काठमाडौं । प्रदीप खड्काको मुख्य भूमिका रहने चलचित्र ‘२६ करोड’को छायांकन पोलिस छायांकार आर्टुर जुराव्स्कीले गर्ने हुनुभएको छ । चलचित्रको छायांकनका लागि नेपाल आइपुग्नुभएका उहाँले आइतबारदेखि निर्माण टिमसँग वर्कसप सुरु गर्नुभएको छ । विकास सुवेदीको निर्देशनमा बन्ने चलचित्रको छायांकन यही मंसिर १५ गतेदेखि सुरु हुने निर्माता सुभाष भुसालले जानकारी दिनुभयो । आर्टुरले बलिउडका ‘सुल्तान’, ‘मर्दानी’ र ‘भूमि’ लगायतका चलचित्रमा छायांकन गरिसक्नुभएको छ । उहाँले यसअघि निर्देशक सुवेदीकै नेपाली चलचित्र ‘सिरजरा’मा पनि काम गर्नुभएको थियो । ‘२६ करोड’ उहाँहरूको दोस्रो सहकार्य हो । किंगडम नेटवर्कको ब्यानरमा निर्माण हुने चलचित्रमा प्रदीपसँगै सारा अरएल शाह मुख्य भूमिकामा रहनुहुनेछ । सारा बलिउड अभिनेता विवेक ओबेरोयकी छोरी हुनुहुन्छ । चलचित्रको कथा तथा पटकथा निर्देशक सुवेदीकै रहेको छ भने संगीत सुभाष भुसालको छ । चलचित्र आगामी नयाँ वर्षमा प्रदर्शन गर्ने तयारी छ ।
‘२६ करोड’को छायांकन आर्टुर जुराव्स्कीले गर्ने

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






