्छ’ भन्ने नारासहित गरिएको यो अभियानलाई संस्थापन पक्षविरुद्धको शक्ति परीक्षणका रूपमा हेरिएको छ। थापा र लोहनीको समर्थन आफूलाई प्राप्त भए पनि उनीहरूबीचको सहमति अन्तिम नभएसम्म उम्मेदवारी सार्वजनिक नगर्ने रणनीति पनि हुन सक्छ। सर्वसम्मत नेतृत्वको प्रस्ताव अघि सार्नु संस्थापन पक्षमाथि दबाब सिर्जना गर्ने उपायका रूपमा समेत बुझ्न सकिन्छ। यस अभियानबाट नेतृत्व परिवर्तन चाहने समूहले महाधिवेशन प्रतिनिधिसम्म आफ्नो पहुँच विस्तार गर्न खोजेको देखिन्छ। जिल्ला दौडाहाबाट उनीहरूले लिङ्देनको नेतृत्वप्रति असन्तुष्टि पार्टीभित्र सीमित व्यक्तिको मात्र नभई विभिन्न जिल्लाका नेता–कार्यकर्तामा पनि रहेको सन्देश दिन खोजेका छन्। साथै, संस्थापनइतर पक्ष एक्लाएक्लै प्रतिस्पर्धा नगरी साझा उम्मेदवार तय गर्न तयार रहेको देखाउन चाहेको छ। तर पाण्डे स्वयंले अध्यक्ष पदमा उम्मेदवारी दिने विषयमा औपचारिक निर्णय भइसकेको बताएका छैनन्। उनी सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको बताउँछन्। अध्यक्षमा कसले उम्मेदवारी दिने भन्ने विषयमा थापा, लोहनी र आफूबीच छलफल भइरहेको उनको भनाइ छ। “हामीले भर्खरै देशव्यापी दौडाहा गरेका छौँ। अब सबैजना जुटेर उम्मेदवार तय गर्छौं। सकेसम्म सर्वसम्मत अध्यक्ष बनाउने प्रयास रहन्छ,” पाण्डेले बताएका छन्। पाण्डेको यो भनाइले संस्थापन पक्षसँग संवादको ढोका खुला राख्न खोजेको संकेत गर्छ। थापा र लोहनीको समर्थन आफूलाई प्राप्त भए पनि उनीहरूबीचको सहमति अन्तिम नभएसम्म उम्मेदवारी सार्वजनिक नगर्ने रणनीति पनि हुन सक्छ। सर्वसम्मत नेतृत्वको प्रस्ताव अघि सार्नु संस्थापन पक्षमाथि दबाब सिर्जना गर्ने उपायका रूपमा समेत बुझ्न सकिन्छ। पाण्डेले अध्यक्ष लिङ्देनसँग समेत सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव लिएर जाने बताएका छन्। सहमति भएमा चुनावी प्रतिस्पर्धा टार्न सकिने उनको धारणा छ। तर सहमति नजुटेमा उम्मेदवारी दिनुको विकल्प नरहने उनको भनाइ छ। यसले संस्थापनइतर समूहले चुनावी प्रतिस्पर्धालाई अन्तिम विकल्पका रूपमा खुला राखेको देखाउँछ। अध्यक्ष पदको आकांक्षा, पार्टीभित्रको वरीयता, आगामी केन्द्रीय कार्यसमितिमा आफ्नो प्रभाव र राजनीतिक भविष्यसँग जोडिएका विषयले अन्तिम निर्णयलाई प्रभावित गर्न सक्छन्। संस्थापनइतर पक्षका नेता राजाराम बर्तौलाले पनि उम्मेदवार चयनमा थापा र पाण्डेबीच विवाद नरहेको बताएका छन्। उनका अनुसार दुवै नेताले आफू नै उम्मेदवार हुनुपर्ने अडान राखेका छैनन्। “म नै उम्मेदवार हुनुपर्छ भन्नेमा दुवै नेताको अडान छैन। जो उठे पनि एक–अर्कालाई समर्थन रहन्छ,” बर्तौलाको भनाइ छ। बर्तौलाको भनाइले संस्थापनइतर पक्षको प्राथमिकता लिङ्देनविरुद्ध एकजुट भएर प्रतिस्पर्धा गर्नु रहेको देखाउँछ। तर यस्तो सहमति व्यवहारमा कति टिकाउ हुन्छ भन्ने प्रश्न खुला छ। अध्यक्ष पदको आकांक्षा, पार्टीभित्रको वरीयता, आगामी केन्द्रीय कार्यसमितिमा आफ्नो प्रभाव र राजनीतिक भविष्यसँग जोडिएका विषयले अन्तिम निर्णयलाई प्रभावित गर्न सक्छन्। पाण्डे अध्यक्षका लागि अघि सारिनुको अर्को कारण उनको पार्टीभित्रको वर्तमान हैसियत पनि हो। उनी वरिष्ठ उपाध्यक्ष हुन्। पार्टीको संगठनात्मक संरचनामा लामो समयदेखि सक्रिय रहेका पाण्डेले आफूलाई नेतृत्वका लागि स्वाभाविक दाबेदारका रूपमा प्रस्तुत गर्न सक्छन्। थापा र लोहनीको समर्थनले उनलाई पुरानो पुस्ताको राजनीतिक अनुभव र संगठनात्मक सम्बन्धको लाभ मिल्न सक्छ। तर अध्यक्ष पदको चुनाव जित्न वरिष्ठ नेताको समर्थन मात्र पर्याप्त हुँदैन। महाधिवेशन प्रतिनिधिसँग प्रत्यक्ष सम्बन्ध, जिल्ला तहको संगठन, सक्रिय सदस्यको समर्थन र पार्टीभित्रको मत विभाजन निर्णायक हुनेछन्। पाण्डेको उम्मेदवारीमा अर्को चुनौती पनि छ। उनी पार्टीभित्र नेतृत्व परिवर्तनको माग गर्ने समूहको साझा उम्मेदवार बन्न खोजिरहेका छन्, तर उनको आफ्नै राजनीतिक छवि र सार्वजनिक विवादसमेत महाधिवेशनमा चर्चाको विषय बन्न सक्छ। सिक्टा सिँचाइ आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाइसकेका पाण्डेविरुद्ध ई–बिडिङ प्रणाली ह्याकसम्बन्धी अर्को मुद्दा विचाराधीन रहेको सार्वजनिक विवरण छ। विचाराधीन मुद्दालाई दोषसिद्धिका रूपमा प्रस्तुत गर्न मिल्दैन। तर अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने नेताको सार्वजनिक छवि, कानुनी विषय र राजनीतिक जवाफदेहिताबारे प्रतिनिधिले प्रश्न उठाउन सक्छन्। लिङ्देनको पक्षमा संगठन कि असन्तुष्टिको चुनौती अध्यक्ष लिङ्देनका लागि यसपटकको महाधिवेशन नेतृत्वको निरन्तरताको परीक्षण हो। २०७८ मा परिवर्तनको नारासहित अध्यक्ष