Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

युट्युब र एआईलाई नियमन गर्न सरकारलाई सुझाव, लुइँटेल पुरस्कृत

Share:WhatsAppFacebookX (Twitter)Telegram
युट्युब र एआईलाई नियमन गर्न सरकारलाई सुझाव, लुइँटेल पुरस्कृत
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । पत्रकार भूपाल लुइँटेललाई ‘गिद्दे प्रेस राष्ट्रिय पत्रकारिता पुरस्कार २०८३’ प्रदान गरिएको छ । गिद्दे प्रेस एचडीको दोस्रो वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा लुइँटेललाई २५ हजार रूपैयाँ राशिसहित उक्त पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रमा विकसित नयाँ प्रविधिलाई व्यवस्थित गर्दै यसको विकास र विस्तार गर्नुपर्ने बताउनुभयो । पत्रकारिता क्षेत्रबाटै प्रतिनिधित्व गर्दै कार्यकारी भूमिकामा पुगेकाले सञ्चार क्षेत्रको विकास र विस्तारका विषयमा आफूले निरन्तर चिन्तन गरिरहेको उहाँको भनाइ थियो । मन्त्री तिमिल्सिनाले सरकारले आमसञ्चार विधेयक र प्रेस काउन्सिल विधेयकमार्फत पत्रकारिता क्षेत्रलाई कानुनी आधार प्रदान गर्ने काम गरिरहेको जानकारी दिनुभयो । राज्यले सञ्चार क्षेत्रलाई नियमन गर्नुपर्ने सरोकारवालाको सुझाव सकारात्मक रहेको उल्लेख गर्दै उहाँले पत्रकारिता क्षेत्रले पनि राज्यलाई खबरदारी गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्राडा. सुरेन्द्र केसीले प्रविधिको तीव्र विकासलाई राज्यले प्रणालीगत रूपमा व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । आफूलाई ‘युट्युबे विश्लेषक’ भन्ने गरिएको उल्लेख गर्दै उहाँले ठूला मिडिया हाउससमेत युट्युबमा केन्द्रित हुँदै गएको बताउनुभयो । युट्युबलाई सञ्चारमाध्यमका रूपमा विकास गर्न राज्यले स्पष्ट प्रणाली र नीतिगत व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो । गिद्दे प्रेस एचडीका सम्पादक ठाकुर बेलवासेले पत्रकारिताको परम्परागत माध्यम र शैलीमा परिवर्तन ल्याउने सोचका साथ गिद्दे प्रेस सुरु गरिएको बताउनुभयो । वार्षिकोत्सवका अवसरमा पत्रकारितामा क्रियाशील व्यक्तिलाई प्रोत्साहन गर्दै पेसाप्रति निरन्तर लागिरहन प्रेरित गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । बेलवासेले युट्युबलाई सञ्चारमाध्यमका रूपमा स्वीकार गरी सञ्चालन गर्न आवश्यक नीति बनाउन ढिलाइ भइरहेको भन्दै यस विषयमा राज्यले गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनुभयो । पुरस्कार ग्रहणपछि पत्रकार लुइँटेलले सम्मानले खुसीसँगै थप जिम्मेवारीबोध गराएको बताउनुभयो । पत्रकारितामा प्राप्त सम्मानलाई आफ्नो कामप्रतिको दायित्व थपिएको रूपमा लिएको उहाँको भनाइ थियो । पत्रकारिता क्षेत्रमा चर्चाको शिखरमा पुगेका र बदनामीको गहिराइमा झरेका दुवैथरी व्यक्तिका अनुभव आफूले नजिकबाट देखेको उल्लेख गर्दै उहाँले ती दुवै अवस्थाबाट जोगिएर निरन्तर कर्ममा लागिरहने चाहना व्यक्त गर्नुभयो । ‘मेरै जीवनकालमा मैले चर्चाको शिखर चुमेका मानिसहरूदेखि लिएर यही क्षेत्रमा लागेर बदनामीको गहिराइसम्म पुगेका मानिसहरूको पनि अनुभूति गरेको छु । म यी दुवै चिजबाट जोगिन चाहन्छु । न त्यो उचाइमा पुग्न चाहन्छु, न बदनामीको गहिराइसम्मै पुग्न चाहन्छु । म जे छु, ठीक अवस्थामा छु,’ उहाँले भन्नुभयो । आफूलाई आवश्यकताभन्दा बढी प्रशंसा नगर्न आग्रह गर्दै लुइँटेलले विगतका अनुभवबाट सिकेर आफ्नो काममा निरन्तर लागिरहनुपर्ने धारणा राख्नुभयो । उहाँले पत्रकारितामा प्रविधिको विकाससँगै कृत्रिम बुद्धिमत्ता (एआई)ले थपेका चुनौतीबारे पनि चर्चा गर्नुभयो । गुटेनबर्गको छापाखानादेखि आधुनिक छपाइ प्रविधि हुँदै मोबाइल पत्रकारितासम्म आइपुग्दा पत्रकारिताको स्वरूपमा व्यापक परिवर्तन आएको उल्लेख गर्दै उहाँले एआईको तीव्र विकासले पत्रकारिताको मानवीय पक्षमा असर पार्न सक्ने बताउनुभयो । एआईको अत्यधिक प्रयोगले पत्रकारको बौद्धिक क्षमता, सिर्जनशीलता र अन्तर्वार्ता गर्ने सीपसमेत कमजोर बनाउँदै विस्थापनको जोखिम बढाउन सक्ने उहाँको चिन्ता थियो । एआईको प्रयोग र दुरुपयोगबारे समयमै बहस गर्दै यसको उचित प्रयोगका लागि आवश्यक नियमन गर्नुपर्नेमा उहाँले जोडदिनुभयो । पुरस्कृत पत्रकार लुइँटेल हिमालयन टेलिभिजनमा कार्यक्रम प्रस्तोता तथा रेडियो अन्नपूर्णमा समाचार प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘पच्चीस पच्चीस’को शुभमुहूर्तसँगै छायांकन
Latest NewsJust now

‘पच्चीस पच्चीस’को शुभमुहूर्तसँगै छायांकन

काठमाडौं । सामाजिक हाँस्य चलचित्र ‘पच्चीस पच्चीस’को शुभ मुहूर्त गरिएको छ । कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनलागेको चलचित्रको बुधबार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजाआजा गरी शुभमुहूर्त गरिएको हो । मुहूर्तसँगै चलचित्रको छायांकन पनि सुरु भएको छ । निर्देशक सुब्रत आचार्यका अनुसार चलचित्रको छायांकन ४० दिनमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । चलचित्रमा अविषेक खड्का, खुसी कार्की, अमित सुब्बा, सरोज खनाल, ...

हिमालय टाइम्स
युथ क्रिएसन म्युजिकद्वारा पेनड्राइभ एल्बम प्रोडक्सन सेवा सुरु
Latest NewsJust now

युथ क्रिएसन म्युजिकद्वारा पेनड्राइभ एल्बम प्रोडक्सन सेवा सुरु

काठमाडौं । एल्बम, सीडी/भीसीडी तथा म्युजिक प्रोडक्सनको क्षेत्रमा १८ वर्ष लामो अनुभव हासिल गरेको युथ क्रिएसन म्युजिकले पछिल्लो समय विकसित प्रविधिलाई आत्मसात् गर्दै पेनड्राइभ एल्बम प्रोडक्सन सेवा सुरु गरेको छ । परम्परागत सीडी/भीसीडीको विकल्पका रूपमा संगीत तथा म्युजिक भिडियोका सामग्रीलाई डिजिटल माध्यमबाट सुरक्षित र व्यवस्थित रूपमा संग्रह गर्ने उद्देश्यले कम्पनीले यो सेवा सञ्चालनमा ल्याएको हो । नयाँ सेवाअन्तर्गत गायक, संगीतकार, सर्जक ...

हिमालय टाइम्स
‘२६ करोड’को छायांकन आर्टुर जुराव्स्कीले गर्ने
Latest NewsJust now

‘२६ करोड’को छायांकन आर्टुर जुराव्स्कीले गर्ने

काठमाडौं । प्रदीप खड्काको मुख्य भूमिका रहने चलचित्र ‘२६ करोड’को छायांकन पोलिस छायांकार आर्टुर जुराव्स्कीले गर्ने हुनुभएको छ । चलचित्रको छायांकनका लागि नेपाल आइपुग्नुभएका उहाँले आइतबारदेखि निर्माण टिमसँग वर्कसप सुरु गर्नुभएको छ । विकास सुवेदीको निर्देशनमा बन्ने चलचित्रको छायांकन यही मंसिर १५ गतेदेखि सुरु हुने निर्माता सुभाष भुसालले जानकारी दिनुभयो । आर्टुरले बलिउडका ‘सुल्तान’, ‘मर्दानी’ र ‘भूमि’ लगायतका चलचित्रमा छायांकन गरिसक्नुभएको ...

हिमालय टाइम्स
प्रिमियरमा ‘ककाकिकी’को प्रशंसा
Latest NewsJust now

प्रिमियरमा ‘ककाकिकी’को प्रशंसा

काठमाडौं । यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘ककाकिकी’को प्रिमियर सम्पन्न भएको छ । मंगलबार साँझ काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित प्रिमियरमा चलचित्रका कलाकार तथा निर्माण टिमसँगै नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार, निर्देशक, निर्माता र चलचित्रकर्मीको उपस्थिति थियो । प्रिमियरमा चलचित्र हेरेपछि अधिकांश चलचित्रकर्मीले यसको कथावस्तु, प्रस्तुतीकरण र कलाकारको अभिनयको प्रशंसा गरेका थिए । कमेडी जनरामा निर्माण भएको चलचित्रका विभिन्न ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement