एसिसी एसिया कप राइजिङ स्टार्सअन्तर्गत युएईविरुद्धको महत्वपूर्ण खेलमा नेपालले पहिलो सफलता हात पारेको छ । टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालले दोस्रो ओभरमै यूएईको पहिलो विकेट लिएको हो । नेपालका लागि आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेल खेलिरहेका राशिद खानले डेब्यू खेलकै पहिलो ओभरमा विकेट लिएका हुन् । उनले यूएईका ओपनर आयान शर्मालाई ८ रनमा आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए । टस हारेर पहिले ब्याटिङमा उत्रिएको यूएईले सुरुवातमै विकेट गुमाएपछि नेपालले खेलमा दबाब सिर्जना गर्ने अवसर पाएको छ । ...
युएईविरुद्ध नेपाललाई दोस्रो सफलता, डेब्यू खेलमै राशिदले लिए विकेट

Read Complete Original Article
Published originally on फरकधार






