Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

महेश बस्नेतको दाबी- एमालेको विकासलाई बालेन र रविले चुनौती दिन सक्दैनन्

Share:WhatsAppFacebookX (Twitter)Telegram
महेश बस्नेतको दाबी- एमालेको विकासलाई बालेन र रविले चुनौती दिन सक्दैनन्
Photo / Coverage: पर्दाफास

नेकपा एमालेका सचिव महेश बस्नेतले एमालेले आफ्नो शासनकालमा गरेको विकास निर्माण र समृद्धिको कामलाई प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित आफूलाई वैकल्पिक शक्ति भन्नेहरूले चुनौती दिन नसक्ने दाबी गरेका छन् । शनिवार च्यासलमा आयोजित नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा बोल्दै सचिव बस्नेतले एमालेले नेपालको विकास र समृद्धिका लागि महत्त्वपूर्ण योगदान गरेको बताए । उनले केपी शर्मा ओली नेतृत्वको सरकारको अवधारणाअनुसार तीन हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन भएको र नेपाललाई लोडसेडिङमुक्त बनाइएको दाबी गरे । उक्त कामको जस तत्कालीन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि पाउनुपर्ने भएपनि यसको मुख्य अवधारणा ओली नेतृत्वको सरकारको रहेको उनको भनाइ छ । नौ महिनाको अवधिमा एमालेले कुनै काम नगरेको भन्ने आरोपको जवाफ पार्टीका प्रत्येक नेता तथा कार्यकर्ताले दिनुपर्ने उनले बताए । त्यसका लागि सञ्चारमाध्यम र सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । बस्नेतले एमालेले ३५ वर्ष शासन गरेको भन्ने भाष्य गलत रहेको उल्लेख गर्दै २०५२ देखि २०७९ सम्मको अवधिलाई नेपालको विकासको स्वर्णिम कालका रूपमा व्याख्या गरे । मनमोहन अधिकारी नेतृत्वको सरकारदेखि एमालेले काम गर्ने अवसर पाएका विभिन्न कार्यकालमा विकासका महत्त्वपूर्ण काम भएको उनको दाबी छ । उनले वर्तमान सरकारको नौ महिनाको कार्यकाललाई कुशासन, भ्रष्टाचार, अनियमितता र महँगी वृद्धिसँग जोड्दै आलोचना गरे । ग्यासको मूल्य वृद्धि, युवालाई दिइएका आश्वासन र सरकारका गतिविधिले जनतामा निराशा तथा आक्रोश बढाएको उनको आरोप छ । बस्नेतले वर्तमान सरकारको कार्यशैली अधिनायकवाद, निरंकुशता र प्रतिशोधतर्फ उन्मुख रहेको टिप्पणीसमेत गरे । उनकाअनुसार एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी दुईवटा रणनीति बनाएको छ । पहिलो, विगतमा पार्टीले गरेका विकास निर्माणका काम र आफ्ना एजेन्डासहित जनतामाझ जाने तथा दुवै निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउने र दोस्रो, वर्तमान सरकारका जनहितविरोधी गतिविधिविरुद्ध अन्य विचार मिल्ने दलसँग निर्वाचनमा कार्यगत एकता र आन्दोलनमा संयुक्त संघर्ष गर्ने रणनीति रहेको बताए । पार्टीको आगामी रणनीतिलाई प्रभावकारी बनाउन आधारभूत तहका कमिटीलाई व्यवस्थित गर्ने काम भइरहेको उनले जानकारी दिए । बस्नेतले कात्तिक २६ गते वडा तहका अधिवेशन र मंसिर ४ गते पालिका तहका अधिवेशन सम्पन्न गर्ने तयारी रहेको बताए । अधिवेशन सकेसम्म सर्वसम्मत रूपमा सम्पन्न गर्नुपर्ने भन्दै उनले त्यसो हुन नसके लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्नुपर्ने बताए । अधिवेशनका क्रममा नेताहरूले छुट्टाछुट्टै समूह बनाएर गुटगत प्रतिस्पर्धाको सन्देश दिन नहुने उनको भनाइ छ । पालिका तहका अधिवेशन व्यवस्थित गर्न सम्बन्धित इन्चार्जहरूको महत्त्वपूर्ण भूमिका रहने उनले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वर्तमान सरकारको आयु लामो छैन, यसलाई नयाँ वर्ष देखाउन दिनु हुँदैन : महेश बस्नेत
OthersJust now

वर्तमान सरकारको आयु लामो छैन, यसलाई नयाँ वर्ष देखाउन दिनु हुँदैन : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारको आयु लामो नरहने दाबी गरेका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै उनले सरकारलाई आगामी नयाँ वर्षसम्म पनि टिक्न दिन नहुने बताए। उनले वर्तमान सरकारविरुद्ध राजनीतिक आन्दोलनलाई व्यवस्थित गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। त्यसका लागि एमालेले आवश्यकता अनुसार अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्ने उनको भनाई छ । उनले सरकारविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउन एमालेको ...

पर्दाफास
गाउँघरबाट हराउँदै नौमती बाजाको धुन
OthersJust now

गाउँघरबाट हराउँदै नौमती बाजाको धुन

बाजा बजाउने पुरानो पुस्ता उमेरले अशक्त हुँदै जानु, नयाँ पुस्ताको घट्दो आकर्षण र आर्थिक कठिनाइका कारण तेह्रथुमका गाउँघरबाट परम्परागत नौमती बाजाको धुन हराउँदै जान थालेको छ । ...

अनलाइन खबर
कांग्रेस देउवा समूहको सुदूरपश्चिम प्रदेश अधिवेशन मंसिर १५ मा
OthersJust now

कांग्रेस देउवा समूहको सुदूरपश्चिम प्रदेश अधिवेशन मंसिर १५ मा

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले मंसिर तेस्रो साता सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने भएको छ । देउवा समूहले पूर्वसभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा मंसिर १५–१६ मा प्रदेश अधिवेशन गर्ने भएको हो । प्रदेश सभापति वीरबहादुर बलायरले शनिबार विज्ञप्ति जारी गरेर कैलालीको धनगढीस्थित सौराइ स्क्वायरमा प्रदेश अधिवेशन आयोजना हुने जनाएका छन् । विज्ञप्तिमा सुदूरपश्चिमका… ...

अनलाइन खबर
स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, भने- कोप–३१ मा नेपालको हिमाली एजेन्डा स्थापित गर्न प्रयास गर्‍यौं
OthersJust now

स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, भने- कोप–३१ मा नेपालको हिमाली एजेन्डा स्थापित गर्न प्रयास गर्‍यौं

यस वर्षको कोपले कुनै न कुनै ढंगले पर्वतीय मुलुकका एजेन्डा हरूलाई स्वीकार गर्दछ भन्नेमा आफुहरू आशावादी रहेको परराष्ट्रमन्त्री खनालको भनाइ छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play