बनेका उनी अहिले पार्टीलाई अर्को कार्यकाल नेतृत्व गर्ने दाबीसहित अघि बढ्नुपर्ने अवस्थामा छन्। विधानले अध्यक्ष पदमा दुई कार्यकालसम्म प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेको छ। त्यसैले लिङ्देन दोस्रो कार्यकालका लागि उम्मेदवार बन्न कानुनी रूपमा योग्य छन्। यद्यपि उनले औपचारिक रूपमा उम्मेदवारी घोषणा नगरे पनि पुनः नेतृत्वमा दोहोरिने चाहना र तयारी पार्टीभित्र स्पष्ट रूपमा देखिएको छ। महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा संस्थापन पक्षको सक्रियता र स्थानीय नेतृत्वसँगको सम्बन्धले पनि उनलाई लाभ दिन सक्छ। पार्टीको नियमित संरचनामा रहेका नेताहरूको समर्थन जुटाउन सके लिङ्देनले संस्थापनइतरको संयुक्त चुनौती सामना गर्न सक्छन्। लिङ्देनको पक्षमा सबैभन्दा ठूलो आधार वर्तमान नेतृत्वको संगठनात्मक पहुँच हो। पार्टीको केन्द्रीय संरचना, जिल्ला तहका नेतृत्वसँगको सम्बन्ध, महाधिवेशन व्यवस्थापन र पछिल्लो कार्यकालमा भएका निर्णयमा उनको प्रभाव छ। महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा संस्थापन पक्षको सक्रियता र स्थानीय नेतृत्वसँगको सम्बन्धले पनि उनलाई लाभ दिन सक्छ। पार्टीको नियमित संरचनामा रहेका नेताहरूको समर्थन जुटाउन सके लिङ्देनले संस्थापनइतरको संयुक्त चुनौती सामना गर्न सक्छन्। तर संस्थापन पक्षका लागि चुनौती पनि कम छैन। लिङ्देनको नेतृत्वशैलीमाथि पार्टीभित्र निरन्तर प्रश्न उठ्दै आएको छ। महाधिवेशनको मिति सारिएको, केही नेता–कार्यकर्तामाथि कारबाही गरिएको, पार्टीभित्रको निर्णय प्रक्रिया पर्याप्त समावेशी नभएको र राजसंस्थाको मुद्दालाई कसरी अघि बढाउने भन्ने विषयमा स्पष्टता नदेखिएको आरोप संस्थापनइतर नेताहरूले लगाउँदै आएका छन्। यी आरोप असन्तुष्ट पक्षका राजनीतिक दाबी हुन्। तिनको वास्तविकता महाधिवेशनमा प्रतिनिधिहरूको बहस र मतबाट परीक्षण हुनेछ। लिङ्देन नेतृत्वको अर्को चुनौती पार्टीभित्रको असन्तुष्ट समूहको आकार हो। यसअघि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका डा. लोहनी र पाण्डे पार्टीभित्रै रहेर फरक धारमा सक्रिय थिए। धवलशमशेर राणासहितका केही नेता भने पार्टीबाट अलग भइसकेका छन्। संस्थापनइतर पक्षले यसलाई नेतृत्वको कमजोरीका रूपमा व्याख्या गर्दै आएको छ। संस्थापन पक्षले भने अनुशासन र संगठन सञ्चालनका लागि आवश्यक निर्णय गरिएको तर्क गर्न सक्छ। लिङ्देनले महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने दाबी पनि गरेका छन्। तर एकताको सन्देश र वास्तविक संगठनात्मक एकताबीचको दूरी कति छ भन्ने प्रश्न महाधिवेशनको तयारीसँगै प्रस्ट हुँदै जानेछ। लिङ्देनले महाधिवेशनलाई पार्टीभित्रको मतभेद समाधान गर्ने अवसरका रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार महाधिवेशन नियमित र संवैधानिक प्रक्रियाअनुसार हुनुपर्ने भएकाले आयोजना गरिएको हो। नेतृत्वको कार्यशैलीप्रति असहमति राख्नेहरूलाई पनि महाधिवेशनबाट आफ्नो मत स्थापित गर्ने अवसर रहेको उनको धारणा छ। “नेतृत्व ठीक छैन भन्ने लाग्छ भने परिवर्तन गर्न सकिन्छ,” लिङ्देनले भनेका छन्। उनको यो अभिव्यक्तिले आफू प्रतिस्पर्धाबाट पछि नहट्ने र महाधिवेशनको परिणाम स्वीकार गर्ने सन्देश दिन्छ। लिङ्देनले महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने दाबी पनि गरेका छन्। तर एकताको सन्देश र वास्तविक संगठनात्मक एकताबीचको दूरी कति छ भन्ने प्रश्न महाधिवेशनको तयारीसँगै प्रस्ट हुँदै जानेछ। लिङ्देनका लागि चुनौती केवल थापा, लोहनी र पाण्डेको संयुक्त मोर्चा होइन। पार्टीभित्र नेतृत्वको निरन्तरता चाहने र परिवर्तन चाहने प्रतिनिधिको मत विभाजन पनि हो। संस्थापन पक्षले पाँच वर्षमा गरेका काम, पार्टीको राजनीतिक पहिचान र आगामी योजनालाई आधार बनाएर प्रतिनिधिको समर्थन खोज्नुपर्नेछ। नेतृत्व परिवर्तन चाहने पक्षले भने असन्तुष्टि मात्र होइन, आफूले नेतृत्व पाएपछि पार्टीलाई कसरी अघि बढाउने भन्ने स्पष्ट कार्यक्रम प्रस्तुत गर्नुपर्नेछ। पछिल्लो कार्यकालको समीक्षा, संगठन विस्तारको अवस्था, राजसंस्था र हिन्दूराष्ट्रको मुद्दा, संसदीय राजनीति तथा आगामी कार्यदिशाबारे धारणा स्पष्ट पार्नुपर्नेछ। नेतृत्वको प्रतिवेदनमा उठाइने विषय र प्रतिनिधिहरूले गर्ने प्रश्नले महाधिवेशनको बहसलाई दिशा दिनेछ। महाधिवेशनमा लिङ्देनले राजनीतिक प्रतिवेदन पेस गर्ने तयारी छ। त्यस प्रतिवेदनले पार्टीको पछिल्लो कार्यकालको समीक्षा, संगठन विस्तारको अवस्था, राजसंस्था र हिन्दूराष्ट्रको मुद्दा, संसदीय राजनीति तथा आगामी कार्यदिशाबारे धारणा स्पष्ट पार्नुपर्नेछ। नेतृत्वको प्रतिवेदनमा उठाइने विषय र प्रतिनिधिहरूले गर्ने प्रश्नले महाधिवेशनको बहसलाई दिशा दिनेछ। शाहीको उम्मेदवारीले थपेको नयाँ समीकरण राप्रपाको अध्यक्ष पदको प्रतिस्पर्धामा ज्ञानेन्द्रबहादुर शाहीको प्रवेशले समीकरण थप जटिल बनाएको छ। पार्टीका प्रवक्ता तथा संसदीय दलका नेता शाहीले मङ्सिर ४ गते पत्रकार सम्मेलन गरी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनी आफूलाई पार्टीको पुस्तान्तरण र रूपान्तरणको पक्षधरका रूपमा प्रस्तुत गरिरहेका छन्। वर्तमान अध्यक्ष लिङ्देनसहित वरिष्ठ नेताहरूलाई सम्मानपूर्वक अभिभावकीय भूमिकामा राखेर नयाँ पुस्तालाई नेतृत्व दिनुपर्ने उनको प्रस्ताव छ। शाहीको उम्मेदवारीले राप्रपाभित्र नेतृत्व परिवर्तनको बहसलाई अर्को तहमा पुर्‍याएको छ। संस्थापनइतर समूहले लिङ्देनको कार्यशैली र संगठनात्मक कमजोरीलाई मुद्दा बनाइरहेको बेला शाहीले पुस्तान्तरण र रूपान्तरणको विषय अघि सारेका छन्। उनको सन्देश पुराना नेताको प्रतिस्पर्धाभन्दा फरक छ। उनी नेतृत्व परिवर्तनलाई व्यक्ति परिवर्तनमा मात्र सीमित नराखी पार्टीको राजनीतिक शैली र संगठनात्मक संस्कार बदल्ने अवसरका रूपमा प्रस्तुत गर्न खोजिरहेका छन्। ज्ञानेन्द्रबहादुर शाही। फाइल तस्बिर शाहीले वर्तमान अध्यक्ष लिङ्देनलाई सम्मानपूर्वक अभिभावकीय भूमिकामा राखेर नयाँ पुस्तालाई नेतृत्व दिनुपर्ने प्रस्ताव गरेका छन्। पार्टीभित्र गुट–उपगुट अन्त्य गर्नुपर्ने र नेतृत्व परिवर्तन हुन नसके आगामी निर्वाचनमा राप्रपाले थप चुनौती सामना गर्नुपर्ने उनको चेतावनी छ। उनले लिङ्देनलाई पार्टीको ‘सर्वोच्च नेता’ बन्न आग्रह गर्नुको राजनीतिक अर्थ पनि यही हो—वर्तमान नेतृत्वलाई पूर्ण रूपमा अस्वीकार नगरी कार्यकारी नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने। शाहीको उम्मेदवारीले संस्थापनइतरको रणनीतिलाई पनि प्रभावित पार्न सक्छ। यदि उनले युवा प्रतिनिधि र परिवर्तन चाहने कार्यकर्ताको उल्लेख्य समर्थन पाए भने पाण्डे वा थापाको उम्मेदवारीका लागि चुनौती बन्न सक्छन्। अर्कोतर्फ, उनको उम्मेदवारीले लिङ्देनविरुद्धको मत विभाजित गर्ने सम्भावना पनि छ। नेतृत्व परिवर्तन चाहने मत पाण्डे र शाहीबीच बाँडिएमा लिङ्देनलाई चुनावी लाभ पुग्न सक्छ। राप्रपाको विधानअनुसार केन्द्रीय अध्यक्षको उम्मेदवार हुन केन्द्रीय पदाधिकारीका रूपमा कम्तीमा एक कार्यकाल काम गरेको हुनुपर्छ। शाही हाल प्रवक्ता छन्। तर शाहीको राजनीतिक आधारलाई कम आँक्न मिल्दैन। पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ जित हासिल गर्ने राप्रपाका एकमात्र उम्मेदवार उनी थिए। पार्टीको संसदीय दलको नेतृत्व र प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिरहेका शाहीले आफ्नो निर्वाचन क्षेत्रबाहिर पनि राजनीतिक पहिचान बनाएका छन्। पार्टीभित्र नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने नेताका रूपमा उनको दाबीलाई महाधिवेशन प्रतिनिधिले कति समर्थन गर्छन् भन्ने विषय महत्त्वपूर्ण हुनेछ। तर शाहीको उम्मेदवारीमा विधानको प्रश्न पनि जोडिएको छ। राप्रपाको विधानअनुसार केन्द्रीय अध्यक्षको उम्मेदवार हुन केन्द्रीय पदाधिकारीका रूपमा कम्तीमा एक कार्यकाल काम गरेको हुनुपर्छ। शाही हाल प्रवक्ता छन्। प्रवक्ता पदाधिकारीको श्रेणीमा पर्ने भए पनि उनले उक्त जिम्मेवारी सम्हालेको अवधि विधानले तोकेको एक कार्यकाल पुगेको छ कि छैन भन्ने विषय उम्मेदवारी दर्ताको औपचारिक परीक्षणमा स्पष्ट हुनेछ। विधानको व्यवस्थाले शाहीको राजनीतिक दाबीलाई प्रक्रियागत परीक्षणबाट अलग राख्दैन। संगठन सञ्चालनको अनुभव, पार्टीको वैचारिक मुद्दाबारे स्पष्टता, आन्तरिक लोकतन्त्रप्रतिको प्रतिबद्धता र राष्ट्रिय राजनीतिमा प्रभाव विस्तार गर्ने क्षमता पनि आवश्यक हुन्छ। शाहीले आफूलाई नयाँ पुस्ताको विकल्पका रूपमा प्रस्तुत गरे पनि उनको उम्मेदवारीले पार्टीभित्रको पुस्तान्तरणको बहस कति वास्तविक छ भन्ने प्रश्न पनि उठाउँछ। राप्रपामा युवा नेतृत्वको आवश्यकता लामो समयदेखि उठ्दै आएको छ। तर नेतृत्व परिवर्तनका लागि उमेर मात्र पर्याप्त हुँदैन। संगठन सञ्चालनको अनुभव, पार्टीको वैचारिक मुद्दाबारे स्पष्टता, आन्तरिक लोकतन्त्रप्रतिको प्रतिबद्धता र राष्ट्रिय राजनीतिमा प्रभाव विस्तार गर्ने क्षमता पनि आवश्यक हुन्छ। शाहीले यी विषयमा कस्तो कार्यक्रम प्रस्तुत गर्छन् भन्ने कुराले उनको उम्मेदवारीको वजन निर्धारण गर्नेछ। तीन हजार प्रतिनिधि, निर्णायक मत महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या र उनीहरूको छनोट प्रक्रिया नेतृत्वको प्रतिस्पर्धामा निर्णायक बन्नेछ। प्रारम्भिक तयारीअनुसार देशभरबाट करिब तीन हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ। पार्टीका सबै जिल्लाको अधिवेशन सम्पन्न भइसकेको र प्रतिनिधि छनोटको प्रक्रिया मङ्सिर ४ देखि १० गतेसम्म सञ्चालन गर्ने कार्यतालिका रहेको विवरण सार्वजनिक भएको छ। प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट नौ जना प्रतिनिधि छनोट गर्ने व्यवस्था गरिएको छ। यसमा महिला, समावेशी समूह, खुला र उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रावधान राखिएको छ। खुला प्रतिस्पर्धाबाट आउने प्रतिनिधि र स्वतः प्रतिनिधि हुने पदाधिकारीबीचको अनुपातले पनि उम्मेदवारको रणनीति निर्धारण गर्न सक्छ। प्रतिनिधि छनोटको यो संरचनाले महाधिवेशनको शक्ति सन्तुलनलाई प्रभावित गर्नेछ। जिल्ला, प्रदेश, स्थानीय तह र केन्द्रीय तहका पदाधिकारीमध्ये केही स्वतः प्रतिनिधि हुने व्यवस्था छ। यसले पार्टीको संगठनात्मक संरचनामा रहेका नेताहरूलाई महाधिवेशनमा प्रत्यक्ष भूमिका दिन्छ। खुला प्रतिस्पर्धाबाट आउने प्रतिनिधि र स्वतः प्रतिनिधि हुने पदाधिकारीबीचको अनुपातले पनि उम्मेदवारको रणनीति निर्धारण गर्न सक्छ। नेतृत्वका आकांक्षीहरूका लागि अब देश दौडाहा मात्र पर्याप्त छैन। कुन जिल्लाबाट कति प्रतिनिधि आउँछन्, उनीहरूको राजनीतिक झुकाव कस्तो छ, कुन समूहले स्थानीय तहमा प्रभाव राख्छ र कसले प्रतिनिधिलाई आफ्नो पक्षमा विश्वस्त बनाउन सक्छ भन्ने विषयमा सूक्ष्म हिसाब गर्नुपर्नेछ। पार्टीभित्रको पुरानो सम्बन्ध, व्यक्तिगत प्रभाव र संगठनात्मक पहुँचले मतदानमा भूमिका खेल्न सक्छन्। तर अन्तिम परिणाम प्रतिनिधिहरूको स्वतन्त्र निर्णयमा निर्भर हुनेछ। संस्थापन पक्षले पार्टीको औपचारिक संरचना र वर्तमान नेतृत्वको प्रभावलाई आधार बनाउन सक्छ। संस्थापनइतरले असन्तुष्ट जिल्ला नेतृत्व, पुराना कार्यकर्ता र नेतृत्व परिवर्तन चाहने प्रतिनिधिलाई एकत्रित गर्ने प्रयास गर्नेछ। शाहीले युवा प्रतिनिधि र नयाँ राजनीतिक शैली चाहने कार्यकर्ताको मत आकर्षित गर्न खोज्नेछन्। यसरी महाधिवेशनको चुनावी गणित तीनवटा फरक राजनीतिक दाबीको प्रतिस्पर्धामा रूपान्तरण हुन सक्छ। प्रतिनिधि छनोट, सदस्यता प्रमाणीकरण र निर्वाचन समितिको प्रक्रिया पारदर्शी भएन भने परिणामप्रति असन्तुष्टि बढ्न सक्छ। प्रतिनिधि छनोटमा समावेशी र युवा सहभागिताको व्यवस्था राखिनु सकारात्मक पक्ष हो। तर कागजी प्रतिनिधित्व र वास्तविक निर्णय प्रक्रियामा सहभागिताबीच फरक हुन्छ। महिला, युवा, उत्पीडित समुदाय र विभिन्न क्षेत्रका प्रतिनिधिले नेतृत्व चयनमा स्वतन्त्र भूमिका खेल्न पाउँछन् कि पाउँदैनन् भन्ने प्रश्न पनि महाधिवेशनको लोकतान्त्रिक गुणस्तरसँग जोडिन्छ। नेतृत्वका उम्मेदवारले समावेशी प्रतिनिधित्वलाई केवल मत प्राप्त गर्ने माध्यम बनाउने कि पार्टीको निर्णय संरचनामा अर्थपूर्ण स्थान दिने भन्ने कुरा उनीहरूको प्रतिबद्धताबाट परीक्षण हुनेछ। महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने अनुमान भए पनि अन्तिम संख्या आधिकारिक सूचीबाट पुष्टि हुनुपर्नेछ। प्रतिनिधि छनोट, सदस्यता प्रमाणीकरण र निर्वाचन समितिको प्रक्रिया पारदर्शी भएन भने परिणामप्रति असन्तुष्टि बढ्न सक्छ। विगतमा पार्टीभित्र नेतृत्व चयनलाई लिएर विवाद भएको अनुभव भएकाले यसपटक निर्वाचन प्रक्रिया निष्पक्ष र विश्वसनीय बनाउनु नेतृत्वको साझा जिम्मेवारी हुनेछ। कमजोर जनमत र पुरानै राजनीतिक मुद्दाको परीक्षा राप्रपाको नेतृत्वका लागि भइरहेको प्रतिस्पर्धा पार्टीको राजनीतिक अवस्थासँग अलग छैन। पार्टीले लामो समयदेखि संवैधानिक राजसंस्था, हिन्दूराष्ट्र, राष्ट्रिय पहिचान र परम्परागत मूल्य–मान्यताको मुद्दा उठाउँदै आएको छ। यी मुद्दाले पार्टीलाई विशिष्ट राजनीतिक पहिचान दिएका छन्। तर पहिचान कायम राख्नु र त्यसलाई निर्वाचनमा जनमतमा रूपान्तरण गर्नु फरक कुरा हो। राप्रपाले यही चुनौतीको सामना गरिरहेको छ। २०७८ को महाधिवेशनपछि लिङ्देन नेतृत्वले पार्टीलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको थियो। तर नेतृत्व परिवर्तनपछि पार्टीको संगठनात्मक विस्तार र निर्वाचन परिणामले अपेक्षित गति लिन नसकेको आलोचना पार्टीभित्रै उठ्दै आएको छ। अर्कोतर्फ, थापाको अलग पार्टी गठन र पुनरागमनले पार्टीको राजनीतिक ऊर्जा र संगठनात्मक निरन्तरतामा थप असर पारेको थियो। एकतापछि पार्टीले पुरानो विभाजनबाट पाठ सिकेर साझा राजनीतिक कार्यदिशा तय गर्नुपर्ने थियो। तर अहिले पुनः नेतृत्वको प्रतिस्पर्धा तीव्र हुनु आन्तरिक एकताको चुनौती कायम रहेको संकेत हो। प्रत्यक्षतर्फ जित्ने उम्मेदवार ज्ञानेन्द्र शाही थिए। यसले पार्टीको संसदीय उपस्थिति सीमित रहेको देखाउँछ। पुरानो राजनीतिक मुद्दा बोकेको पार्टीले जनमत विस्तार गर्न नसकेको अवस्था नेतृत्वका लागि गम्भीर समीक्षा विषय हुनुपर्छ। २०८२ को प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ चार सिट प्राप्त गरेको निर्वाचन परिणामसम्बन्धी विवरणले देखाउँछ। पार्टीको समानुपातिक मत तीन लाख ३० हजार ६८४ रहेको छ। प्रत्यक्षतर्फ जित्ने उम्मेदवार ज्ञानेन्द्र शाही थिए। यसले पार्टीको संसदीय उपस्थिति सीमित रहेको देखाउँछ। पुरानो राजनीतिक मुद्दा बोकेको पार्टीले जनमत विस्तार गर्न नसकेको अवस्था नेतृत्वका लागि गम्भीर समीक्षा विषय हुनुपर्छ। राप्रपाको चुनौती निर्वाचनमा सिट संख्या बढाउनेमा मात्र सीमित छैन। पार्टीको मुद्दा नयाँ पुस्तासम्म कसरी पुर्‍याउने, संघीय लोकतान्त्रिक गणतन्त्रभित्र आफ्नो राजनीतिक प्रस्तावलाई कसरी व्याख्या गर्ने, आर्थिक तथा सामाजिक विषयमा स्पष्ट नीति कसरी बनाउने र सुशासनको प्रश्नमा विश्वसनीयता कसरी स्थापित गर्ने भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण छन्। राजसंस्था र हिन्दूराष्ट्रको मुद्दा उठाउनु पार्टीको वैचारिक पहिचान हो, तर त्यससँगै रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, भ्रष्टाचार नियन्त्रण र आर्थिक अवसरका विषयमा ठोस कार्यक्रम प्रस्तुत गर्नुपर्ने दबाब छ। राप्रपाले विगतमा विभिन्न समयमा सरकारमा सहभागिता जनाएको छ। पार्टीका नेताहरूले उपप्रधानमन्त्रीदेखि मन्त्रीसम्मका जिम्मेवारी सम्हालेका छन्। तर सरकारमा सहभागी हुँदा पार्टीले उठाएका मुद्दा कति कार्यान्वयन गर्न सक्यो भन्ने प्रश्न पनि जनताले गर्नेछन्। सत्ता साझेदारीमा सहभागी हुनु र आफ्नो वैचारिक प्रतिबद्धता कार्यान्वयन गर्नुबीच सन्तुलन कायम गर्न नसक्दा पार्टीको पहिचान कमजोर हुने जोखिम रहन्छ। आगामी नेतृत्वले यो विरोधाभासको समाधान खोज्नुपर्नेछ। पार्टीले नयाँ पुस्तासँग संवाद गर्ने, बदलिँदो सामाजिक तथा आर्थिक परिवेश बुझ्ने र आफ्ना प्रस्तावलाई व्यावहारिक नीतिमा रूपान्तरण गर्ने क्षमता देखाउनुपर्छ। पार्टीको राजनीतिक मुद्दा स्थापित गर्न विगतमा कमल थापाले गरेको अभियानलाई पाण्डेले पनि स्मरण गराएका छन्। थापाको नेतृत्वमा राजसंस्था र हिन्दूराष्ट्रको मुद्दालाई देशव्यापी रूपमा उठाइएको उनको तर्क छ। तर अहिले ती मुद्दालाई टिकाइराख्ने र जनतासँग जोड्ने काम पर्याप्त नभएको पाण्डेको भनाइ छ। “तर हाम्रो मुद्दा टिकाएर राख्न सक्ने काम हुन सकेन। अझै पनि ढिलो भएको छैन,” पाण्डेले कार्यकर्ता भेटघाटका क्रममा भनेका छन्। यस भनाइले संस्थापनइतर पक्षले नेतृत्व परिवर्तनको बहसलाई संगठन र मुद्दाको पुनर्जीवनसँग जोड्न खोजेको देखाउँछ। उनीहरूका अनुसार पार्टीको राजनीतिक मुद्दा कमजोर हुनुको कारण नेतृत्वको कार्यशैली र संगठन सञ्चालनमा देखिएको कमजोरी हो। तर नेतृत्व परिवर्तनले मात्र मुद्दा पुनर्जीवित हुन्छ भन्ने सुनिश्चित छैन। त्यसका लागि पार्टीले नयाँ पुस्तासँग संवाद गर्ने, बदलिँदो सामाजिक तथा आर्थिक परिवेश बुझ्ने र आफ्ना प्रस्तावलाई व्यावहारिक नीतिमा रूपान्तरण गर्ने क्षमता देखाउनुपर्छ। कमल थापाको प्रभाव, पाण्डेको क्षमता संस्थापनइतर पक्षको राजनीतिक शक्तिको केन्द्रमा कमल थापा छन्। उनी पार्टीको संस्थापक पुस्ताका प्रभावशाली नेता हुन्। पञ्चायतकालदेखि बहुदलीय व्यवस्थासम्मको राजनीतिक अनुभव, सरकारमा विभिन्न जिम्मेवारी र पार्टी संगठनमा लामो समयको संलग्नता उनको राजनीतिक पूँजी हो। राप्रपाका परम्परागत मतदाता र कार्यकर्तामाझ उनको व्यक्तिगत प्रभाव अझै बाँकी रहेको अनुमान गर्न सकिन्छ। तर त्यो प्रभाव अहिलेको महाधिवेशनमा कति मतमा परिणत हुन्छ भन्ने कुरा छुट्टै परीक्षणको विषय हो। पाण्डेको राजनीतिक पृष्ठभूमि पनि अध्यक्ष पदको प्रतिस्पर्धामा महत्त्वपूर्ण छ। उनी पार्टीका वरिष्ठ उपाध्यक्ष हुन् र लामो समयदेखि संगठनमा सक्रिय छन्। थापाको सबैभन्दा ठूलो चुनौती उनको राजनीतिक यात्राको उतारचढाव हो। २०७८ मा अध्यक्ष पदमा पराजित भएपछि पार्टी छाड्नु, राप्रपा नेपाल पुनर्गठन गर्नु र फेरि राप्रपामै फर्किनु उनको राजनीतिक यात्राका महत्त्वपूर्ण मोड हुन्। यसले उनको राजनीतिक लचकता देखाउँछ भन्ने व्याख्या हुन सक्छ भने निरन्तरता र स्थिरतामाथि प्रश्न उठाउने आधार पनि बन्न सक्छ। उनी फेरि अध्यक्ष पदमा उम्मेदवार बनेमा पुरानो नेतृत्वको पुनरागमनका रूपमा व्याख्या हुन सक्छ। पाण्डेलाई अघि सारेमा भने आफूलाई समर्थन गर्ने समूहको प्रभाव कायम राख्दै नेतृत्वको विकल्प प्रस्तुत गर्ने अवसर मिल्न सक्छ। पाण्डेको राजनीतिक पृष्ठभूमि पनि अध्यक्ष पदको प्रतिस्पर्धामा