दाजुले गरे भाइमाथि छुरा प्रहार

झापा।झापाको भद्रपुरमा सामान्य विवाद हुँदा दाजुले आफ्नै भाइलाई छुरा प्रहार गरी घाइते बनाएका छन्। भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गए राति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार सामान्य विषयमा दुई दाजुभाइबीच विवाद हुँदा भाइ बाबुलालमाथि छुरा प्रहार गरेका हुन्। छुरा प्रहारबाट घाँटीमा चोट लागेका भाइको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले घटनास्थलबाट छुरा बरामद गरेको छ। घटना लगत्तै फरार भएका कुबराजलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

सल्यानको त्रिवेणीमा सकेट बम, डिस्पोजको तयारी
त्रिवेणी गाउँपालिका-३ पिमखोलाको रिठाबोट टोलनजिकै झाडीमा स्थानीयले घाँस काट्ने बेला बम फेला पारेका हुन् । ...

बेनीघाट – आरुघाट – लार्के सडक १५ दिनपछि सुचारु
गुणबहादुर रोका सुलीकोट ( गोरखा ), कात्तिक ९ गते । बूढीगण्डकी नदीमा आएको बाढीले अवरुद्ध बेनिघाट – आरुघाट – लार्के सडक १५ दिनपछि सुचारु भएको छ । धार्चेको खोर्लावेशी देखि तातोपानी क्ष... ...

सङ्घीय संसद्मा ३६ विधेयक विचाराधीन, थप ७ नयाँ विधेयक दर्ता
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनमा गरी ३६ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन्। तीमध्ये प्रतिनिधि सभाका विभिन्न विषयगत समितिमा २४ वटा विधेयक विचाराधीन रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ। संसद् सचिवालयका... ...

सभामुख अर्यालसँग अमेरिकी संसदीय टोलीको भेट
काठमाडौं।सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ। त्यस अवसरमा उनीहरुबीच नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, आपसी सहयोग, आर्थिक साझेदारी, जलवायु परिवर्तनबाट उत्पन्न विपद् व्यवस्थापन तथा संसदीय सहकार्यलगायतका साझा चासोका विषयमा विचार आदानप्रदान भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ। सो अवसरमा सभामुख अर्यालले रसुवा तथा भोटेकोशी बाढीबाट उत्पन्न विपद् व्यवस्थापनका ...


