Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

राप्रपाको महाधिवेशनमा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट ९ प्रतिनिधि छानिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
राप्रपाको महाधिवेशनमा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट ९ प्रतिनिधि छानिने
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय महाधिवेशनमा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट ९ जना प्रतिनिधि निर्वाचित हुने भएका छन्। पार्टीले सार्वजनिक गरेको प्रतिनिधि छनोटसम्बन्धी व्यवस्थाअनुसार सक्रिय सदस्यहरूमध्येबाट महिला ३, उत्पीडित १ तथा आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र अपांगता भएका समुदायको प्रतिनिधित्व हुने गरी २ जना निर्वाचित हुनेछन्। यसरी प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट कुल ९ जना महाधिवेशन प्रतिनिधि छनोट हुनेछन्। प्रतिनिधि छनोट गर्दा ४० वर्षमुनिका युवाको सहभागिता अनिवार्य सुनिश्चित गर्नुपर्ने व्यवस्था गरिएको छ। राप्रपाको केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुँदैछ। महाधिवेशनका लागि विभिन्न तहका अधिवेशनबाट निर्वाचित अध्यक्षहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशनबाट चयन भएका अध्यक्षहरू पदेन प्रतिनिधिका रूपमा सहभागी हुनेछन्। पदेन प्रतिनिधिबाहेक अन्य महाधिवेशन प्रतिनिधि भने सक्रिय सदस्यहरूमध्येबाट छनोट गरिने श्रेष्ठले बताएका छन्। हिमाल, पहाड र तराईको जनसंख्याको प्रतिशतका आधारमा विधान तथा निर्देशिकाबमोजिम निर्धारित संख्या र आवश्यक प्रक्रिया पूरा गरेका सक्रिय सदस्यहरूमध्येबाट प्रतिनिधि चयन गरिने पार्टीले जनाएको छ। प्रतिनिधि छनोटका लागि मंसिर ४ देखि १० गतेसम्मको समयसीमा निर्धारण गरिएको छ। सो अवधिमा योग्य प्रदेशसभा निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि छनोट गरिसक्नुपर्ने तालिका छ। The post राप्रपाको महाधिवेशनमा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट ९ प्रतिनिधि छानिने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शिवनाथ गाउँपालिकामा दुई दिन स्थानीय बिदा
Latest NewsJust now

शिवनाथ गाउँपालिकामा दुई दिन स्थानीय बिदा

काठमाण्डु – बैतडीको शिवनाथ गाउँपालिकाले प्रसिद्ध शिवनाथ मन्दिरमा लाग्ने जात्राको अवसरमा दुई दिन स्थानीय बिदा दिएको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार र मंसिर १ गते मंगलबार स्थानीय बिदा दिने जनाएको हो । शिवनाथ जात्रामा स्थानीयवासीको उल्लासमय सहभागितालाई दृष्टिगत गर्दै स्थानीय बिदा दिइएको गाउँपालिकाले जनाएको छ । बिदाका दिन गाउँपालिकाभित्रका […] ...

काठमाण्डुपाटी
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
Latest NewsJust now

अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

अछाम । अछाममा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका-१ स्थित बासल्ला निवासी ३२ वर्षीय बिर्खे बुढाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको... ...

रातोपाटी
यु-१९ महिला क्रिकेट: भारतद्वारा नेपालसामु २०६ रनको लक्ष्य प्रस्तुत
Latest NewsJust now

यु-१९ महिला क्रिकेट: भारतद्वारा नेपालसामु २०६ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । महिला यु-१९ ‘ए’ महिला क्रिकेटमा भारतले नेपालसामु २०६ रनको लक्ष्य दिएको छ । आज भारतको बेङ्गलुरुस्थित भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) को क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०५ रन बनायो । भारतका लागि भाविका अहिरेले ४८, तानिष्का शर्माले ३६, आर्या पोङ्दे र निधि महतोले ३५-३५ र इरा जाधवले २६ रन बनाइन् ...

केन्द्रबिन्दु
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
Latest NewsJust now

अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

अछाम । अछाममा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका–१ स्थित बासल्ला निवासी ३२ वर्षीय बिर्खे बुढाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय सालटोक्टा बजारबाट घर फर्कने क्रममा गएराति बुढा बासाल्ला नजिकैको भिरबाट लडेर १५० मिटर तल खसेका थिए । बुढासँगै आएका सोही ठाउँका ३१ […] ...

मकालु खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play