महत्त्वपूर्ण छ। उनी पार्टीका वरिष्ठ उपाध्यक्ष हुन् र लामो समयदेखि संगठनमा सक्रिय छन्। तर पार्टीको सर्वोच्च नेतृत्वमा पुग्न संगठनात्मक अनुभव मात्र पर्याप्त हुँदैन। पार्टीलाई राष्ट्रिय राजनीतिक बहसमा स्थापित गर्ने क्षमता, विभिन्न पुस्ताबीच समन्वय गर्ने योग्यता र आन्तरिक विवाद व्यवस्थापन गर्ने नेतृत्व क्षमता पनि आवश्यक हुन्छ। थापा र लोहनीको समर्थनले पाण्डेलाई बलियो बनाउने भए पनि उनको व्यक्तिगत राजनीतिक स्वीकार्यता कति छ भन्ने प्रश्न खुला छ। डा. प्रकाशचन्द्र लोहनीको भूमिका पनि यस समीकरणमा महत्त्वपूर्ण छ। उनी पार्टीका पूर्वअध्यक्ष मात्र होइनन्, आर्थिक तथा राजनीतिक विषयमा लामो अनुभव भएका नेता हुन्। पार्टीको वैचारिक दिशा र नेतृत्वको कार्यशैलीबारे असन्तुष्टि राख्दै आएका लोहनीले संस्थापनइतर समूहलाई राजनीतिक विश्वसनीयता दिन सक्छन्। तर उनी आफैँ अध्यक्षको उम्मेदवार बन्नेभन्दा पाण्डेलाई समर्थन गर्ने भूमिकामा देखिएका छन्। थापा र लोहनीजस्ता पूर्वअध्यक्षहरूको समर्थनले पाण्डेलाई पार्टीको पुरानो नेतृत्व र संगठनसँग जोड्न सक्छ। अध्यक्ष पदमा एक उम्मेदवार तय गर्नु पहिलो चरण हो। त्यसपछि उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्रीलगायत पदमा साझा प्यानल निर्माण गर्नुपर्नेछ। यद्यपि पुराना नेताहरूको समर्थनलाई मात्र आधार बनाएर पाण्डेले नयाँ पुस्ताको विश्वास जित्न सक्ने छैनन्। पार्टीको नेतृत्वमा नयाँ अनुहार र कार्यशैली चाहने प्रतिनिधिले पाण्डेलाई कस्तो विकल्पका रूपमा हेर्छन् भन्ने कुरा महत्त्वपूर्ण हुनेछ। उनी पुरानो नेतृत्वको निरन्तरता मात्र हुन् कि नयाँ संगठनात्मक दृष्टिकोणसहित अघि बढ्न सक्ने नेता हुन् भन्ने प्रश्नको उत्तर उनको राजनीतिक कार्यक्रमले दिनुपर्नेछ। त्यस्तै, कमल थापा र लोहनीको समर्थन पाण्डेको उम्मेदवारीमा मात्र सीमित रहन्छ कि आगामी केन्द्रीय कार्यसमितिको संरचना र निर्णय प्रक्रियामा पनि उनीहरूको प्रभाव रहन्छ भन्ने विषयले संस्थापनइतरको एकता परीक्षण गर्नेछ। अध्यक्ष पदमा एक उम्मेदवार तय गर्नु पहिलो चरण हो। त्यसपछि उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्रीलगायत पदमा साझा प्यानल निर्माण गर्नुपर्नेछ। पद बाँडफाँट र नेतृत्वको भूमिकामा सहमति नजुटेमा अहिलेको एकता कमजोर हुन सक्छ। सर्वसम्मतिको प्रस्ताव कि चुनावी रणनीति पाण्डेले सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको बताउनु र लिङ्देनसँग समेत सहमतिको प्रस्ताव लिएर जाने अभिव्यक्ति दिनुले महाधिवेशनमा सहमतिको सम्भावना खुला राखेको छ। तर अध्यक्ष पदमा एकभन्दा बढी आकांक्षी सार्वजनिक भइसकेको अवस्थामा सर्वसम्मति सहज देखिँदैन। लिङ्देन दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्न योग्य छन्। शाहीले उम्मेदवारी घोषणा गरिसकेका छन्। संस्थापनइतर समूहले पनि साझा उम्मेदवार तय गर्ने तयारी गरेको छ। लिङ्देनका लागि पनि सर्वसम्मतिको प्रस्ताव अस्वीकार गर्नु राजनीतिक रूपमा सहज हुने छैन। पार्टी अध्यक्षका रूपमा उनले महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने सार्वजनिक धारणा राखेका छन्। सर्वसम्मतिको प्रस्तावलाई राजनीतिक दबाबका रूपमा पनि बुझ्न सकिन्छ। संस्थापनइतर समूहले लिङ्देनलाई नेतृत्वमा दोहोरिन नदिने लक्ष्य राखेको भए पनि चुनावी प्रतिस्पर्धाभन्दा सहमतिबाट नेतृत्व परिवर्तन गर्न सकिने सम्भावना खोजिरहेको हुन सक्छ। यसो गर्दा पार्टीभित्र विभाजन र ध्रुवीकरण कम हुने अपेक्षा गर्न सकिन्छ। तर लिङ्देन नेतृत्व हस्तान्तरण गर्न तयार नभएमा संस्थापनइतर समूह चुनावी प्रतिस्पर्धामा जानुपर्नेछ। लिङ्देनका लागि पनि सर्वसम्मतिको प्रस्ताव अस्वीकार गर्नु राजनीतिक रूपमा सहज हुने छैन। पार्टी अध्यक्षका रूपमा उनले महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने सार्वजनिक धारणा राखेका छन्। त्यसैले असन्तुष्ट पक्षसँग संवाद गर्ने र नेतृत्व चयनमा सहमति खोज्ने जिम्मेवारी उनको पनि हो। तर सहमति भनेको वर्तमान नेतृत्वलाई निरन्तरता दिनु मात्र होइन। असन्तुष्ट पक्षले उठाएका विषय सम्बोधन गर्ने र पार्टीको भावी नेतृत्व संरचनामा सबै पक्षको सहभागिता सुनिश्चित गर्ने आधार तयार गर्नुपर्नेछ। सर्वसम्मति सम्भव भए पनि त्यसको स्वरूप कस्तो हुन्छ भन्ने प्रश्न महत्त्वपूर्ण छ। अध्यक्ष पदमा एक जनालाई सहमति गराउने मात्र पर्याप्त हुँदैन। पार्टीको केन्द्रीय नेतृत्वमा विभिन्न समूहको प्रतिनिधित्व, नीतिगत विषयमा साझा धारणा र संगठन सञ्चालनको स्पष्ट विधि तय गर्नुपर्नेछ। अन्यथा पद बाँडफाँटमा भएको सहमति केही समयपछि पुनः विवादमा बदलिन सक्छ। राप्रपाको