Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

‘पच्चीस पच्चीस’को शुभमुहूर्तसँगै छायांकन

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘पच्चीस पच्चीस’को शुभमुहूर्तसँगै छायांकन
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । सामाजिक हाँस्य चलचित्र ‘पच्चीस पच्चीस’को शुभ मुहूर्त गरिएको छ । कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनलागेको चलचित्रको बुधबार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजाआजा गरी शुभमुहूर्त गरिएको हो । मुहूर्तसँगै चलचित्रको छायांकन पनि सुरु भएको छ । निर्देशक सुब्रत आचार्यका अनुसार चलचित्रको छायांकन ४० दिनमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । चलचित्रमा अविषेक खड्का, खुसी कार्की, अमित सुब्बा, सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरि, आशिष पुरुष, तेज गिरी, हेना नगरकोटी, निशा गौतमलगायत अभिनय रहनेछ । दार्जिलिङका हाँस्य कलाकार तथा कन्टेन्ट क्रिएटर अमित सुब्बाले यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्दै हुनुहुन्छ । आचार्यको निर्देशनमा बन्न लागेको यो तेस्रो चलचित्र हो । यसअघि उहाँले ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गर्नुभएको थियो । चलचित्रको कथा सुब्रत आचार्य र जयाले तयार पार्नुभएको हो भने पटकथा सुशील देवकोटाको छ । हरि हुमागाईंले छायांकन निर्देशन गर्ने चलचित्रका निर्माता कर्ण कार्की हुनुहुन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
थप घट्यो अस्ट्रेलियन डलर, युरो र पाउन्डको भाउ, अमेरिकी डलर पनि सस्तियो
Latest NewsJust now

थप घट्यो अस्ट्रेलियन डलर, युरो र पाउन्डको भाउ, अमेरिकी डलर पनि सस्तियो

नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। हिजो पनि अमेरिकी डलर, बहराइन दिनार बाहेक यी सबैजसो मुद्रा सस्तिएका थिए।  आज अमेरिकन डलर १ को खरिददर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ... ...

नेपालखबर
चौथो संस्करणको किफ फागुन २३ देखि
Latest NewsJust now

चौथो संस्करणको किफ फागुन २३ देखि

काठमाडौं । चौथो संस्करणको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ) आगामी २०८३ फागुन २३ गतेदेखि सुरु हुने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार दैलेखको गुराँसमा आयोजना हुने गुराँस पर्यटन महोत्सवसँगै किफको शुभारम्भ गरिनेछ । महोत्सवअन्तर्गत फागुन २४ गते सुर्खेतस्थित होटल शुभमा कर्णाली पर्यटन तथा चलचित्र संवाद र विशेष चलचित्र प्रदर्शन गरिनेछ । साथै ‘कर्णाली हेरौं, कर्णाली घुमौं’ ...

हिमालय टाइम्स
मिस युनिभर्स २०२६ को ताज जेनिफरलाई
Latest NewsJust now

मिस युनिभर्स २०२६ को ताज जेनिफरलाई

काठमाडौं । मिस युनिभर्स-२०२६ को उपाधि प्युर्टो रिकोकी जेनिफर बारेटोले जित्नुभएको छ । सान जुआनमा बुधबार आयोजित प्रतियोगिताको फाइनलमा उहाँलाई विजेता घोषणा गरिएको हो । जेनिफरलाई अघिल्लो संस्करणकी विजेता फातिमा बोसले १८ क्यारेट सेतो सुन र तीन हजार १५० वटा हिराजडित मुकुट पहिराइदिनुभयो । मिनिकन रिपब्लिककी मेलिसा नुनेज पहिलो र भेनेजुएलाकी क्लारा भेगास दोस्रो रनरअप बन्नुभयो । प्रतियोगितामा ११६ देशका सुन्दरी ...

हिमालय टाइम्स
युथ क्रिएसन म्युजिकद्वारा पेनड्राइभ एल्बम प्रोडक्सन सेवा सुरु
Latest NewsJust now

युथ क्रिएसन म्युजिकद्वारा पेनड्राइभ एल्बम प्रोडक्सन सेवा सुरु

काठमाडौं । एल्बम, सीडी/भीसीडी तथा म्युजिक प्रोडक्सनको क्षेत्रमा १८ वर्ष लामो अनुभव हासिल गरेको युथ क्रिएसन म्युजिकले पछिल्लो समय विकसित प्रविधिलाई आत्मसात् गर्दै पेनड्राइभ एल्बम प्रोडक्सन सेवा सुरु गरेको छ । परम्परागत सीडी/भीसीडीको विकल्पका रूपमा संगीत तथा म्युजिक भिडियोका सामग्रीलाई डिजिटल माध्यमबाट सुरक्षित र व्यवस्थित रूपमा संग्रह गर्ने उद्देश्यले कम्पनीले यो सेवा सञ्चालनमा ल्याएको हो । नयाँ सेवाअन्तर्गत गायक, संगीतकार, सर्जक ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement