Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मापदण्ड विपरीत घर बनाउनेलाई १० लाख जरिबाना

मापदण्ड विपरीत घर बनाउनेलाई १० लाख जरिबाना

Share:WhatsAppFacebookX (Twitter)Telegram
मापदण्ड विपरीत घर बनाउनेलाई १० लाख जरिबाना

काठमाडौं। सरकारले भवन निर्माणसम्बन्धी नयाँ कानुनी व्यवस्था अघि सारेको छ। सहरी विकास मन्त्रालयले संसद्मा दर्ता गरेको भवन ऐन संशोधन विधेयकले मापदण्ड विपरीतका संरचना निर्माणमा कडा कारबाही र स्मार्ट घर निर्माणमा प्रोत्साहनको नीति लिएको छ। प्रस्तावित विधेयक अनुसार भवन संहिता र स्वीकृत नक्सा विपरीत घर बनाएमा ठूला व्यावसायिक वा आवासीय भवनका हकमा ५ लाखदेखि १० लाख रुपैयाँसम्म जरिबाना हुनेछ। अन्य सामान्य घरका लागि ५ लाख रुपैयाँसम्म जरिबाना तोकिएको छ। नियम मिचेर बनाएका घरको नक्सामा हेरफेर गरेमा २ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिबाना लाग्नेछ। कानुन पालना नगर्ने र स्थानीय तहको निर्देशन नमान्ने घरधनीको सम्पत्ति रोक्का गरिनेछ भने खानेपानी, बिजुली र टेलिफोन सेवा कटौती गरिनेछ। विधेयकले ५० वर्ष पुराना भवनहरूको अनिवार्य सुरक्षा परीक्षणको व्यवस्था गरेको छ। परीक्षणमा असुरक्षित देखिएका भवन मर्मत वा प्रबलीकरण गर्नुपर्नेछ। प्रबलीकरणबाट पनि सुरक्षित नहुने भवन भत्काउनुपर्नेछ। अटेर गरेमा स्थानीय तहले आफैं भत्काउने र त्यसको खर्च घरधनीबाट असुल गर्नेछ। यद्यपि, ऐतिहासिक र सांस्कृतिक महत्त्वका भवनहरूलाई भने विशेष संरक्षणमा राखिनेछ। सरकारले आवासको हक सुनिश्चित गर्न विपन्न परिवारलाई ७५ हजार रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ। यसमा नेपाल सरकारको ५० हजार र प्रदेश सरकारको २५ हजार रुपैयाँ हुनेछ। साथै, स्मार्ट घर निर्माण गर्ने नागरिकलाई सहुलियतपूर्ण कर्जा, कर छुट र विशेष बीमा सुविधा उपलब्ध गराइनेछ। अब भवनको डिजाइन गर्ने इन्जिनियर, नक्सा पास गर्ने प्राविधिक र निर्माण व्यवसायी पनि जिम्मेवार हुनेछन्। मापदण्ड विपरीत डिजाइन गर्ने प्राविधिकको इजाजतपत्र खारेज गरिनेछ। निर्माण सुरु गर्नुअघि ‘व्यावसायिक दायित्व बीमा’ र ‘निर्माण जोखिम बीमा’ अनिवार्य गरिएको छ। विधेयकले भवनहरूलाई ७ वर्गमा विभाजन गरेको छ। सरकारी तथा निजी भवनहरूको तथ्याङ्क राख्न राष्ट्रिय भवन अभिलेख प्रणाली स्थापना गरिनेछ। ऐन लागू भएको ३ वर्षभित्र सबै स्थानीय तहले विद्युतीय प्रणाली मार्फत मात्र नक्सा पास र निर्माण अनुमति दिने व्यवस्था गर्नुपर्नेछ। विपद् प्रभावित भवनको प्राविधिक परीक्षण नभएसम्म प्रयोग गर्न पाइने छैन।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्पमा परी १६ जनाको मृत्यु, ७६ घाइते
ताजा खबरJust now

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्पमा परी १६ जनाको मृत्यु, ७६ घाइते

उत्तरी तिब्बतको नाग्छु क्षेत्रमा गएको शक्तिशाली भूकम्पले ३३९ घर र २० पशु गोठ भत्काएको छ । भूकम्पपछि उद्धार तथा राहत कार्य जारी छ । ...

कान्तिपुर
बेँसीसहर-चामे सडक ६ दिनमा सञ्चालन
ताजा खबरJust now

बेँसीसहर-चामे सडक ६ दिनमा सञ्चालन

मनाङ। अविरल वर्षाका कारण अवरुद्ध बेँसीसहर: चामे सडकखण्ड पुनः सञ्चालनमा आएको छ। मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीको सहयोगमा छ दिनभित्रै सो सडक मर्मत गरी यातायात सेवा सुचारु गरिएको हो। गत असोजमा चार दिनसम्म परेको भारी वर्षाले सडकका विभिन्न स्थानमा पहिरो खस्नुका साथै बाढीले सडक कटान गरेको थियो। बुटवल पावर कम्पनीका संयोजक प्रतीकमानसिंह प्रधानले कम्पनीले आवश्यक उपकरण, जनशक्ति, इन्धन तथा अन्य सामग्री परिचालन ...

नेपालन्युज
पोखरा-दुबई उडानबाट एक महिनामा ६ हजार बढी यात्रु लाभान्वित
ताजा खबरJust now

पोखरा-दुबई उडानबाट एक महिनामा ६ हजार बढी यात्रु लाभान्वित

काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले एक महिना पूरा गरेको छ। गत असोज ७ गतेदेखि सुरु भएको उक्त सेवाबाट हालसम्म ६ हजार ३६२ यात्रुले सेवा लिएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार एक महिनाको अवधिमा कुल ३० वटा उडान भएका छन्। जसमा दुबईबाट पोखरा आउने चार हजार ५२१ र पोखराबाट दुबई ...

नेपालन्युज
नवलपुरमा अटो दुर्घटना हुँदा १४ जना घाइते
ताजा खबरJust now

नवलपुरमा अटो दुर्घटना हुँदा १४ जना घाइते

काठमाडौं । नवलपुरको देवचुली नगरपालिका: ६ मा भएको अटो दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते हुनेमा ८ जना बालबालिका, ५ महिला र एक पुरुष रहेका छन् । नवलपुर प्रहरीका अनुसार देवचुलीको कीर्तिपुरबाट दलदलेतर्फ जाँदै गरेको गण्डकी प्रदेश ००४००१ स ००५१ नम्बरको सामान बोक्ने अटो ओरालो बाटोमा ब्रेक फेल भई अनियन्त्रित भएर पल्टिएको थियो । घाइतेमध्ये ८ वर्षीया नम्रता लम्सालको ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play