Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

मुम्बई इन्डियन्सको कप्तानीमा फर्किए रोहित शर्मा

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुम्बई इन्डियन्सको कप्तानीमा फर्किए रोहित शर्मा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । भारतीय ब्याट्सम्यान रोहित शर्मा इन्डियन प्रिमियर लिग (आईपीएल) टिम मुम्बई इन्डियन्सको पुन: कप्तान बनेका छन् । फ्रेन्चाइजीले शुक्रबार रोहितलाई पुनः कप्तान नियुक्त गरेको घोषणा गरेको हो । सन् २०२४ को संस्करणअघि रोहितबाट कप्तानी खोसेर हार्दिक पाण्ड्यालाई जिम्मेवारी दिइएको थियो। हार्दिक पञ्जाब किंग्समा गएपछि मुम्बईले रोहितलाई पुनः नेतृत्वको जिम्मेवारी दिएको हो । हार्दिकको सट्टा तीव्र गतिका बलर अर्शदीप सिंह मुम्बईमा आबद्ध भएका छन् । रोहितले आफ्नो कप्तानीमा मुम्बईलाई पाँच पटक आईपीएल उपाधि जिताएका थिए । उनको नेतृत्वमा टोलीले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० मा उपाधि जितेको थियो । उनले मुम्बईका लागि १५८ खेलमा कप्तानी गर्दा ८७ खेल जिताएका थिए । पछिल्ला दुई सिजनमा मुम्बईको प्रदर्शन निराशाजनक रहेपछि फ्रेन्चाइजीले रोहितलाई पुनः कप्तानीको जिम्मेवारी दिएको हो । अब उनको नेतृत्वमा मुम्बईले आगामी सिजन उपाधि जित्ने लक्ष्य राखेको छ । The post मुम्बई इन्डियन्सको कप्तानीमा फर्किए रोहित शर्मा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक र योगदानसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनुपर्छ : महासंघ उपाध्यक्ष पाण्डे
Latest NewsJust now

सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक र योगदानसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनुपर्छ : महासंघ उपाध्यक्ष पाण्डे

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी व्यवस्था पुनरावलोकन गर्न सरकारसँग आग्रह गरेका छन्। नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाउँदै सामाजिक सुरक्षा प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउनुपर्ने बताए। सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको ...

लुम्बिनी सञ्चार
इनम सापकोटाको जीवनरक्षाका लागि मानव अधिकार आयोगमा निवेदन
Latest NewsJust now

इनम सापकोटाको जीवनरक्षाका लागि मानव अधिकार आयोगमा निवेदन

काठमाडौं। विचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाले आफ्नो जीवनरक्षाको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन्। शुक्रबार उनकी पत्नी कविता पाण्डेले आयोगमा उक्त निवेदन दर्ता गराएकी हुन्। सापकोटालाई गत असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। निवेदनमा उल्लेख भएअनुसार विमानस्थलको अन्तिम सुरक्षा जाँच स्थलमा पुगेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिई दुईवटा मोबाइल फोन खोसेको थियो। त्यसपछि ...

नेपालन्युज
नापीको सरुवा यसपटक पनि विवाद
Latest NewsJust now

नापीको सरुवा यसपटक पनि विवाद

काठमाडौँ । यसअघि विवादमा परेर फिर्ता भएको नापी कर्मचारीको सरुवा अहिले पनि विवादमुक्त हुन सकेन । आर्थिक लेनदेनका आधारमा... ...

सिंहदरबार न्युज
राजीनामाको विषयले दिक्क छन् मुख्यमन्त्री कार्की
Latest NewsJust now

राजीनामाको विषयले दिक्क छन् मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामाको विषयले प्रदेशको राजनीति मात्रै गर्माएको छैन, एमाले र नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच पनि छलफल भएको छ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement