मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन

काभ्रेपलाञ्चोक । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले मिठाई बनाउन प्रयोग हुने कच्चा पदार्थ, प्रयोग गरिएको तेल वा घिउ, उपभोग्य मिति र मूल्य स्पष्ट देखिनेगरी पसलमा राख्न काभ्रेपलाञ्चोकका व्यवसायीलाई निर्देशन दिएको छ । जिल्ला सदरमुकाम धुलिखेल र प्रमुख सहर बनेपाका मिठाई पसलको अनुगमनपश्चात कार्यालयले यस्तो निर्देशन दिएको हो । कार्यालयका प्रमुख मनिषा चापागाईँले मिठाई उत्पादन गर्दा प्रयोग गरिएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको विवरण, उपभोग गरिसक्नुपर्ने मिति र बिक्री मूल्य ग्राहकले सहजै देख्न सक्नेगरी मिठाइको सोकेस वा काउन्टरमा राख्न निर्देशन दिइएको बताउनुभयो । अनुगमनका क्रममा कार्यालयले मिठाई व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिएको छ । तारेर वा पकाएर तयार गरिने मिठाइमा सिन्थेटिक खाद्य रङ प्रयोग नगर्न, मिठाइलगायत खाद्य पदार्थ प्याक गर्न छापिएका कागज तथा पत्रपत्रिका प्रयोग नगर्न र खाद्य पदार्थ तार्न एउटै तेल पटकपटक प्रयोग नगर्न व्यवसायीलाई सचेत गराइएको चापागाईँले बताउनुभयो । साथै खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को पालना गर्न र गराउन पनि कार्यालयले निर्देशन दिएको छ । मिठाइमा प्रयोग भएका सामग्री तथा मूल्यबारे उपभोक्तालाई स्पष्ट जानकारी उपलब्ध गराउने र खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । यसले उपभोक्तालाई आफूले खरिद गर्न लागेको मिठाइको गुणस्तर, प्रयोग भएका सामग्री र मूल्यबारे जानकारी लिएर खरिद गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । तिहार तथा छठपर्वमा अन्य समयको तुलनामा मिठाइको खपत बढी हुने गर्दछ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

कछुवाको गतिमा कर्णालीको जलस्रोत मन्त्रालय : साढे ३ महिनामा २० प्रतिशत आयोजना पनि गएनन् कार्यान्वयनमा
सुर्खेत । कर्णालीमा ‘असारे विकास’ प्रवृत्ति अन्त्य गर्न समयमै आयोजना कार्यान्वयनमा लैजानु पर्छ भनेर धेरै अघिदेखि चर्चा हुँदै आए पनि सुधार देखिएको छैन । सबैभन्दा धेरै आयोजना रहेको कर्णालीको जलस्रोत... ...

सार्वजनिक ऋण ३० खर्ब रूपैयाँ नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन
काठमाडाैँ । मुल’कको सार्वजनिक ऋण दायित्व ३० खर्ब रूपैयाँ नाघेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्ममा सरकारको कुल सार्वजनिक ऋण दायित्व ३० खर्ब ९ अर्ब ११ करोड ६६ लाख रूपैयाँ पुगेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको असोज मसान्तसम्मको प्रतिवेदनअनुसार कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा सार्वजनिक ऋण ४५.५९ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८३/८४ ...

‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, आकर्षक देखियो अनमोल-प्रिन्सीसँगै भुवन र गरिमाको जोडी
कात्तिक २६ गते प्रदर्शन मिति तय भएको फिल्म ‘बाटुलो जून’ को शीर्ष गीत सार्वजनिक भएको छ। निर्माण कम्पनी सनराइज पिक्चर्सले शुक्रबार फिल्मको टाइटल गीत ल्याएको हो। राम अविरल बिष्टको शब्दमा एसडी योगी र सानु सुनारको स्वर सुन्न सकिन्छ। संगीत संयोजनको काम पनि गायक योगीले नै गरेका छन्। फिल्मको नाम सम्बोधन गर्ने ‘बाटुलो जून&rsquo... ...

पहिलोपटक ३० खर्ब नाघ्यो सार्वजनिक ऋण, जीडीपीको ४५ प्रतिशत
चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको कुल सार्वजनिक ऋण दायित्व ३० खर्ब रुपैयाँ नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको २०८३ असोज मसान्तसम्मको प्रतिवेदनअनुसार कुल सार्वजनिक ऋण दायित्व ३० खर्ब ९ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको हो। यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.५९ प्रतिशत हो। आर्थिक वर्ष २०८३/८४ को सुरुवातमा नेपालको कुल सार्वजनि... ...


