Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पोखरा-दुबई उडानबाट एक महिनामा ६ हजार बढी यात्रु लाभान्वित

पोखरा-दुबई उडानबाट एक महिनामा ६ हजार बढी यात्रु लाभान्वित

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखरा-दुबई उडानबाट एक महिनामा ६ हजार बढी यात्रु लाभान्वित

काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले एक महिना पूरा गरेको छ। गत असोज ७ गतेदेखि सुरु भएको उक्त सेवाबाट हालसम्म ६ हजार ३६२ यात्रुले सेवा लिएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार एक महिनाको अवधिमा कुल ३० वटा उडान भएका छन्। जसमा दुबईबाट पोखरा आउने चार हजार ५२१ र पोखराबाट दुबई जाने एक हजार ८४१ यात्रु रहेका छन्। निरौलाले दशैँ र तिहारका कारण दुबईबाट आउने यात्रुको संख्यामा वृद्धि भएको र समग्रमा पहिलो महिनाको उडान उत्साहजनक रहेको बताए। उनले भने, “सबैको साथ र प्रयासबाट पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित र दीर्घकालिन हुने विश्वास गर्न सकिन्छ। यसमा सरकारी तथा निजी क्षेत्रले मिलेर प्रवद्धनात्मक काम गर्नुपर्छ।” पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उडानको पहिलो महिनाको उपलब्धिलाई सकारात्मक मान्दै पोखराबाट दुबई जाने यात्रुको संख्या बढाउनुपर्नेमा जोड दिए। उनले उडानलाई दिगो बनाउन सन् २०२७ को अक्टोबरसम्म टिकट बुकिङ खुला गरेकोमा फ्लाइ दुबईको व्यवस्थापनलाई धन्यवाद व्यक्त गरे। आचार्यले गण्डकी प्रदेशका नागरिक र व्यवसायीलाई पोखराबाटै अन्तर्राष्ट्रिय यात्रा गर्न आग्रह गरे। फ्लाइ दुबई र एमिरेट्सको सहकार्यमा विश्वका ३०० भन्दा बढी गन्तव्यमा यात्रा गर्न सकिने सुविधा रहेकाले पोखरालाई प्रस्थान बिन्दु बनाउनुपर्ने उनको भनाइ छ। २०७९ पुस १७ गते उद्घाटन भएको पोखरा विमानस्थल लामो समयसम्म आन्तरिक उडानमा मात्र सीमित थियो। फ्लाइ दुबईको नियमित उडान सुरु भएपछि यसले पर्यटन, व्यापार र क्षेत्रीय आर्थिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। यसले अन्य वायुसेवा कम्पनीलाई समेत पोखरामा उडान भर्न आकर्षित गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

[अर्काइभ] यस्तो थियो २६ वर्षअघिको वार्षिक बजेट र राजस्व
ताजा खबरJust now

[अर्काइभ] यस्तो थियो २६ वर्षअघिको वार्षिक बजेट र राजस्व

२०५७ जेठ १७ मा अर्थमन्त्री महेश आचार्यले आर्थिक वर्ष २०५७/५८ का लागि ९१ अर्ब ६२ करोड १३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । त्यतिबेला राजस्व संकलनको लक्ष्य ५२ अर्ब ९८ करोड रुपैयाँ राखिएको थियो भने मुख्य सचिवको मासिक तलब १५ हजार रुपैयाँ पुगेको थियो । ...

कान्तिपुर
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्पमा परी १६ जनाको मृत्यु, ७६ घाइते
ताजा खबरJust now

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्पमा परी १६ जनाको मृत्यु, ७६ घाइते

उत्तरी तिब्बतको नाग्छु क्षेत्रमा गएको शक्तिशाली भूकम्पले ३३९ घर र २० पशु गोठ भत्काएको छ । भूकम्पपछि उद्धार तथा राहत कार्य जारी छ । ...

कान्तिपुर
बेँसीसहर-चामे सडक ६ दिनमा सञ्चालन
ताजा खबरJust now

बेँसीसहर-चामे सडक ६ दिनमा सञ्चालन

मनाङ। अविरल वर्षाका कारण अवरुद्ध बेँसीसहर: चामे सडकखण्ड पुनः सञ्चालनमा आएको छ। मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीको सहयोगमा छ दिनभित्रै सो सडक मर्मत गरी यातायात सेवा सुचारु गरिएको हो। गत असोजमा चार दिनसम्म परेको भारी वर्षाले सडकका विभिन्न स्थानमा पहिरो खस्नुका साथै बाढीले सडक कटान गरेको थियो। बुटवल पावर कम्पनीका संयोजक प्रतीकमानसिंह प्रधानले कम्पनीले आवश्यक उपकरण, जनशक्ति, इन्धन तथा अन्य सामग्री परिचालन ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play