Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक बने पोलार्ड

मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक बने पोलार्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक बने पोलार्ड

काठमाडौं । वेस्ट इन्डिजका पूर्व अलराउन्डर काइरन पोलार्ड इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । पाँच पटकको आईपीएल विजेता मुम्बईले शनिबार पोलार्डलाई सन् २०२७ को सिजनका लागि मुख्य प्रशिक्षक बनाएको घोषणा गरेको हो । पोलार्डले यसअघि मुम्बई इन्डियन्सको ब्याटिङ प्रशिक्षकका रूपमा काम गर्दै आएका थिए। उनले महेला जयवर्धनेको स्थान लिनेछन्। जयवर्धनेले मुख्य प्रशिक्षकको जिम्मेवारी छाडेपछि मुम्बईले पोलार्डलाई नयाँ जिम्मेवारी दिएको हो । पोलार्ड सन् २०१० देखि मुम्बई इन्डियन्ससँग आबद्ध छन् । उनले टोलीबाट १८९ खेल खेल्दै ३ हजार ४१२ रन बनाउनुका साथै ६९ विकेट लिएका थिए । उनको खेल जीवनमा मुम्बईले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० मा आईपीएल उपाधि जितेको थियो । मुख्य प्रशिक्षक नियुक्त भएपछि पोलार्डले मुम्बई इन्डियन्ससँगको सम्बन्ध आफ्नो खेल जीवनको महत्त्वपूर्ण हिस्सा रहेको बताएका छन् । उनले खेलाडी र प्रशिक्षकका रूपमा प्राप्त अनुभव उपयोग गर्दै टोलीको विरासतलाई अघि बढाउने र नयाँ प्रतिभालाई विकास गर्ने बताएका छन् । मुम्बई इन्डियन्सले पछिल्लो पटक सन् २०२० मा आईपीएल उपाधि जितेको थियो । सन् २०२७ को सिजनमा टोलीलाई पुनः उपाधि दिलाउने जिम्मेवारी अब पोलार्डको काँधमा हुनेछ । The post मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक बने पोलार्ड appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु
ताजा खबरJust now

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

​काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुईमहिने राष्ट्रिय जागरण अभियानको औपचारिक सुरुआत गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको औपचारिक उद्घाटन गरिएको हो । ​पत्रकार सम्मेलनमा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले संयुक्त रूपमा अभियानको शुभारम्भ गरेका हुन् । ​नेकपाको गत असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले देशव्यापी रूपमा दुईमहिने ...

कर्पोरट खबर
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा
ताजा खबरJust now

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ। बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म... ...

रातोपाटी
युक्रेनले भन्याे- स्टारलिङ्क सेवामा पुनः सुधार आयाे
ताजा खबरJust now

युक्रेनले भन्याे- स्टारलिङ्क सेवामा पुनः सुधार आयाे

किएभ । युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल स्टारलिङ्कको सम्पर्क युक्रेनमा पुनः स्थिर भएको जनाएको छ । स्टारलिङ्क सेवाको विषयलाई लिएर केही दिनयता वासिङ्टनसँग तनाव बढिरहेका बेला युक्रेन सरकारको यस्तो भनाइ आएको हो । रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट आफ्नो रक्षा गर्न सङ्घर्ष गरिरहेको युक्रेनले नागरिक प्रयोजनको स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीका साथै सैन्य प्रयोजनको स्टारशिल्ड संस्करणमा निर्भर रहँदै ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play