Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

देउवासँग खिचिएका ७ तस्बिर राख्दै सूर्य थापा भन्छन्– ८० वर्षमा पनि उहाँ जोसिलो हुनुहुन्छ

Share:WhatsAppFacebookX (Twitter)Telegram
देउवासँग खिचिएका ७ तस्बिर राख्दै सूर्य थापा भन्छन्– ८० वर्षमा पनि उहाँ जोसिलो हुनुहुन्छ
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग महत्वपूर्ण भेटवार्ता भएको बताएका छन्। सामाजिक सञ्जाल ७ फोटो राखेर भेटबारे जानकारी दिँदै थापाले देउवासँग समसामयिक राजनीतिक घटनाक्रम र कांग्रेसको आन्तरिक अवस्थाबारे कुराकानी भएको बताएका हुन्। थापाका अनुसार २०८२ भदौ २३ र २४ गतेका घटनाक्रमअघिको अवस्था, त्यसपछिको परिस्थिति र हालसम्मको राजनीतिक अवस्थाबारे देउवा स्पष्ट देखिएका छन्। उनले देउवालाई नेपाली राजनीतिका विभिन्न उतारचढाव, राजनीतिक पात्रहरूको नियत र परिस्थितिबारे राम्रो जानकारी भएको अनुभवी नेताका रूपमा चित्रण गरेका छन्। ८० वर्षको उमेरमा पनि देउवा उत्साही रहेको उल्लेख गर्दै थापाले फरक राजनीतिक दल र सम्बन्धका व्यक्तिसँग पनि खुलेर कुराकानी गर्न सक्ने उनको विशेषता रहेको बताएका छन्। ‘८० बर्षको उमेरमा पनि जोसिलो हुनुहुन्छ। भिन्न पार्टी र फरक सम्बन्धमा पनि खुल्न र मनको कुरा बोल्न सक्नुहुन्छ। यतिबेला उहाँको खास जोड काँग्रेस १.० को पन्ध्रौं महाधिवेशन सम्पन्न गर्नु र आधिकारिकता प्राप्त गर्नुमा केन्द्रित रहेको छ।रूख चिन्ह पाउनु नै मुख्य हो भन्नेमा उहाँ स्पष्ट र दृढ हुनुहुन्छ’ उनले भनेका छन्। भेटका महत्वपूर्ण पक्ष, त्यसको राजनीतिक परिदृश्य र सम्भावित परिणाम क्रमशः सार्वजनिक हुँदै जाने थापाले बताएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्याङ्जामा गुञ्जिदैँ नेपथ्य
Latest NewsJust now

स्याङ्जामा गुञ्जिदैँ नेपथ्य

अर्जुन काफ्ले स्याङ्जा, मङ्सिर ६ गते । चर्चित नेपाली सांगीतिक ब्याण्ड नेपथ्यले आज स्याङ्जामा पहिलो पटक प्रस्तुति दिँदै छ । स्याङ्जा युथ क्लबको आयोजनामा पुतलीबजार नगरपालिका–१ मालेबग... ...

गोरखापत्र
मेस्सीको इन्टर मियामी एमएलएसकाे प्लेअफबाट बाहिरिने जोखिममा
Latest NewsJust now

मेस्सीको इन्टर मियामी एमएलएसकाे प्लेअफबाट बाहिरिने जोखिममा

काठमाडाैं । अमेरिकी मेजर लिग सकर (एमएलएस)को प्लेअफमा लियोनल मेस्सीको टोली इन्टर मियामी कोलम्बस क्रुसँग ३–० गोलले पराजित भएको छ । तर, यो हारसँगै मियामीको प्लेअफ यात्रा भने समाप्त भएको छैन । न्यू स्टेडियममा भएको पहिलो खेलमा कोलम्बसका गोन्जालो तापियाले दुई तथा ताहा हाब्रोनले एक गोल गर्दै टोलीलाई महत्त्वपूर्ण जित दिलाए । लगातार पाँच खेल जितेको कोलम्बस उत्कृष्ट लयमा देखिँदा इन्टर ...

केन्द्रबिन्दु
देउसीबाट संकलित रकमले टोपी वितरण
Latest NewsJust now

देउसीबाट संकलित रकमले टोपी वितरण

नवीन गुरुङसङ्खुवासभा, मङ्सिर ६ गते । सङ्खुवासभाको चैनपुर नगरपालिका –१० खराङमा देउसीबाट संकलित रकमले विद्यालयमा न्यानो टोपी वितरण गरिएको छ ।नेपालीहरुको महानपर्व तिहारको अवसरमा गाउँम... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play