हिंसाका कारण महिलाको स्वास्थ्य, आत्मविश्वास र कार्यक्षमतामा पर्ने असरले परिवारको आयआर्जनदेखि समग्र उत्पादन र आर्थिक गतिविधिसम्म प्रभावित हुन्छ। महिलालाई सुरक्षित, सम्मानित र आत्मनिर्भर बनाउँदा श्रमशक्तिमा उनीहरूको सहभागिता बढ्छ, उद्यमशीलता विस्तार हुन्छ र परिवारको जीवनस्तर सुधारिन्छ। ___लक्ष्मी ज्ञवाली____ हरेक वर्ष नोभेम्बर २५ लाई महिलामाथि हुने हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइन्छ। नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानव अधिकार दिवससम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ। यस वर्ष ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने नाराका साथ अभियान सञ्चालन भइरहेको छ। महिलामाथि हुने हिंसा अन्त्य गर्ने विषयमा राज्य, समाज र विभिन्न संघसंस्थाको भूमिकाबारे चर्चा भइरहँदा परिवार र विशेषगरी छोरीहरूका अभिभावकको जिम्मेवारीलाई पनि उत्तिकै महत्त्वका साथ हेर्न आवश्यक छ। छोरीलाई सुरक्षित राख्नु अभिभावकको स्वाभाविक चिन्ता हो। तर सुरक्षा भनेको उनीहरूको स्वतन्त्रता सीमित गर्नु, घरबाहिर जान रोक्नु वा अनेक बन्देज लगाउनु मात्र होइन। उनीहरूलाई आफ्नो अधिकार बुझ्ने, अन्यायविरुद्ध बोल्ने, आत्मनिर्भर बन्ने र आफ्नो जीवनका निर्णय आफैँ लिन सक्ने बनाउनु पनि अभिभावकीय जिम्मेवारी हो। हाम्रो समाजमा छोरीको सुरक्षालाई लिएर अभिभावकहरू चिन्तित हुने गरेका छन्। घरबाट बाहिर निस्कँदा, विद्यालय वा कलेज जाँदा, काममा जाँदा र सामाजिक सञ्जाल प्रयोग गर्दा छोरीले असुरक्षित व्यवहार सामना गर्नुपर्ने अवस्था अझै छ। घरबाट बाहिर निस्कँदा, विद्यालय वा कलेज जाँदा, काममा जाँदा र सामाजिक सञ्जाल प्रयोग गर्दा छोरीले असुरक्षित व्यवहार सामना गर्नुपर्ने अवस्था अझै छ। घरभित्रै हुने हिंसा, यौन दुर्व्यवहार, बालविवाह, जबर्जस्ती विवाह, सामाजिक विभेद तथा डिजिटल माध्यमबाट हुने हिंसाले बालिका र महिलाको जीवनमा गम्भीर असर पारिरहेका छन्। घरभित्रै हुने हिंसा, यौन दुर्व्यवहार, बालविवाह, जबर्जस्ती विवाह, सामाजिक विभेद तथा डिजिटल माध्यमबाट हुने हिंसाले बालिका र महिलाको जीवनमा गम्भीर असर पारिरहेका छन्। कतिपय अवस्थामा पीडितले परिवारको डर, सामाजिक प्रतिष्ठा, आर्थिक परनिर्भरता वा दोषारोपण हुने आशंकाले आफूले भोगेको हिंसाबारे बोल्न सक्दैनन्। यस्तो अवस्थामा अभिभावकको पहिलो दायित्व छोरीका लागि विश्वासिलो वातावरण निर्माण गर्नु हो। छोरीले आफूलाई परेको समस्या, दुर्व्यवहार वा असहज अनुभव परिवारसँग निर्धक्क भएर भन्न सक्ने वातावरण हुनुपर्छ। उनीहरूको कुरा सुन्ने, विश्वास गर्ने र आवश्यक सहयोग गर्ने संस्कार परिवारमा विकास गर्नुपर्छ। हिंसामा परेकी छोरीलाई नै प्रश्न गर्ने, उनको पहिरन, व्यवहार वा बाहिर निस्किएको समयलाई दोष दिने प्रवृत्तिले पीडितलाई थप पीडा दिन्छ। यस्तो व्यवहारले उनीहरूलाई आफ्नो समस्या लुकाउन बाध्य बनाउँछ। त्यसैले छोरीले भोगेको हिंसामा उनलाई दोषी ठहर गर्ने होइन, साथ र सुरक्षा दिने अभिभावकीय संस्कार आवश्यक छ। छोरीको सुरक्षाको जिम्मेवारी उनीहरूलाई मात्र सतर्क रहन सिकाएर पूरा हुँदैन। समाज र परिवारले पनि आफ्नो सोच र व्यवहार बदल्नुपर्छ। छोरीलाई राति बाहिर ननिस्कन, कसैसँग नबोल्न वा आफ्नो इच्छा र रुचि दबाउन सिकाउनुको सट्टा अरूले उनीहरूको अधिकार र सीमाको सम्मान गर्नुपर्छ भन्ने शिक्षा छोराछोरी दुवैलाई दिनुपर्छ। छोरीलाई सुरक्षित रहन सिकाउनु जति आवश्यक छ, छोरालाई पनि महिलाको सम्मान गर्न, सहमति बुझ्न र कुनै पनि प्रकारको दुर्व्यवहार नगर्न सिकाउनु उत्तिकै आवश्यक छ। छोरालाई परिवारको उत्तराधिकारी र छोरीलाई अर्काको घर जाने सदस्यका रूपमा हेर्ने पुरानो मान्यता पूर्ण रूपमा हट्न सकेको छैन। छोरीलाई सुरक्षित रहन सिकाउनु जति आवश्यक छ, छोरालाई पनि महिलाको सम्मान गर्न, सहमति बुझ्न र कुनै पनि प्रकारको दुर्व्यवहार नगर्न सिकाउनु उत्तिकै आवश्यक छ। हाम्रो सामाजिक सोचमा अझै पनि छोरी र छोराबीच विभेद अझै पनि देखिन्छ । छोरालाई परिवारको उत्तराधिकारी र छोरीलाई अर्काको घर जाने सदस्यका रूपमा हेर्ने पुरानो मान्यता पूर्ण रूपमा हट्न सकेको छैन। कतिपय परिवारमा छोराको शिक्षादीक्षा र भविष्य निर्माणमा बढी लगानी गरिन्छ भने छोरीको पढाइ, रोजगारी र स्वतन्त्रतामा अनेक सीमा तोकिन्छन्। छोरीलाई घरायसी काम र पारिवारिक जिम्मेवारीमा बढी संलग्न गराइन्छ। यस्तो विभेदले उनीहरूको आत्मविश्वास, क्षमता विकास र अवसरमा असर पार्छ। छोरीलाई समान अधिकार र अवसर दिनु अभिभावकको दया वा उदारता होइन, उनीहरूको नैसर्गिक अधिकारको सम्मान हो। छोरीलाई शिक्षित र आत्मनिर्भर बनाउनु हिंसाविरुद्धको महत्त्वपूर्ण आधार पनि हो। गुणस्तरीय शिक्षा, सीप विकास, रोजगारी र आर्थिक आत्मनिर्भरताले उनीहरूलाई आफ्नो जीवनबारे निर्णय लिन सक्षम बनाउँछ। आर्थिक रूपमा अरूमाथि निर्भर रहनुपर्ने अवस्थाले कतिपय महिलालाई हिंसा र अन्याय सहेर बस्न बाध्य बनाएको हुन्छ। त्यसैले छोरीको भविष्यका लागि शिक्षा र सम्पत्तिमा समान अधिकार, सीप तथा रोजगारीका अवसर र निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित गर्न परिवारले ध्यान दिनुपर्छ। छोरीलाई शिक्षित र आत्मनिर्भर बनाउनु हिंसाविरुद्धको महत्त्वपूर्ण आधार पनि हो। गुणस्तरीय शिक्षा, सीप विकास, रोजगारी र आर्थिक आत्मनिर्भरताले उनीहरूलाई आफ्नो जीवनबारे निर्णय लिन सक्षम बनाउँछ। अभिभावकले छोरीको इच्छालाई सुन्ने र उनीहरूको क्षमतामा विश्वास गर्ने संस्कार पनि विकास गर्नुपर्छ। छोरीले के पढ्ने, कस्तो पेसा रोज्ने, कहाँ काम गर्ने वा आफ्नो जीवन कसरी अघि बढाउने भन्ने विषयमा उनीहरूको विचारलाई महत्त्व दिनुपर्छ। अभिभावकको अनुभव र सुझाव आवश्यक भए पनि छोरीको इच्छालाई बेवास्ता गरेर निर्णय थोपर्नु उचित हुँदैन। विवाह, शिक्षा, रोजगारी र व्यक्तिगत जीवनका निर्णयमा उनीहरूको सहमति र स्वतन्त्रता सम्मान गरिनुपर्छ। बालविवाह र जबर्जस्ती विवाह रोक्न परिवार स्वयं सचेत र जिम्मेवार हुनुपर्छ। आज डिजिटल माध्यमबाट हुने हिंसा पनि गम्भीर चुनौतीका रूपमा देखिएको छ। सामाजिक सञ्जालमा अश्लील टिप्पणी, धम्की, चरित्रहत्या, निजी तस्बिरको दुरुपयोग र साइबर दुर्व्यवहारले बालिका तथा महिलालाई मानसिक तनाव र असुरक्षामा पारिरहेको छ। अभिभावकले प्रविधिको प्रयोगमा आवश्यक सचेतना दिनुपर्छ। तर मोबाइल वा सामाजिक सञ्जाल प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउनु समाधान होइन। सुरक्षित प्रयोग, गोपनीयताको महत्त्व, अनलाइन दुर्व्यवहार पहिचान गर्ने तरिका र समस्या परेमा कहाँ सहयोग माग्ने भन्ने विषयमा छोरीहरूलाई जानकारी दिनुपर्छ। उनीहरूको डिजिटल जीवनमाथि निगरानी र नियन्त्रण गर्नेभन्दा विश्वास र संवादको सम्बन्ध बलियो बनाउनुपर्छ। महिला हिंसा अन्त्य गर्ने जिम्मेवारी अभिभावकको मात्र पनि होइन। विद्यालय, समुदाय, सञ्चारमाध्यम, सामाजिक संघसंस्था र राज्यका निकाय सबैको साझा दायित्व हो। विद्यालयले बालबालिकालाई लैङ्गिक समानता, आपसी सम्मान र व्यक्तिगत सुरक्षाबारे शिक्षा दिनुपर्छ। समुदायले हिंसालाई पारिवारिक वा निजी मामिला भनेर बेवास्ता गर्ने प्रवृत्ति त्याग्नुपर्छ। सञ्चारमाध्यमले पीडितको पहिचान र गोपनीयताको सम्मान गर्दै हिंसाविरुद्ध जनचेतना फैलाउनुपर्छ। आज डिजिटल माध्यमबाट हुने हिंसा पनि गम्भीर चुनौतीका रूपमा देखिएको छ। तर मोबाइल वा सामाजिक सञ्जाल प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउनु समाधान होइन। सुरक्षित प्रयोग, गोपनीयताको महत्त्व, अनलाइन दुर्व्यवहार पहिचान गर्ने तरिका र समस्या परेमा कहाँ सहयोग माग्ने भन्ने विषयमा छोरीहरूलाई जानकारी दिनुपर्छ। राज्यले पनि महिला तथा बालिकाविरुद्ध हुने हिंसासम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ। पीडितले सहज रूपमा न्याय पाउने, सुरक्षा, मनोसामाजिक परामर्श, कानुनी सहायता र पुनःस्थापनाको सेवा प्राप्त गर्ने व्यवस्था हुनुपर्छ। स्थानीय तहले समुदायस्तरमा सचेतना, सुरक्षित आश्रय र सहयोगका संयन्त्रलाई प्रभावकारी बनाउनुपर्छ। प्रदेश र संघीय सरकारले आवश्यक नीति, कानुन, बजेट, जनशक्ति र अनुगमनको व्यवस्था गर्नुपर्छ। हिंसा गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने दायित्वबाट राज्य पछि हट्न मिल्दैन। महिला हिंसाविरुद्धको १६ दिने अभियानले हामीलाई आफ्नो सोच, व्यवहार र जिम्मेवारीमाथि पुनर्विचार गर्ने अवसर दिएको छ। यो अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने कार्यक्रम मात्र होइन, वर्षभरि निरन्तर व्यवहारमा उतार्नुपर्ने प्रतिबद्धता हो। छोरीलाई सुरक्षित राख्ने नाममा उनीहरूको स्वतन्त्रता कुण्ठित गर्ने होइन, उनीहरू निर्धक्कसँग बाँच्न सक्ने समाज निर्माण गर्ने लक्ष्य राख्नुपर्छ। छोरीहरूलाई माया गर्नु भनेको उनीहरूलाई नियन्त्रण गर्नु होइन, उनीहरूको क्षमता र निर्णयको सम्मान गर्नु हो। उनीहरूलाई सुरक्षा दिनु भनेको घरभित्र सीमित राख्नु होइन, सार्वजनिक तथा निजी जीवनका सबै क्षेत्रमा सुरक्षित र सम्मानित वातावरण निर्माण गर्नु हो। अभिभावकले छोरीलाई डराएर होइन, आत्मविश्वासका साथ बाँच्न सिकाउनुपर्छ। आफ्ना अधिकार चिन्न, अन्यायविरुद्ध आवाज उठाउन र आवश्यक पर्दा सहयोग माग्न सक्ने बनाउनुपर्छ। महिला हिंसाविरुद्धको १६ दिने अभियानले हामीलाई आफ्नो सोच, व्यवहार र जिम्मेवारीमाथि पुनर्विचार गर्ने अवसर दिएको छ। यो अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने कार्यक्रम मात्र होइन, वर्षभरि निरन्तर व्यवहारमा उतार्नुपर्ने प्रतिबद्धता हो। छोरीलाई सुरक्षित राख्ने नाममा उनीहरूको स्वतन्त्रता कुण्ठित गर्ने होइन, उनीहरू निर्धक्कसँग बाँच्न सक्ने समाज निर्माण गर्ने लक्ष्य राख्नुपर्छ। हरेक छोरीले आफूलाई परिवारको बोझ होइन, समान अधिकार र सम्भावना भएको सदस्यका रूपमा अनुभूति गर्न पाउनुपर्छ। उनीहरूले आफ्ना सपना पूरा गर्न, आफ्नो निर्णय आफैँ लिन र समाजमा सम्मानपूर्वक अघि बढ्न पाउनुपर्छ। छोरीलाई सुरक्षित, सक्षम र आत्मनिर्भर बनाउने जिम्मेवारी परिवारबाट सुरु हुन्छ, तर त्यसलाई पूरा गर्ने दायित्व राज्य र समाज सबैको हो। महिला हिंसामुक्त समाज निर्माणका लागि छोरीलाई बचाउने मात्र होइन, उनीहरूको अधिकार, स्वतन्त्रता र आत्मसम्मान सुनिश्चित गर्ने संस्कार विकास गरौँ। महिलाको सम्मान र हिंसामुक्त वातावरण सामाजिक न्यायका विषय मात्र होइनन्, देशको आर्थिक विकासका आधार पनि हुन्। महिलाले शिक्षा, रोजगारी, उद्यमशीलता र उत्पादनका क्षेत्रमा समान अवसर पाए भने उनीहरूको क्षमता र सीप राष्ट्रिय अर्थतन्त्रमा उपयोग हुन्छ। तर हिंसा, विभेद, असुरक्षा र अवसरको अभावले महिलाको प्रतिभा तथा श्रम खेर गइरहेको छ। हिंसाका कारण महिलाको स्वास्थ्य, आत्मविश्वास र कार्यक्षमतामा पर्ने असरले परिवारको आयआर्जनदेखि समग्र उत्पादन र आर्थिक गतिविधिसम्म प्रभावित हुन्छ। महिलालाई सुरक्षित, सम्मानित र आत्मनिर्भर बनाउँदा श्रमशक्तिमा उनीहरूको सहभागिता बढ्छ, उद्यमशीलता विस्तार हुन्छ र परिवारको जीवनस्तर सुधारिन्छ। त्यसैले महिलाको सम्मान, समान अवसर र हिंसाको अन्त्यलाई सामाजिक अभियानमा मात्र सीमित नराखी देशको समावेशी तथा दिगो आर्थिक विकासको अनिवार्य सर्तका रूपमा लिनुपर्छ ।
महिला हिंसा अन्त्य गर्न छोरीका अभिभावकको दायित्व

Read Complete Original Article
Published originally on टक्सार






