आयरल्यान्डलाई यूरोपसँग जोड्न नयाँ समुद्री इन्टरनेट केबल बिछ्याइने

आयरल्यान्डलाई यूरोपेली महादेशसँग सीधै जोड्ने उद्देश्यले नयाँ समुद्रमुनिको इन्टरनेट केबल प्रणाली निर्माण गरिने भएको छ। यसका लागि फ्रान्सेली दूरसञ्चार कम्पनी ओरेन्ज, पूर्वाधार लगानीकर्ता इक्विटिक्स र आयरल्यान्डको समुद्री केबल निर्माता एमडीएमले संयुक्त लगानीमा नयाँ कम्पनी स्थापना गरेका छन्। हाल यूरोप र आयरल्यान्डबीच आवतजावत गर्ने इन्टरनेट डाटा बेलायत हुँदै जाने गर्छ। बेलायत यूरोपेली संघ (ईयू) को सदस्य नरहेकाले नयाँ केबल प्रणालीले बेलायतलाई छलेर आयरल्यान्डलाई यूरोपसँग जोड्ने वैकल्पिक मार्ग उपलब्ध गराउनेछ। ‘पिसेस’ नाम दिइएको यो केबल प्रणाली ३ हजार १२५ किलोमिटर लामो हुनेछ। यसलाई फ्रान्सको ओरेन्ज, पूर्वाधार लगानीकर्ता इक्विटिक्स र आयरल्यान्डको एमडीएम सम्मिलित समूहले निर्माण गर्नेछ। टेलिकम्स डटकमका अनुसार समुद्रमुनिको केबल विज्ञ करिन रोमानेट्टीको नेतृत्वमा अघि बढाइएको यो परियोजना खुला पहुँचमा आधारित हुनेछ। यसमा १६ जोडी फाइबर रहनेछन्। यसले आयरल्यान्ड र यूरोपबीच डाटा आदानप्रदानका लागि वैकल्पिक मार्ग उपलब्ध गराउनेछ। यो केबल आयरल्यान्डको पश्चिमी तटमा रहेको गाल्वेबाट सुरु भएर फ्रान्सको सेन्ट-हिलेर-डे-रिएज र स्पेनको सोपेलानासम्म पुग्नेछ। त्यसपछि पोर्चुगलको एटलान्टिक तटमा रहेको कार्काभेलोससम्म विस्तार गरिनेछ। केबल मार्गको समुद्री सर्वेक्षण अगस्टमा सम्पन्न भएको थियो। अहिले इन्जिनियरिङ र अनुमति प्रक्रियाको काम भइरहेको छ। सन् २०२८ मा केबल बिछ्याउने काम सुरु गर्ने अपेक्षा गरिएको छ। ओरेन्जले स्पेनको सोपेलानामा नयाँ केबल अवतरण केन्द्र पनि निर्माण गर्नेछ। आधिकारिक रूपमा ‘पिसेस केबल सिस्टम लिमिटेड’ नाम दिइएको संयुक्त कम्पनीले यो प्रणालीले आयरल्यान्डको डिजिटल सम्पर्कसम्बन्धी लक्ष्य पूरा गर्न सहयोग गर्ने जनाएको छ। यसले विश्वका विभिन्न क्षेत्रसँग यूरोपको डाटा, ऊर्जा र यातायात सम्पर्क विस्तार गर्ने ईयूको ‘ग्लोबल गेटवे’ रणनीतिलाई पनि सहयोग पुर्याउनेछ। ओरेन्ज होलसेल इन्टरनेसनलकी प्रमुख कार्यकारी अधिकृत भ्यालेरी कुसाकका अनुसार एआई विकासका लागि यूरोपले आफ्नो प्रयास तीव्र बनाइरहेका बेला एटलान्टिक तटमा समुद्रमुनिको पूर्वाधारको महत्त्व बढ्दै गएको छ। उनले विभिन्न साझेदारसँग मिलेर उच्च क्षमताका र भरपर्दा सम्पर्क मार्ग निर्माण गर्नु यूरोपको एआईमा आधारित भविष्यका लागि महत्त्वपूर्ण रहेको बताइन्। उनका अनुसार पिसेस परियोजनाले आयरल्यान्ड, फ्रान्स, स्पेन र पोर्चुगललाई जोडेर यूरोपभर डिजिटल सम्पर्कलाई बलियो बनाउनेछ। संयुक्त कम्पनीका अनुसार आयरल्यान्ड यूरोपको प्रमुख क्लाउड सेवा तथा डाटा सेन्टर केन्द्रमध्ये एक हो। यहाँ ठूला क्लाउड सेवा प्रदायक र एआई कम्पनीहरूले आफ्ना सेवा सञ्चालन गर्दै आएका छन्। आयरल्यान्डमा विभिन्न अन्तरमहादेशीय समुद्री केबल प्रणालीका लागि धेरै अवतरण केन्द्रसमेत छन्। यो परियोजनामा इक्विटिक्स इन्फ्रा आयरल्यान्डमार्फत लगानी गरिनेछ। उक्त कोषलाई आयरल्यान्डको सार्वभौम लगानी कोष ‘आयरल्यान्ड स्ट्राटेजिक इन्भेस्टमेन्ट फन्ड’ ले समर्थन गरेको छ। ओरेन्ज र एमडीएमले पनि लगानी गर्नेछन्। यसबाहेक ईयूको ‘कनेक्टिङ यूरोप फ्यासिलिटी’ कार्यक्रमबाट पनि सहवित्तीय सहयोग प्राप्त हुनेछ। पिसेस केबल सिस्टमकी प्रमुख कार्यकारी अधिकृत रोमानेट्टीले परियोजनाको महत्त्वपूर्ण चरणमा नेतृत्व गर्न पाउँदा खुसी व्यक्त गरेकी छन्। उनले ईयूको सहवित्तीय सहयोग र लगानीकर्ताको समर्थनमा यो परियोजनाले यूरोपको डिजिटल सम्पर्क तथा पूर्वाधारको लचकता बलियो बनाउने अवसर प्रदान गर्ने बताइन्। पिसेस परियोजना घोषणा हुनुभन्दा एक महिनाभन्दा कम समयअघि समुद्री केबल सञ्चालक एक्जाले आफ्नो नवौँ अन्तरमहादेशीय केबल निर्माण गर्ने योजना सार्वजनिक गरेको थियो। यसले अन्तर्राष्ट्रिय डाटा सम्पर्क क्षमताको माग बढिरहेको देखाउँछ। टेलिजियोग्राफीका अनुसार सन् २०२६ देखि २०२९ सम्म सञ्चालनमा आउने नयाँ समुद्री केबल प्रणालीमा १६ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी हुने अपेक्षा गरिएको छ। यसअनुसार वार्षिक औसत लगानी ४ अर्ब डलरभन्दा बढी हुनेछ। सन् २०१७ देखि २०२५ सम्म भने यस क्षेत्रमा वार्षिक औसत २ अर्ब डलर लगानी भएको थियो। क्लाउड सेवा र एआईसम्बन्धी कामका लागि उच्च क्षमताको डाटा सम्पर्कको माग बढिरहेको अवस्थामा नयाँ समुद्री केबल परियोजनाले यूरोपको डिजिटल पूर्वाधार विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। The post आयरल्यान्डलाई यूरोपसँग जोड्न नयाँ समुद्री इन्टरनेट केबल बिछ्याइने appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

नेप्से पुनर्संरचना र दोस्रो बजार सुधारबारे धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीबीच छलफल
३० असोज, काठमाडौं। नेपाल सरकारले गठन गरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को पुनर्संरचना सम्बन्धी सुझाव समिति, २०८२ ले पेश गरेको प्रतिवेदनको कार्यान्वयन तथा दोश्रो बजार सञ्चालन, व्यवस्थापन एवं उपकरण तथा सेवा विविधिकरण विषयमा नेपाल धितोपत्र बोर्ड तथा नेप्सेका पदाधिकारीबीच बोर्डको कार्यालयमा असोज २९ गते छलफल सम्पन्न भएको छ। उक्त छलफलमा बोर्ड अध्यक्ष लगायत बोर्डको […] The post नेप्से पुनर्संरचना र ...

नेपालमा F5G र AI डिजिटल रूपान्तरणका लागि ह्वावेद्वारा ISP Event 2026 आयोजना
३० असोज, काठमाडौं। ह्वावेले “Accelerate F5G, Boost Intelligence” अर्थात् “F5G को विकासलाई तीव्रता दिऔँ, बौद्धिक प्रविधिको प्रयोग बढाऔँ” भन्ने मूल नाराका साथ Huawei Nepal ISP Event 2026 सफलतापूर्वक आयोजना गरेको छ। कार्यक्रममा अग्रणी इन्टरनेट सेवा प्रदायकहरू (ISPs), आईसीटी उद्यम तथा क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नयाँ पुस्ताको कनेक्टिभिटी, कृत्रिम बौद्धिकता (AI) र डिजिटल पूर्वाधारमा विकसित […] The post नेपालमा F5G ...

सस्तो इन्टरनेट प्याकेजको प्रचारमा प्रधानमन्त्री बालेन, नेपाल टेलिकमको सेवामा दिए जोड
काठमाडौं । निजी इन्टरनेट सेवा प्रदायकहरूले घोषित रुपमै इन्टरनेटको शुल्क बढाउँदा नेपाल टेलिकमले भने सस्ता प्याकेजहरू सार्वजनिक गरेको छ । टेलिकमले घोषणा गरेको सस्तो प्याकेजलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि प्रचार गरेका छन् ।टेलिकमले आजदेखि चार हजार ९९९ रुपैयाँमै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । टेलिकमको यो प्याकेजलाई प्रधानमन्त्री बालेनले प्रचार गरिदिएका हुन् । सरकारी स्वामित्वको ...

स्क्रिन फुटेको मोबाइल चलाउँदा के हुन्छ ? यी जोखिमबारे थाहा पाउनुहोस्
काठमाडौं । स्मार्टफोन हातबाट खस्दा स्क्रिन चर्किनु वा फुट्नु सामान्यजस्तै बनेको छ । कतिपय प्रयोगकर्ताले सामान्य चिरा परेको भन्दै मर्मत गर्न चासो दिँदैनन् भने केहीले स्क्रिनका टुक्रा झर्ने अवस्थासम्म पनि फोन चलाइरहेका हुन्छन् । तर फुटेको स्क्रिनलाई सामान्य समस्या ठानेर लामो समयसम्म बेवास्ता गर्दा फोनको कार्यक्षमतामा असर पर्नुका साथै प्रयोगकर्ताले विभिन्न जोखिमसमेत सामना गर्नुपर्ने हुन सक्छ ।पहिलेका नोकियाजस्ता फिचर फोन ...


