यसकारण बनाउँदैछ नासाले चन्द्रमाको चरम तापक्रम सहने ब्याट्री

नासाले अत्यधिक चिसो र गर्मीमा पनि काम गर्न सक्ने ब्याट्री विकास गरिरहेको छ। भविष्यमा चन्द्रमामा सञ्चालन हुने अभियान, विशेषगरी आर्टेमिस मिसनमा प्रयोग गर्ने उद्देश्यले यस्तो ब्याट्री बनाइँदै छ। पृथ्वीमा प्रयोग हुने अधिकांश इलेक्ट्रोनिक उपकरणमा लिथियम–आयन ब्याट्री प्रयोग हुन्छ। यस्ता ब्याट्रीमा तरल इलेक्ट्रोलाइट हुने भएकाले कम तापक्रममा त्यो जम्न सक्छ र ब्याट्रीमा क्षति पुग्न सक्छ। त्यस्तै, अत्यधिक गर्मीमा पनि यस्ता ब्याट्रीले राम्रोसँग काम गर्न सक्दैनन्। चन्द्रमामा दिनको तापक्रम १०० डिग्री सेल्सियससम्म पुग्न सक्छ। त्यस्तै, चन्द्रमाको दक्षिणी ध्रुवमा रातको तापक्रम माइनस २०० डिग्री सेल्सियससम्म झर्न सक्छ। यस्तो चरम तापक्रममा अहिले प्रयोग भइरहेका ब्याट्री प्रविधि पर्याप्त नहुने भएकाले नासाले नयाँ प्रविधिमा काम गरिरहेको हो। ‘सोलिड पावर फर एक्स्ट्रिम इन्भाइरोमेन्ट एडाप्टेबिलिटी एन्ड रेजिलियन्स इन स्पेस’ (स्पियर्स) नामक परियोजनाअन्तर्गत नासाले तरलको सट्टा ठोस सिरेमिक वा पोलिमर पदार्थ प्रयोग गरेर ब्याट्री विकास गरिरहेको छ। इन्ग्याजेटका अनुसार यी वैकल्पिक ब्याट्रीलाई पनि काम गर्नुअघि तताउनुपर्ने हुन्छ। तर, अहिलेसम्म परीक्षणका क्रममा अत्यधिक चिसोले तिनमा क्षति पुर्याएको छैन। साथै, लिथियम–आयन ब्याट्रीको तुलनामा यिनलाई उपयुक्त तापक्रममा राख्न कम ऊर्जा खर्च हुने ताप व्यवस्थापन प्रणाली आवश्यक पर्छ। नासाले सार्वजनिक गरेको विवरणमा यस्तो ब्याट्री विकाससम्बन्धी थप जानकारी दिइएको छ। टोलीले विशेषगरी मंगल ग्रहको चरम तापक्रममा काम गर्न सक्ने ब्याट्री विकास गरिरहेको भए पनि यही प्रविधि भविष्यमा पृथ्वीमा प्रयोग हुने इलेक्ट्रोनिक उपकरणमा समेत उपयोगी हुन सक्ने सम्भावना छ। The post यसकारण बनाउँदैछ नासाले चन्द्रमाको चरम तापक्रम सहने ब्याट्री appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल (इन्स्पायर) को वेबसाइट सार्वजनिक गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बिहीबार प्रतिष्ठानको वेबसाइट ‘इन्स्पायर२०८२ डट ओआरजी’ सार्वजनिक गरेका हुन् ।प्रतिष्ठानका अध्यक्ष विष्णु रिमालका अनुसार इन्स्पायरले नेपालका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रविधिगत तथा भूराजनीतिक चुनौतीबारे अध्ययन र अनुसन्धान गर्दै आएको ...

दूरसञ्चार प्राधिकरणद्वारा आइटेल नेटवर्कको अनुमतिपत्र रद्द
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आइटेल नेटवर्क प्रा.लि.को नेटवर्क सेवा तथा इन्टरनेट (इमेलसहित) सेवा सञ्चालन गर्ने अनुमतिपत्र खारेज गरेको छ ।प्राधिकरणले बुधबार सूचना जारी गर्दै काठमाडौं महानगरपालिका २६ सामाखुशीस्थित उक्त कम्पनीले अनुमतिपत्र नवीकरण नगरेपछि खारेज गरिएको जनाएको हो ।प्राधिकरणका अनुसार कम्पनीलाई २०७८ असोज १३ गते नेटवर्क सेवा प्रदायक (अनुमतिपत्र नं. भि.ज. ६–३१) र इन्टरनेट (इमेलसहित) सेवा (अनुमतिपत्र नं. फि.ज. १–१७८) ...

आयरल्यान्डलाई यूरोपसँग जोड्न नयाँ समुद्री इन्टरनेट केबल बिछ्याइने
आयरल्यान्डलाई यूरोपेली महादेशसँग सीधै जोड्ने उद्देश्यले नयाँ समुद्रमुनिको इन्टरनेट केबल प्रणाली निर्माण गरिने भएको छ। यसका लागि फ्रान्सेली दूरसञ्चार कम्पनी ओरेन्ज, पूर्वाधार लगानीकर्ता इक्विटिक्स र आयरल्यान्डको समुद्री केबल निर्माता एमडीएमले संयुक्त लगानीमा नयाँ कम्पनी स्थापना गरेका छन्। हाल यूरोप र आयरल्यान्डबीच आवतजावत गर्ने इन्टरनेट डाटा बेलायत हुँदै जाने गर्छ। बेलायत यूरोपेली संघ (ईयू) को सदस्य नरहेकाले नयाँ केबल प्रणालीले बेलायतलाई छलेर ...