इतिहासमा विभाजन र पुनःएकीकरणको क्रम नयाँ होइन। विभिन्न समयमा नेतृत्व विवाद, वैचारिक मतभेद र व्यक्तिगत शक्ति संघर्षका कारण पार्टी विभाजित हुँदै आएको छ। यदि चुनाव भयो भने त्यसले पार्टीभित्रको वास्तविक शक्ति सन्तुलन देखाउनेछ। लिङ्देनले आफ्नो कार्यकालको मूल्यांकनका आधारमा प्रतिनिधिको समर्थन खोज्नेछन्। पाण्डेले थापा र लोहनीको समर्थनलाई संगठनात्मक मतमा बदल्नुपर्नेछ। शाहीले नयाँ पुस्ता र परिवर्तन चाहने प्रतिनिधिको समर्थन जुटाउनुपर्नेछ। तीनै पक्षका लागि व्यक्तिगत लोकप्रियताभन्दा महाधिवेशन प्रतिनिधिसँगको सम्बन्ध निर्णायक हुनेछ। महाधिवेशनको परिणामले पार्टीभित्रको गुटगत संरचनामा पनि प्रभाव पार्नेछ। लिङ्देन विजयी भएमा वर्तमान नेतृत्वको निरन्तरता कायम हुनेछ, तर असन्तुष्ट पक्षलाई समेट्नुपर्ने दबाब थप बढ्नेछ। पाण्डे विजयी भएमा थापा र लोहनीको समर्थनमा बनेको नयाँ शक्ति केन्द्रले पार्टीको नेतृत्व सम्हाल्नेछ। शाही विजयी भएमा पुस्तान्तरणको नाराले संस्थागत रूप लिनेछ र पार्टीको नेतृत्व शैलीमा नयाँ प्रयोगको सम्भावना खुल्नेछ। तर जुनसुकै पक्षले जिते पनि पराजित समूहलाई पार्टीभित्र समेट्न नसके राप्रपाको आन्तरिक एकता कमजोर हुन सक्छ। राप्रपाको इतिहासमा विभाजन र पुनःएकीकरणको क्रम नयाँ होइन। विभिन्न समयमा नेतृत्व विवाद, वैचारिक मतभेद र व्यक्तिगत शक्ति संघर्षका कारण पार्टी विभाजित हुँदै आएको छ। २०७८ पछि कमल थापाको बहिर्गमन र २०८२ मा पुनरागमनले पनि यही इतिहासलाई दोहोर्‍याएको छ। अहिलेको महाधिवेशनले पार्टीलाई फेरि विभाजनको बाटोमा लैजाने कि फरक मतलाई संस्थागत गर्दै एकताबद्ध बनाउने भन्ने निर्णय गर्नुपर्नेछ। नेतृत्व परिवर्तनभन्दा ठूलो प्रश्न राप्रपाको आठौँ महाधिवेशनको महत्त्व अध्यक्ष को बन्छन् भन्नेमा मात्र सीमित छैन। पार्टीले आगामी पाँच वर्षमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न चाहन्छ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ। राजसंस्था र हिन्दूराष्ट्रको मुद्दा पार्टीको मूल पहिचान भए पनि बदलिँदो राजनीतिक परिवेशमा ती मुद्दालाई कसरी व्याख्या गर्ने र जनमतमा कसरी रूपान्तरण गर्ने भन्ने चुनौती छ। पार्टीले आफ्नो वैचारिक आधार कायम राख्दै नयाँ पुस्ताको अपेक्षा र समसामयिक मुद्दालाई सम्बोधन गर्नुपर्नेछ। राप्रपाले आफ्नो राजनीतिक मुद्दा जनतासमक्ष पुर्‍याउन संगठनलाई सक्रिय बनाउनुपर्ने आवश्यकता छ। निर्वाचनका बेला मात्र सक्रिय हुने संगठनले दीर्घकालीन राजनीतिक प्रभाव निर्माण गर्न सक्दैन। स्थानीय तहमा पार्टीका कार्यक्रम, जनजीविकाका मुद्दामा हस्तक्षेप, नीति निर्माणमा सहभागिता र जनतासँग निरन्तर सम्बन्ध आवश्यक हुन्छ। नेतृत्व परिवर्तनको बहससँगै संगठनको यही कमजोरीलाई सम्बोधन गर्ने कार्यक्रम प्रस्तुत हुनुपर्छ। लिङ्देनको नेतृत्वले पार्टीलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने अवसर पाएको थियो। तर उनको कार्यकालको मूल्यांकन नेतृत्वमा रहन सफल भए वा भएनन् भन्ने आधारमा मात्र गर्न मिल्दैन। पार्टीको आन्तरिक लोकतन्त्र अर्को महत्त्वपूर्ण विषय हो। अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न पाउने अधिकार, फरक मत राख्ने स्वतन्त्रता, निर्णय प्रक्रियामा सहभागिता र अनुशासनका नाममा हुने कारबाहीको मापदण्ड स्पष्ट हुनुपर्छ। पार्टीभित्र गुटगत प्रतिस्पर्धा हुनु स्वाभाविक हो, तर त्यसलाई संस्थागत प्रक्रियाबाट व्यवस्थापन गर्न नसक्दा संगठन कमजोर हुन्छ। महाधिवेशनले नेतृत्व चयनसँगै आन्तरिक लोकतन्त्रको अभ्यासलाई पनि बलियो बनाउनुपर्नेछ। लिङ्देनको नेतृत्वले पार्टीलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने अवसर पाएको थियो। तर उनको कार्यकालको मूल्यांकन नेतृत्वमा रहन सफल भए वा भएनन् भन्ने आधारमा मात्र गर्न मिल्दैन। पार्टीको संगठन कति विस्तार भयो, निर्वाचनमा कस्तो परिणाम आयो, वैचारिक मुद्दा कति प्रभावकारी बन्यो र आन्तरिक असन्तुष्टि कसरी व्यवस्थापन गरियो भन्ने आधारमा उनको नेतृत्वको समीक्षा हुनुपर्छ। त्यस्तै, संस्थापनइतर पक्षले पनि नेतृत्व परिवर्तनको माग गरेर मात्र पुग्दैन। पाण्डे, थापा र लोहनीले पार्टीको भविष्यका लागि कस्तो नीति, संगठनात्मक योजना र राजनीतिक कार्यक्रम ल्याउँछन् भन्ने स्पष्ट हुनुपर्छ। पुरानो नेतृत्वको आलोचना गरेर मात्र नयाँ नेतृत्वको औचित्य स्थापित हुँदैन। पार्टीलाई कसरी पुनर्जीवित गर्ने, युवालाई कसरी जोड्ने, निर्वाचनमा कसरी प्रभाव बढाउने र राजसंस्था तथा हिन्दूराष्ट्रको मुद्दालाई कसरी व्यावहारिक राजनीतिक कार्यक्रमसँग जोड्ने भन्ने विषयमा उनीहरूले स्पष्ट खाका दिनुपर्नेछ। लिङ्देनको निरन्तरता, पाण्डेको सम्भावित नेतृत्व र शाहीको पुस्तान्तरणको दाबीबीच प्रतिनिधिहरूले कुन विकल्प रोज्छन् भन्ने निर्णय महाधिवेशनको मतदानबाट हुनेछ। कमल थापा र लोहनीको भूमिका पनि यही परिणामसँग जोडिनेछ। शाहीले पुस्तान्तरणको प्रस्ताव अघि सारेका छन्। तर पुस्तान्तरणको अर्थ उमेरका आधारमा नेतृत्व परिवर्तन मात्र होइन। पार्टीको निर्णय प्रक्रियामा नयाँ पुस्ताको सहभागिता, नयाँ राजनीतिक सोच, प्रविधि र सञ्चारको प्रयोग, जनताको बदलिँदो अपेक्षाप्रति संवेदनशीलता तथा संगठन सञ्चालनको नयाँ शैली पनि यससँग जोडिन्छ। शाहीले आफ्नो उम्मेदवारीलाई यस्ता विषयसँग जोड्न सकेमा उनको दाबीले थप अर्थ पाउन सक्छ। महाधिवेशनमा प्रतिनिधिहरूले तीनवटै पक्षका उम्मेदवारलाई यही आधारमा मूल्यांकन गर्नुपर्नेछ। नेतृत्वको अनुभव, संगठनात्मक पहुँच, राजनीतिक पहिचान र आगामी योजनाबीच सन्तुलन खोज्नुपर्नेछ। पुराना नेताको अनुभव आवश्यक छ, तर नयाँ पुस्ताको सहभागिता पनि उत्तिकै महत्त्वपूर्ण छ। नेतृत्वमा निरन्तरता आवश्यक हुन सक्छ, तर त्यसका लागि कार्यसम्पादनको जवाफदेहिता पनि चाहिन्छ। अन्ततः राप्रपाको आठौँ महाधिवेशनले पार्टीको आन्तरिक शक्ति सन्तुलन मात्र निर्धारण गर्ने छैन, यसको राजनीतिक अस्तित्व र भविष्यको दिशा पनि तय गर्नेछ। लिङ्देनको निरन्तरता, पाण्डेको सम्भावित नेतृत्व र शाहीको पुस्तान्तरणको दाबीबीच प्रतिनिधिहरूले कुन विकल्प रोज्छन् भन्ने निर्णय महाधिवेशनको मतदानबाट हुनेछ। कमल थापा र लोहनीको भूमिका पनि यही परिणामसँग जोडिनेछ। राप्रपाले फेरि पुरानै विवाद, विभाजन र पुनर्मिलनको चक्र दोहोर्‍याउने कि फरक राजनीतिक संस्कारसहित अघि बढ्ने भन्ने प्रश्नको उत्तर पनि यही महाधिवेशनले दिनेछ। पार्टीभित्रको असन्तुष्टिलाई नेतृत्व परिवर्तनको अवसरमा रूपान्तरण गर्न सक्नु र पराजित पक्षलाई समेटेर संगठनलाई एकताबद्ध राख्न सक्नु नयाँ नेतृत्वको वास्तविक परीक्षा हुनेछ। राप्रपाले फेरि पुरानै विवाद, विभाजन र पुनर्मिलनको चक्र दोहोर्‍याउने कि फरक राजनीतिक संस्कारसहित अघि बढ्ने भन्ने प्रश्नको उत्तर पनि यही महाधिवेशनले दिनेछ। मङ्सिर २६ देखि २८ गतेसम्म हुने महाधिवेशनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुनेछ। तर राप्रपाका लागि वास्तविक चुनौती त्यो कुर्सीमा को पुग्छ भन्नेभन्दा पनि त्यसपछि पार्टीलाई कहाँ पुर्‍याउँछ भन्ने हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चितवनको टाँडीमा खुल्यो एथरको १७औँ एक्सपेरियन्स सेन्टर
Latest NewsJust now

चितवनको टाँडीमा खुल्यो एथरको १७औँ एक्सपेरियन्स सेन्टर

काठमाडौं । नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले चितवनको रत्ननगरस्थित टाँडीमा एथरको १७औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ । नयाँ सेन्टर खुलेसँगै चितवनको रत्ननगर र आसपासका ग्राहकलाई एथरका विद्युतीय स्कुटरबारे जानकारी लिन, टेस्ट राइड गर्न र खरिदका लागि परामर्श लिन सजिलो हुने कम्पनीले जनाएको छ । यो सेन्टर डाइनामिक इनर्जी प्रालिले सञ्चालन गर्नेछ […] ...

लोकपथ
चौथो प्रयासमा डब्लूएचओको दक्षिणपूर्वी एसिया निर्देशक बन्ने नेपालको दाउ, ३ देशका उम्मेदवारसँग डा. मिश्राको प्रतिस्पर्धा
Latest NewsJust now

चौथो प्रयासमा डब्लूएचओको दक्षिणपूर्वी एसिया निर्देशक बन्ने नेपालको दाउ, ३ देशका उम्मेदवारसँग डा. मिश्राको प्रतिस्पर्धा

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक पदका लागि नेपालसहित चार देशका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।  आगामी जनवरीमा चयन हुने क्षेत्रीय निर्देशक पदमा नेपालसहित श्रीलंका, माल्दिभ्स र भुटानले उम्मेदवार अघि सारेका हुन्।  नेपालले डा. संगीता कौशल मिश्रालाई अघि सार्दा श्रीलंकाबाट डा अनिल जयसिंघे, माल्दिभ्सबाट डा. अह... ...

नेपालखबर
रसुवा बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस
Latest NewsJust now

रसुवा बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस

काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गरेको छ । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा... ...

रातोपाटी
होल्डिङ सेन्टरबाट सुकुमवासी हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग
Latest NewsJust now

होल्डिङ सेन्टरबाट सुकुमवासी हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग

कांग्रेस सभापति गगनकुमार थापाको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत भनेको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement