Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

वर्तमान सरकारको आयु लामो छैन, यसलाई नयाँ वर्ष देखाउन दिनु हुँदैन : महेश बस्नेत

Share:WhatsAppFacebookX (Twitter)Telegram
वर्तमान सरकारको आयु लामो छैन, यसलाई नयाँ वर्ष देखाउन दिनु हुँदैन : महेश बस्नेत
Photo / Coverage: पर्दाफास

नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारको आयु लामो नरहने दाबी गरेका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै उनले सरकारलाई आगामी नयाँ वर्षसम्म पनि टिक्न दिन नहुने बताए। उनले वर्तमान सरकारविरुद्ध राजनीतिक आन्दोलनलाई व्यवस्थित गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। त्यसका लागि एमालेले आवश्यकता अनुसार अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्ने उनको भनाई छ । उनले सरकारविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउन एमालेको संगठनात्मक संरचनालाई थप सुदृढ गर्नुपर्ने बताए। सरकारका अलोकतान्त्रिक गतिविधिलाई प्रविधिको माध्यमबाट आम जनतामाझ पुर्‍याउन पनि उनले कार्यकर्तालाई निर्देशन दिए । वर्तमान सरकार र सत्तारुढ दलको नेतृत्व सहकारी ठगीलगायतका आपराधिक गतिविधिमा संलग्न रहेको उनको आरोप छ । उनले भने, ‘भ्रममा बाँचेको, देशलाई जलाएर आएको, खरानी ग्याङ भनेर युवाहरूले उपमा दिएको सहकारी ठगी लगायतका आपराधिक कर्ममा संलग्न रहेको पार्टी र त्यसका नेताहरू संलग्न रहेको वर्तमान सरकारको आयु धेरै लामो रहने छैन । यो सरकारलाई आउँदो नयाँ वर्ष देखाउन दिनु हुँदैन । यसको लागि नेकपा एमाले अन्य सबै दलहरूसँग आवश्यकता अनुसारको सहकार्य गर्दै आन्दोलनलाई व्यवस्थित गराउँदै, आफ्नो सङ्गठनात्मक परिणामहरूलाई व्यवस्थित गराउँदै, स्थानीय कमिटीहरूलाई मजबुत बनाउँदै, स्थानीय तह र प्रदेश तहका निर्वाचनलाई व्यवस्थित गर्दै अगाडि बढ्नुपर्ने कार्यभार बोकेर एमाले जानेछ ।’ उनले स्थानीय कमिटीहरूलाई मजबुत बनाउँदै आगामी स्थानीय तह र प्रदेश तहका निर्वाचनको तयारीमा पनि ध्यान दिनुपर्ने बताए। आगामी निर्वाचनमा एमालेलाई पहिलो शक्तिको रूपमा स्थापित गर्नेगरि अगाडी बढाउन आवश्यक रहेको बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
महेश बस्नेतको दाबी- एमालेको विकासलाई बालेन र रविले चुनौती दिन सक्दैनन्
OthersJust now

महेश बस्नेतको दाबी- एमालेको विकासलाई बालेन र रविले चुनौती दिन सक्दैनन्

नेकपा एमालेका सचिव महेश बस्नेतले एमालेले आफ्नो शासनकालमा गरेको विकास निर्माण र समृद्धिको कामलाई प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित आफूलाई वैकल्पिक शक्ति भन्नेहरूले चुनौती दिन नसक्ने दाबी गरेका छन् । शनिवार च्यासलमा आयोजित नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा बोल्दै सचिव बस्नेतले एमालेले नेपालको विकास र समृद्धिका लागि महत्त्वपूर्ण योगदान गरेको बताए । उनले केपी शर्मा ओली ...

पर्दाफास
गाउँघरबाट हराउँदै नौमती बाजाको धुन
OthersJust now

गाउँघरबाट हराउँदै नौमती बाजाको धुन

बाजा बजाउने पुरानो पुस्ता उमेरले अशक्त हुँदै जानु, नयाँ पुस्ताको घट्दो आकर्षण र आर्थिक कठिनाइका कारण तेह्रथुमका गाउँघरबाट परम्परागत नौमती बाजाको धुन हराउँदै जान थालेको छ । ...

अनलाइन खबर
कांग्रेस देउवा समूहको सुदूरपश्चिम प्रदेश अधिवेशन मंसिर १५ मा
OthersJust now

कांग्रेस देउवा समूहको सुदूरपश्चिम प्रदेश अधिवेशन मंसिर १५ मा

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले मंसिर तेस्रो साता सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने भएको छ । देउवा समूहले पूर्वसभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा मंसिर १५–१६ मा प्रदेश अधिवेशन गर्ने भएको हो । प्रदेश सभापति वीरबहादुर बलायरले शनिबार विज्ञप्ति जारी गरेर कैलालीको धनगढीस्थित सौराइ स्क्वायरमा प्रदेश अधिवेशन आयोजना हुने जनाएका छन् । विज्ञप्तिमा सुदूरपश्चिमका… ...

अनलाइन खबर
स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, भने- कोप–३१ मा नेपालको हिमाली एजेन्डा स्थापित गर्न प्रयास गर्‍यौं
OthersJust now

स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, भने- कोप–३१ मा नेपालको हिमाली एजेन्डा स्थापित गर्न प्रयास गर्‍यौं

यस वर्षको कोपले कुनै न कुनै ढंगले पर्वतीय मुलुकका एजेन्डा हरूलाई स्वीकार गर्दछ भन्नेमा आफुहरू आशावादी रहेको परराष्ट्रमन्त्री खनालको भनाइ छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play