Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

यु-१९ महिला क्रिकेट: भारतद्वारा नेपालसामु २०६ रनको लक्ष्य प्रस्तुत

Share:WhatsAppFacebookX (Twitter)Telegram
यु-१९ महिला क्रिकेट: भारतद्वारा नेपालसामु २०६ रनको लक्ष्य प्रस्तुत
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । महिला यु-१९ ‘ए’ महिला क्रिकेटमा भारतले नेपालसामु २०६ रनको लक्ष्य दिएको छ । आज भारतको बेङ्गलुरुस्थित भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) को क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०५ रन बनायो । भारतका लागि भाविका अहिरेले ४८, तानिष्का शर्माले ३६, आर्या पोङ्दे र निधि महतोले ३५-३५ र इरा जाधवले २६ रन बनाइन् । नेपालका लागि बलिङतर्फ टीका साहले दुई, रचना चौधरी र आशिका महराले समान एक/एक विकेट लिइन् । भारत भ्रमणअन्तर्गत श्रृङ्खलाको पहिलो खेलमा नेपाली टोली नौ विकेटले पराजित भएको थियो । नेपालले आगामी वर्ष आयोजना हुने विश्वकपको तयारीका लागि भारतमा अभ्यास गरिरहेको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शिवनाथ गाउँपालिकामा दुई दिन स्थानीय बिदा
Latest NewsJust now

शिवनाथ गाउँपालिकामा दुई दिन स्थानीय बिदा

काठमाण्डु – बैतडीको शिवनाथ गाउँपालिकाले प्रसिद्ध शिवनाथ मन्दिरमा लाग्ने जात्राको अवसरमा दुई दिन स्थानीय बिदा दिएको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार र मंसिर १ गते मंगलबार स्थानीय बिदा दिने जनाएको हो । शिवनाथ जात्रामा स्थानीयवासीको उल्लासमय सहभागितालाई दृष्टिगत गर्दै स्थानीय बिदा दिइएको गाउँपालिकाले जनाएको छ । बिदाका दिन गाउँपालिकाभित्रका […] ...

काठमाण्डुपाटी
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
Latest NewsJust now

अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

अछाम । अछाममा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका-१ स्थित बासल्ला निवासी ३२ वर्षीय बिर्खे बुढाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको... ...

रातोपाटी
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
Latest NewsJust now

अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

अछाम । अछाममा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका–१ स्थित बासल्ला निवासी ३२ वर्षीय बिर्खे बुढाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय सालटोक्टा बजारबाट घर फर्कने क्रममा गएराति बुढा बासाल्ला नजिकैको भिरबाट लडेर १५० मिटर तल खसेका थिए । बुढासँगै आएका सोही ठाउँका ३१ […] ...

मकालु खबर
चीन जाँदै गरेको रास्वपा टोलीलाई रविले भने- भ्रमणको उद्देश्यमा केन्द्रित हुनुहोस्
Latest NewsJust now

चीन जाँदै गरेको रास्वपा टोलीलाई रविले भने- भ्रमणको उद्देश्यमा केन्द्रित हुनुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीन भ्रमणमा जान लागेको पार्टीको प्रतिनिधिमण्डललाई भ्रमण फलदायी बनाउन निर्देशन दिएका छन् । सभापति निवासमा आज भएको छलफलमा लामिछानेले भ्रमणको उद्देश्यमा केन्द्रित हुन र निर्धारित आचारसंहिता पालना गर्न टोलीका सदस्यलाई निर्देशन दिएका हुन् । रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार सभापति लामिछानेले भ्रमणको आवश्यक तयारी र […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play