Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मोटरसाइकलको ठक्करबाट पैदलयात्री थारुको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्री थारुको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
मोटरसाइकलको ठक्करबाट पैदलयात्री थारुको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–३ तीनकुनेमा आज मोटरसाइकलको ठक्करबाट पैदलयात्री गजेहडाकी ६३ वर्षीया जलिया थारुको मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीय शिवलाल घिमिरेले चलाएको लु१ब ३४१६ नम्बरको मोटरसाइकले उनलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी थारूको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक दीपेन्द्रकुमार सिंहले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

एनपीएलकाे दाेस्राे अर्धशतक दीपेन्द्रकाे नाममा
ताजा खबरJust now

एनपीएलकाे दाेस्राे अर्धशतक दीपेन्द्रकाे नाममा

• नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले दोस्रो अर्धशतक बनाएका छन्। • ऐरीले पोखरा एभेन्जर्सको विरुद्ध ३६ बलमा ४ चाैका र २ छ्क्का सहित अर्धशतक पूरा गरे। • एनपीएलको पहिलो अर्धशतक चितवन राइनोजका डेभिड मलानको नाममा छ, जसले विराटनगर किङ्ग्सको विरुद्ध ४१ बलमा अर्धशतक हिर्काएका थिए। ...

नेपालबहस
क्यामरुनमा झडप हुँदा ४ सर्वसाधारणसहित ८ जनाको मृत्यु
ताजा खबरJust now

क्यामरुनमा झडप हुँदा ४ सर्वसाधारणसहित ८ जनाको मृत्यु

क्यामरुनको द्वन्द्वग्रस्त उत्तरपश्चिमी क्षेत्रमा सरकारी सेना र शङ्कास्पद पृथकतावादी लडाकुबिच भएको झडपमा चार सर्वसाधारण र चार लडाकुको मृत्यु भएको छ । सुरक्षा स्रोतका अनुसार, मङ्गलबार मेन्चुम डिभिजनअन्तर्गतको कोशिन गाउँमा उक्त... ...

रातोपाटी
भौतिक पूर्वाधार निर्माणका लागि चीनले दियो स्काभेटर
ताजा खबरJust now

भौतिक पूर्वाधार निर्माणका लागि चीनले दियो स्काभेटर

काठमाण्डु– चीन सरकारले अनुदानस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर मेसिन दिएकाे छ । गाउँपालिकाको पूर्वाधार विकास तथा निर्माणकार्यलाई तीव्रता दिने उद्देश्यले माग गरिएको उक्त मेसिन सिन्धुपाल्चोकस्थित तातोपानी नाकामा आयोजित एक कार्यक्रमबीच गाउँपालिकाले बुझेको हाे । तातोपानी नाकामा बुधवार आयोजित हस्तान्तरण कार्यक्रममा मेरिङदेन गाउँपालिकाका उपाध्यक्ष दुर्गाहाङ सिरेङ चोङ्बाङले चीन सरकारका प्रतिनिधिमण्डलसँग सम्झौतापत्रमा हस्ताक्षर गरी अनुदानमा प्राप्त स्काभेटर […] ...

काठमाण्डुपाटी
स्वयम्भू संरक्षणार्थ पाँच करोड ४० लाख स्वीकृत
ताजा खबरJust now

स्वयम्भू संरक्षणार्थ पाँच करोड ४० लाख स्वीकृत

• स्वयम्भूको संरक्षणका लागि रु पाँच करोड ४० लाखको बजेट स्वीकृत, जसमा ३९% पूर्वाधार विकास र ६१% प्रशासनिक खर्चका लागि छ। • स्वयम्भू महाचैत्य र सम्बन्धित संरचनाहरूको जीर्णोद्धार र मौलिक स्वरूप जोगाउने कार्यमा ध्यान केन्द्रित गरिएको छ। • स्वयम्भूमा आउने पर्यटक र धर्मावलम्बीलाई ऐतिहासिक जानकारी दिने, पूजा गर्ने, र धार्मिक जङ्गलको संरक्षणमा सक्रियता देखाइएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play