मृत्युको उत्सव मनाउने पर्व ‘डे अफ द डेड’ [तस्विरहरु]
![मृत्युको उत्सव मनाउने पर्व ‘डे अफ द डेड’ [तस्विरहरु]](https://kendrabindu.com/wp-content/uploads/2026/10/004445-01-02.jpg)

मेक्सिकोमा मृतक आफन्त तथा साथीहरूको सम्झनामा मनाइने ‘डे अफ द डेड’ पर्वको तयारी सुरु भएको छ । हरेक वर्ष नोभेम्बर १ र २ मा मनाइने यस पर्वमा मृतकको सम्झना गर्दै उनीहरूप्रति श्रद्धा व्यक्त गरिन्छ । मृत्युको भय र शोकलाई मात्र केन्द्रमा नराखी जीवनकै निरन्तरताका रूपमा मृत्युलाई आत्मसात् गर्ने यस परम्पराले मेक्सिकन संस्कृतिमा विशेष स्थान ओगटेको छ ।

मेक्सिकन परम्परामा सुन्तला रङको सयपत्री फूल अर्थात् ‘सेम्पासुचिल’ लाई दिवंगत आत्मालाई आफ्ना परिवारसम्म फर्कने बाटो देखाउने प्रतीकका रूपमा लिइन्छ । त्यसैले पर्वका बेला घर, सडक, बजार र स्मृतिमा बनाइने विशेष वेदीहरूमा यी फूलको व्यापक प्रयोग हुन्छ । यस पर्वको तयारीका क्रममा पनि जलिस्को राज्यको रान्चो सान जुआन डिएगोमा सयपत्री फूलले ढाकिएको बगैंचामा तस्बिर खिच्नेकाे भीड लागेकाे छ ।

‘डे अफ द डेड’ पर्वको इतिहास मध्यअमेरिकाका प्राचीन आदिवासी सभ्यतासँग जोडिएको छ । एज्टेक, माया, ओल्मेक र टोल्टेकलगायत सभ्यताहरूमा मृत्यु जीवनको अन्त्य नभई अर्को अस्तित्वको निरन्तरता हो भन्ने मान्यता थियो । उनीहरूले दिवंगत आत्मा र जीवित परिवारबीचको सम्बन्ध कायम रहने विश्वासका आधारमा मृतकलाई खाना, पानी तथा आवश्यक वस्तु चढाउने परम्परा विकास गरेका थिए ।

१६औँ शताब्दीमा स्पेनी उपनिवेशवादीहरू मेक्सिको पुगेपछि इसाई धर्मका ‘अल सेन्ट्स डे’ र ‘अल सोल्स डे’ जस्ता पर्व तथा परम्परा स्थानीय संस्कृतिसँग मिसिए । यसरी आदिवासी मान्यता र इसाई परम्पराको सम्मिश्रणबाट वर्तमान स्वरूपको ‘दिया दे मुर्तोस’ विकसित भएको हो । यसको सांस्कृतिक तथा आध्यात्मिक महत्त्वलाई मान्यता दिँदै सन् २००८ मा युनेस्कोले यस पर्वलाई मानवताको अमूर्त सांस्कृतिक सम्पदाको प्रतिनिधि सूचीमा समावेश गरेको थियो ।

‘डे अफ द डेड’ पर्वले मेक्सिकोको पर्यटनलाई समेत आकर्षित गर्दै आएको छ । सन् २०२५ मा ४ करोड ७० लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले मेक्सिको भ्रमण गरेको तथ्याङ्कले त्यहाँको पर्यटन क्षेत्रको विस्तार देखाउँछ । अक्टोबरको अन्त्य र नोभेम्बरको सुरुवातमा पर्वको अनुभव लिन आउने पर्यटकका कारण राजधानीलगायत विभिन्न स्थानमा चहलपहल बढ्ने गर्छ ।

तस्विरहरु- अन्तर्राष्ट्रिय सञ्चारमाध्यम

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पत्नी सुनितासँगको विवादबारे गोविन्दाको प्रतिक्रिया : हामी हिन्दु हौँ, हाम्रो संस्कृतिमा सम्बन्धविच्छेदको स्थान छैन
मुम्बई । अभिनेता गोविन्दाले पत्नी सुनिता आहूजाले सम्बन्धविच्छेदको निवेदन फिर्ता लिएको विषयमा आफ्नो प्रतिक्रिया दिएका छन्। उनले हिन्दु धर्ममा सम्बन्धविच्छेदको कुनै शब्द नभएको बताएका हुन्। विगत केही दिनदेखि गोविन्दा आफ्नो व्यक्तिगत... ...

सप्तकोशीमा जेटबोट दुर्घटनाले उठाएको प्रश्न : यात्रुको सुरक्षा जिम्मेवारी कसको ?
काठमाण्डु- तीन जनाको मृत्यु, तीन जना बेपत्ता । यात्रुवाहक बोटको दर्ता, क्षमता, प्राविधिक अवस्था र सुरक्षा मापदण्डमाथि प्रश्न । दुर्घटना एउटा बोटमा भयो, तर जवाफदेहिताको प्रश्न राज्यका नियामक निकायदेखि सञ्चालकसम्म फैलिएको छ। सप्तकोशीको तीव्र बहावमा एउटा यात्रुवाहक बोट अनियन्त्रित भएर ढुङ्गामा ठोक्कियो। केही यात्रु नदीमा खसे, केहीले पौडिएर ज्यान जोगाए र केहीलाई स्थानीयले जोखिम मोलेर […] ...

सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी
काठमाडाैँ । सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण र त्यसको ब्याज अनुदान उपलब्ध गराउने तयारी गरेको छ । ‘सरकारी कर्मचारीहरूका लागि सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८३’ निर्देशिका तयार गर्दै सरकारले मुख्यसचिव, सचिव तथा १२औँ तहका कर्मचारीले चारपाङ्गे सवारीसाधन खरिद गर्न ६० लाख रूपैयाँसम्म ऋण पाउने व्यवस्था गर्न लागेको हो । निर्देशिकाअनुसार सहसचिव वा ११ ...

दाजुले गरे भाइमाथि छुरा प्रहार
झापा।झापाको भद्रपुरमा सामान्य विवाद हुँदा दाजुले आफ्नै भाइलाई छुरा प्रहार गरी घाइते बनाएका छन्। भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गए राति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार सामान्य विषयमा दुई दाजुभाइबीच विवाद हुँदा भाइ बाबुलालमाथि छुरा प्रहार ...