Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

मानिसको मन बिग्रिँदा बनाउनेभन्दा आगो लगाउने प्रवृत्ति बढ्याे : केपी ओली

Share:WhatsAppFacebookX (Twitter)Telegram
मानिसको मन बिग्रिँदा बनाउनेभन्दा आगो लगाउने प्रवृत्ति बढ्याे : केपी ओली
Photo / Coverage: जनताटाइम्स

भक्तपुर, कात्तिक २३ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाज संविधान र कानुनले भन्दाबढी नैतिकता, इमान, संस्कार, संस्कृति तथा सामाजिक मूल्य मान्यताले चल्ने बताउनुभएको छ ।

सोमबार भक्तपुरमा आयोजित नेपाल संवत्, शुभदीपावली, भाइटिका, म्हःपूजा तथा छठलगायतका पर्वहरूको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले समाजलाई सभ्य, व्यवस्थित र बस्नलायक बनाउन नैतिकता तथा सांस्कृतिक मूल्य मान्यताको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले समाज सञ्चालनमा संविधान, कानुन र दण्ड सजायभन्दा पनि नैतिकता तथा इमानदारीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै भन्नुभयो, “समाज संविधानले भन्दा बढी, कानुनले भन्दा बढी, जेलनेलले भन्दा बढी नैतिकताले चल्छ, इमानले चल्छ, समाजका प्रबन्धले चल्छ, सामाजिक मूल्य मान्यताबाट चल्छ ।”

अध्यक्ष ओलीले पछिल्लो समय नेपाली संस्कृति र परम्परामाथि प्रहार भइरहेको टिप्पणी गर्दै त्यसप्रति समाज सचेत हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आज हाम्रो संस्कृतिमाथि हमला भएको छ । त्यो कुरा हामीले बुझ्नुपर्छ ।”

समाज निर्माणका लागि नीति, नियम, संस्कार र संस्कृतिसँगै चाडपर्व, बाजागाजा, नृत्य तथा खानपिनजस्ता मौलिक परम्पराहरूको विकास भएको उहाँको भनाइ थियो । जन्मदेखि मृत्युसम्म नेपाली समाजका आफ्नै संस्कार र सांस्कृतिक परम्परा रहेको उल्लेख गर्दै उहाँले तिनको असाधारण महत्व रहेको बताउनुभयो ।

नेपाली मौलिक कला र संस्कृतिको चर्चा गर्दै अध्यक्ष ओलीले नेपाली बाजागाजा, ताल र नृत्यको विशिष्टता विश्वमै अनुपम रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रा जति सुन्दर बाजा र हाम्रा जति सुन्दर ताल अरूसँग छैन । बाजा, नृत्य र ताल हाम्रै धर्तीबाट सुरु भएको छ । हाम्रो नृत्यमा कला मात्रै हुँदैन, भाव पनि हुन्छ ।”

उहाँले पछिल्लो समय राजनीतिमा देखिएको विकृति र सामाजिक विचलनप्रति पनि चिन्ता व्यक्त गर्नुभयो । समाजमा निर्माण गर्नेभन्दा भत्काउने, सिर्जना गर्नेभन्दा विनाश गर्ने र सत्य बोल्नेभन्दा झुटको सहारा लिने प्रवृत्ति बढेको उहाँको टिप्पणी थियो ।

अध्यक्ष ओलीले व्यङ्ग्यात्मक रूपमा भष्मासुर प्रवृत्तिको उदाहरण दिँदै भन्नुभयो, “जसले बलियो बनाइदियो, त्यसैको टाउकोमा हात राखिदिने भष्मासुर प्रवृत्ति अहिले देखिएको छ ।”

राजनीतिमा देखिएको अस्थिरता र विकृतिको कारण मानिसको सोच तथा मनोवृत्तिमा आएको परिवर्तन भएको उहाँको भनाइ थियो । उहाँले संसद् भवन निर्माण गर्नेभन्दा आगो लगाउने, विकास भएका संरचना भत्काउने, झुट बोल्ने तथा अरूको सम्पत्ति लुट्ने प्रवृत्तिले नेपाली समाजको अन्तर्राष्ट्रिय छविमा समेत असर परेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “आज राजनीति अलि बिग्रिएको छ, खलबलिएको छ । किनभने मानिसको मन बिग्रिएको छ । संसद् भवन बनाउनेभन्दा आगो लगाउने प्रवृत्ति बढेको छ । विकास भएकोलाई भत्काउने, मान्छेलाई झुटो बोल्न सिकाइयो, आगो लगाउन सिकाइयो, अर्काको सम्पत्ति लुट्ने, नेपाली जाति विश्वमा कति बदनाम भयो हेर्नुस् त ।”

आफ्नो कार्यकालमा निर्माण गरिएको पाँच हजारभन्दा बढी मानिस अट्ने अन्तर्राष्ट्रियस्तरको सभाहल जलाइएको उल्लेख गर्दै उहाँले अहिले ठूलो संख्यामा मानिस भेला गर्नुपर्दा सभाहलको अभाव हुने गरेको बताउनुभयो ।

त्यस्तै, देशभरि रंगशाला निर्माण गरिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “काठमाडौँमा एउटा दशरथ रंगशाला थियो । हामीले देशभरि रंगशाला बनायौँ ।”

नेपाली समाजको पहिचान निर्माण र श्रम संस्कृतिको संरक्षणमा जोड दिँदै अध्यक्ष ओलीले नेपाली जाति निर्माण र मेहनत गर्ने जाति भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली जाति पतनतिर जानु हुँदैन । नेपाली जाति चोर होइन, गरिखाने जाति हो । नेपाली जाति विध्वंसकारी होइन, निर्माण गर्ने जाति हो ।”

नेपालको प्राचीन सभ्यता र सांस्कृतिक सम्पदाको चर्चा गर्दै उहाँले भक्तपुरस्थित चाँगुनारायण मन्दिर र वसन्तपुर दरबारजस्ता ऐतिहासिक सम्पदाको महत्व पनि स्मरण गर्नुभयो । विश्वमा आधुनिक संरचनाहरू निर्माण हुनुभन्दा धेरैअघि नै नेपालमा ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरू निर्माण भएको उल्लेख गर्दै उहाँले यस्ता सम्पदा अवलोकन गर्न विश्वभरबाट मानिसहरू आउने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “चाँगुनारायण वा वसन्तपुर दरबार हेर्न मानिसहरू त्यसै आएका होइनन् । प्राचीन संस्कार र संस्कृति हेर्न आएका हुन् ।”

अध्यक्ष ओलीले नेपाली संस्कृति र परम्पराको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै समाजको रक्षा समाज आफैँले गर्नुपर्ने बताउनुभयो । मानिसमा उच्चतम निष्ठा, नैतिकता र सकारात्मक सोच विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले नेपालको शान्तिको संस्कृतिलाई जोगाउनुपर्ने धारणा राख्नुभयो ।

“मान्छेमा उच्चतम निष्ठा हुनुपर्छ, हाम्रो शान्तिको संस्कृतिलाई जोगाउनुपर्ने छ,” उहाँले भन्नुभयो, “मान्छेलाई मान्छे बनाउन सकियो भने बल्ल समाज बन्छ, बस्नलायकको समाज बन्छ ।”

समाजमा आपसी घृणा र द्वेषको भावना त्यागेर मानवीयता, सद्भाव र सकारात्मक सोच विकास गर्नुपर्ने उहाँको आग्रह थियो । मानिसमा राक्षसी प्रवृत्तिको सट्टा मानवीय भावना जागृत गराउनुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले नेपाली संस्कृतिले दिएका शिक्षा र मूल्य मान्यतालाई व्यवहारमा लागू गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले सबैको मनोवृत्ति सकारात्मक बनोस् र नेपाललाई सामाजिक रूपमा समेत सुन्दर, सभ्य तथा विकसित राष्ट्र बनाउन सकियोस् भन्ने कामना गर्दै उपस्थित सबैलाई विभिन्न चाडपर्वको शुभकामना व्यक्त गर्नुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बिचौलियाको बयानकै भरमा कांग्रेसलाई बदनाम गर्न खोजियो : विश्वप्रकाश शर्मा
PoliticsJust now

बिचौलियाको बयानकै भरमा कांग्रेसलाई बदनाम गर्न खोजियो : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयानका आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्न खोजिएको बताएका छन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा पूर्वसभापति शेरबहादुर देउवाको टिप्पणीलाई लक्षित गर्दै शर्माले सामाजिक सञ्जालमा आएका अपुष्ट कुराका आधारमा धारणा बनाउन नहुने बताए । उनले भने, ‘एउटा बिचौलियाले कहीँ भन्यो अरे। त्यसैका आधारमा यति खायो रे, उति बुझायो रे, यति करोड बुझायो ...

फरकधार
अस्तित्वमै नभएका स्कूल र फर्जी विद्यार्थीका नाममा दशकअघि देखि नै हुन्थ्यो घोटाला
PoliticsJust now

अस्तित्वमै नभएका स्कूल र फर्जी विद्यार्थीका नाममा दशकअघि देखि नै हुन्थ्यो घोटाला

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले केही दिनअघि सामाजिक सञ्जालमार्फत सामुदायिक विद्यालयका विद्यार्थीको विवरणमा गम्भीर अनियमितता देखिएको विषय सार्वजनिक गरेपछि शिक्षा क्षेत्रमा पुरानो घोटालाको चर्चा फेरि सुरु भएको छ । विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइइएमआईएस) मा दुई लाखभन्दा बढी विद्यार्थीको विवरण दोहोरिएको प्रारम्भिक अध्ययनमा देखिएपछि मन्त्रालयले छानबिन अघि बढाएको हो । मन्त्री पोखरेलले दोहोरो विद्यार्थी विवरणका आधारमा सरकारी रकम दुरुपयोग ...

फरकधार
कालीमाटीमा तरकारीदेखि फलफूलसम्मको भाउ, के सस्तो के महँगो ?
PoliticsJust now

कालीमाटीमा तरकारीदेखि फलफूलसम्मको भाउ, के सस्तो के महँगो ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ३५ रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३० ...

फरकधार
शीतल निवासमा राष्ट्रपति पौडेलले गरे गाईको पूजा
PoliticsJust now

शीतल निवासमा राष्ट्रपति पौडेलले गरे गाईको पूजा

राष्ट्रपति रामचन्द्र पौडेलले गाईतिहारका अवसरमा गाईको पूजा गरेका छन् ।  राष्ट्रपति भवन शीतल निवासमा कात्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन आज बिहान उनले देवी लक्ष्मीको प्रतीकका रूपमा गाईको विधिपूर्वक पूजा गर्नुभएको हो । सो अवसरमा उनले गाईलाई खानेकुरा पनि खुवाए । तिहारमा समृद्धि र सौभाग्यको प्रतीकका रूपमा गाईको पूजा गरी सम्मान व्यक्त गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहेको छ । ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play