Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Others/मोइन अलीको नाममा एनपीएलको तेस्रो अर्धशतक

मोइन अलीको नाममा एनपीएलको तेस्रो अर्धशतक

10/29/2026, 3:52:16 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
मोइन अलीको नाममा एनपीएलको तेस्रो अर्धशतक

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो अर्धशतक जनकपुर बोल्ट्सका मोइन अलीको नाममा दर्ता भएको छ । अलीले आज काठमाडौं गोर्खाजकाविरूद्ध ४९ बलमा अर्धशतक हिर्काए । जसमा ३ चौका र २ छक्का सामेल छन् । यसअघि एनपीएलको दोस्रो अर्धशतक सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नाममा छ । ऐरीले पोखरा एभेन्जर्सकाविरूद्ध ३६ बलमै अर्धशतक पूरा गरेका थिए । जारी एनपीएलको पहिलो अर्धशतक भने चितवन राइनोजका डेभिड मलानको नाममा छ । मलानले विराटनगर किङ्ग्सका विरुद्ध ४१ बलमै अर्धशतक हिर्काएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

अमेरिकाले नेपाललाई १५ करोड डलरभन्दा बढीका हेलिकोप्टर, ड्रोन र जेटबोट दिने
OthersJust now

अमेरिकाले नेपाललाई १५ करोड डलरभन्दा बढीका हेलिकोप्टर, ड्रोन र जेटबोट दिने

काठमाण्डु- अमेरिकाले नेपालको विपद् प्रतिकार्य क्षमता सुदृढ बनाउन १५ करोड अमेरिकी डलरभन्दा बढी मूल्यका अमेरिकी हेलिकोप्टर, ड्रोन र नदीमा सञ्चालन हुने जेटबोट दिने भएको छ। यी उपकरणको आपूर्ति आगामी वर्षदेखि सुरू हुने काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार जानकारी दिएको छ। अमेरिकाले उपलब्ध गराउने हेलिकोप्टर, ड्रोन र जेटबोटले नेपालमा खोज तथा उद्धार, बिरामी तथा घाइतेको आकस्मिक उद्धार […] ...

काठमाण्डुपाटी
इनमसँग खुल्दै एकपछि अर्को हाईप्रोफाइल कनेक्सन, अनुसन्धान गर्न छुट्टै समिति गठन
OthersJust now

इनमसँग खुल्दै एकपछि अर्को हाईप्रोफाइल कनेक्सन, अनुसन्धान गर्न छुट्टै समिति गठन

अहिले प्रधानन्यायाधीशदेखि, न्यायाधीशहरू, प्रहरीका उच्च अधिकारीहरू, सशस्त्र प्रहरीका अधिकारीहरू, व्यवसायीहरू, कर्मचारीहरूदेखि सांसदसहरूसम्म इनमको कनेक्सन देखिन थालेको छ । ...

अनलाइन खबर
इनम सापकोटाबारे प्रधानन्यायाधीशको वक्तव्य : मेरो चिनजान र सम्पर्क छैन
OthersJust now

इनम सापकोटाबारे प्रधानन्यायाधीशको वक्तव्य : मेरो चिनजान र सम्पर्क छैन

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले इनम सापकोटासँग जोडिएका प्रसंगहरूबारे आफ्ना धारणा सार्वजनिक गर्दै उनीसँग कुनै सम्पर्क र चिनजान नरहेको दाबी गरेका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play