Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/माओत्सेतुङबारे आपत्तिजनक अभिब्यक्तिप्रति एम्बाप्पेले मागे माफी

माओत्सेतुङबारे आपत्तिजनक अभिब्यक्तिप्रति एम्बाप्पेले मागे माफी

Share:WhatsAppFacebookX (Twitter)Telegram
माओत्सेतुङबारे आपत्तिजनक अभिब्यक्तिप्रति एम्बाप्पेले मागे माफी

काठमाडौं, कात्तिक ११ । फ्रान्सका फुटबल कप्तान तथा रियल मड्रिडका फरवार्ड किलियन एम्बाप्पेले चिनियाँ नेता माओत्सेतुङलाई ‘तानाशाह’ भनेको विषयमा चीनसँग माफी माग्नुभएको छ । एम्बाप्पेको अभिव्यक्तिपछि चीनमा तीव्र आलोचना हुनुका साथै प्रतिबन्ध नै लागेपछि आफ्नो भनाई गलत रहेको भन्दै माफी माग्नुभएको हो । सो अभिब्यक्तिलगत्तै एम्बाप्पेसँग चिनियाँ व्यावसायिक साझेदारी गरेका विभिन्न कम्पनीहरूले सम्बन्ध तोडेका थिए । मंगलबार एम्बाप्पेले वक्तव्य जारी गर्दै आफ्नो टिप्पणीले चीन र विश्वभर रहेका चिनियाँ समुदायका मानिसलाई चोट पुर्याएको आफूले बुझेको बताउनु भएको छ । ‘हालैको एउटा अन्तर्वार्तामा मैले आफ्नो तस्बिरमाथि प्रतिक्रिया दिएको थिएँ । मेरो टिप्पणी विवेकपूर्ण थिएन । त्यसले चीन र विश्वभरका चिनियाँ समुदायका धेरै मानिसलाई चोट पुर्याएको अहिले मैले बुझेको छु,’ एम्बाप्पेले भन्नुभएको छ । उहाँले थप्नुभएको छ, ‘मेरो भनाइबाट दुःखी भएका सबैसँग माफी माग्छु । मेरो उद्देश्य यस्तो थिएन ।’फ्रान्सेली पोडकास्टका लागि गरिएको एउटा भिडियो अन्तर्वार्तामा एम्बाप्पेलाई आफूलाई सबैभन्दा बढी हँसाएको इन्टरनेट मिमबारे सोधिएको थियो । त्यस क्रममा उहाँले आफ्नो अनुहार चीनका पूर्वनेता माओको तस्बिरमा जोडिएको मिमको चर्चा गर्नुभएको थियो । ‘एउटा मान्छे थियो, मलाई लाग्छ ऊ चिनियाँ तानाशाह हो,’ उम्बाप्पेले मिममा देखिएको व्यक्तिबारे भन्नुभएको थियो । सो तस्बिरमा माओको अनुहारमा एम्बाप्पेको अनुहार जोडिएको थियो । माओले सन् १९४९ देखि १९७६ मा आफ्नो मृत्युसम्म चीनमा शासन गर्नुभएको थियो । चीनमा माओको नाम अति आदरका साथ लिइन्छ । एम्बाप्पेको उक्त टिप्पणी सार्वजनिक भएपछि चीनमा राष्ट्रवादी प्रयोगकर्ताहरूले आलोचना गरेका थिए । माओलाई आधुनिक चीनका संस्थापक नेताका रूपमा सम्मान गरिने भएकाले उहाँलाई लक्षित व्यंग्यलाई चीनमा संवेदनशील विषयको रुपमा अगाडि बढाएको थियो । विवादपछि चीनका सरकारी टेलिभिजनले एम्बाप्पे सहभागी खेल र स्पेनिस ला लिगाका कार्यक्रम प्रसारण गर्न रोकेको थियो भने एम्बाप्पे देखिएका विज्ञापन पनि हटाइएको थियो । एम्बाप्पेको सो भनाईपछि डेरी उत्पादक कम्पनी मेङनिउ, सांघाई मिल्कग्राउन्ड फुड टेक र पेय पदार्थ उत्पादक इस्ट्रोक बेभरेजले एम्बाप्पेसँगको सबै सहकार्य तत्काल अन्त्य गर्ने घोषणा गरेका छन्। उनीहरूले चिनियाँ जनताको भावनामा चोट पुर्याउने अभिव्यक्ति वा गतिविधिको विरोध गर्ने बताएका छन्। एम्बाप्पेले माफी मागेको बिषयमा स्विस खेल पोसाक उत्पादक कम्पनी अन होल्डिङले स्वागत गरेको छ । कम्पनीले चीनप्रति गहिरो सम्मान रहेको बताएको छ । एम्बाप्पेले गत सेप्टेम्बरमा नाइकी छाडेर अन होल्डिङसँग साझेदारी गर्नुभएको थियो उहाँ होटल सञ्जाल अक्योर र खेलौना उत्पादक लेगोका ब्रान्डसँग पनि जोडिनुभएको छ । चिनियाँ सामाजिक सञ्जाल वेइबोमा भने एम्बाप्पेको माफीप्रति असन्तुष्टि कायमै छ । केही प्रयोगकर्ताले एम्बाप्पेलाई चीनमा प्रतिबन्ध लगाउन र व्यावसायिक मूल्य शून्यमा झार्न माग गरेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

ताप्लेजुङमा नेकपाको जागरण अभियान सुरु
राजनीतिJust now

ताप्लेजुङमा नेकपाको जागरण अभियान सुरु

चन्द्र पन्दाकताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को जागरण अभियान सुरु भएको छ । नेकपाले बुधबारदेखि ताप्लेजुङमा दुई महिने राष्ट्रिय जागरण अभियान... ...

गोरखापत्र
गैरदलीय स्थानीय निर्वाचनको माग गर्दै कुलमान पुगे आयोगमा
राजनीतिJust now

गैरदलीय स्थानीय निर्वाचनको माग गर्दै कुलमान पुगे आयोगमा

काठमाण्डु- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा गराउन र विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न माग गरेका छन्। घिसिङको नेतृत्वमा गएको पार्टीको टोलीले बुधबार निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउँदै गैरदलीय स्थानीय निर्वाचन र प्रवासमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न माग गरेको हो। ज्ञापन पत्रमार्फत् उज्यालो नेपाल पार्टीले आगामी स्थानीय […] ...

काठमाण्डुपाटी
मोरङको केरौन सबस्टेसन चार्ज गर्दा पाँच जिल्लामा विद्युत् अवरुद्ध हुने
राजनीतिJust now

मोरङको केरौन सबस्टेसन चार्ज गर्दा पाँच जिल्लामा विद्युत् अवरुद्ध हुने

मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ ।  सबस्टेसनलाई कात्तिक १४ गते शनिवार र १५ गते आइतबार चार्ज गर्ने गरी काम अगाडि बढाइएको छ ।  उक्त दिनहरुमा पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत दुवही–दमक खण्डमा पर्ने केरौन सबस्टेसनमा लाइनलाई भित्र छिराउने (लुप ...

फरकधार
पोखराविरुद्ध सुदूरपश्चिमले टस जितेर रोज्यो फिल्डिङ
राजनीतिJust now

पोखराविरुद्ध सुदूरपश्चिमले टस जितेर रोज्यो फिल्डिङ

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जित्दै पोखरालाई पहिले ब्याटिङको निम्तो दिएका हुन् । सुदूरपश्चिम आफ्नो पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो । त्यसैले टोली आजको खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ । यता, पोखरा एभेन्जर्सका ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play