Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

कोलम्बियामा सुपरमार्केटभित्र ३० जना बन्धक, उद्धारका लागि राष्ट्रपति नै घटनास्थलमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोलम्बियामा सुपरमार्केटभित्र ३० जना बन्धक, उद्धारका लागि राष्ट्रपति नै घटनास्थलमा
Photo / Coverage: केन्द्रबिन्दु

कोलम्बिया । कोलम्बियाको क्यारेबियन पर्यटकीय सहर कार्टाजेनास्थित एक सुपरमार्केटमा बन्दुकधारीले सर्वसाधारणलाई बन्धक बनाएपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ। घटनाको जानकारी पाएपछि राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएला मंगलबार घटनास्थल पुगेका छन्। सुरक्षा निकाय र बन्दुकधारीबीच घण्टौँदेखि जारी गतिरोधका क्रममा सुपरमार्केटभित्र करिब २० जनालाई बन्धक बनाइएको थियो। घटनास्थलमा प्रहरी र एएफपीका पत्रकारहरूले राष्ट्रपतिको सवारीसाधनको टोली पुगेको पुष्टि गरेका छन्। अधिकारीहरूका अनुसार बन्दुकधारीहरूले सुरुमा एउटा सशस्त्र सुरक्षा गाडी लुट्ने प्रयास गरेका थिए। प्रहरी नजिकिएपछि उनीहरू भागेर सुपरमार्केटभित्र प्रवेश गरेका थिए र त्यहाँ रहेका करिब ३० जनालाई बन्धक बनाएका थिए। मंगलबार साँझसम्म १० जना बन्धकलाई मुक्त गरिएको प्रहरीले एएफपीलाई जनाएको छ। मुक्त हुनेमा पाँच जना ज्येष्ठ नागरिक महिला रहेका छन्। बन्धकहरूलाई मुक्त गर्न घटनास्थलमा ठूलो संख्यामा प्रहरी, नौसेना र विशेष सुरक्षा बल परिचालन गरिएको छ। राष्ट्रपति डे ला एस्प्रिएलाले घटनास्थल पुगेर उद्धार तथा सुरक्षा कारबाहीको नेतृत्व गर्ने बताइएको छ। हालै निर्वाचित दक्षिणपन्थी नेता डे ला एस्प्रिएलाले घटनामा सशस्त्र विद्रोही वा अर्धसैनिक समूहको संलग्नता नरहेको बताएका छन्। कार्टाजेना क्यारेबियन तटमा अवस्थित ऐतिहासिक बन्दरगाह सहर हो। औपनिवेशिक शैलीका पुराना भवन, समुद्री तट र पर्यटकीय गतिविधिका कारण यो सहर चर्चित छ। त्यही सहरको सुपरमार्केटमा भएको बन्धक घटनाले सुरक्षा चुनौती थपिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बालश्रम न्यूनीकरण गर्ने उद्देश्यका साथ कानुन बनाउन खोजिएको हो :  मन्त्री यादव
Latest NewsJust now

बालश्रम न्यूनीकरण गर्ने उद्देश्यका साथ कानुन बनाउन खोजिएको हो :  मन्त्री यादव

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले बालश्रमलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सरकारले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक ल्याएको बताएका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको... ...

रातोपाटी
पोर्टो रिकोकी जेनिफर ब्यारेटोले जितिन् मिस युनिभर्स २०२६ को उपाधि
Latest NewsJust now

पोर्टो रिकोकी जेनिफर ब्यारेटोले जितिन् मिस युनिभर्स २०२६ को उपाधि

काठमाडौं – पोर्टो रिकोकी जेनिफर ब्यारेटोले मिस युनिभर्स २०२६ को उपाधि जितेकी छन् । प्रतियोगिताको ७५औँ संस्करणमा विजेता बनेसँगै उनले घरेलु भूमिमै मिस युनिभर्सको ताज पहिरिने इतिहास रचेकी छन् । प्रतियोगिता मंगलबार राति पोर्टो रिकोको राजधानी सान जुआनस्थित जोस मिगुएल अग्रेलोट कोलिजियममा आयोजना भएको थियो । मिस युनिभर्स २०२५ की विजेता मेक्सिकोकी फातिमा बोशले जेनिफरलाई आफ्नो उत्तराधिकारीका रूपमा ताज पहिराइदिएकी थिइन् । ...

विश्वखबर
रौनक महालक्ष्मी जात्राको [तस्बिरहरू]
Latest NewsJust now

रौनक महालक्ष्मी जात्राको [तस्बिरहरू]

स्थानीय नेवार समुदायको धार्मिक आस्था, मौलिक संस्कृति र परम्परासँग जोडिएको यो जात्रा प्रत्येक वर्ष विशेष उत्साह र उल्लासका साथ मनाइने गरिन्छ। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement