Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

सांघाईका पार्टी प्रमुख छानबिनमा तानिएपछि सीसीपीकाे राजनीतिक ब्युरोमा नेतृत्व सङ्कटको सङ्केत

Share:WhatsAppFacebookX (Twitter)Telegram
सांघाईका पार्टी प्रमुख छानबिनमा तानिएपछि सीसीपीकाे राजनीतिक ब्युरोमा नेतृत्व सङ्कटको सङ्केत
Photo / Coverage: पर्दाफास

चीनका राष्ट्रपति सी चिनफिङले भ्रष्टाचारविरुद्धको अभियानलाई थप तीव्र बनाएका छन्। यसैक्रममा चीनको सत्तारूढ कम्युनिस्ट पार्टीको शक्तिशाली राजनीतिक ब्युरोका सदस्य तथा सांघाईका पार्टी प्रमुख छन चियानिङमाथि भ्रष्टाचार र अनुशासन उल्लङ्घनको आरोपमा अनुसन्धान सुरु गरिएको छ। चीनको भ्रष्टाचार नियन्त्रणसम्बन्धी सर्वोच्च निकायले नोभेम्बर २०२६ मा छनमाथि अनुसन्धान सुरु गरिएको सार्वजनिक गरेको हो। उनीमाथि ‘अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको आशङ्का’ गरिएको छ। चीनमा उच्चपदस्थ अधिकारीमाथि भ्रष्टाचारसम्बन्धी अनुसन्धान सुरु हुँदा प्रयोग गरिने यो प्रचलित आधिकारिक शब्दावली हो। सन् २०२५ यता चीनको २४ सदस्यीय शक्तिशाली राजनीतिक ब्युरोका चार सदस्य अनुसन्धानको घेरामा परेका छन्। यसअघि हे वेइतोङ, चाङ युस्या र मा सिङरुईमाथि अनुसन्धान सुरु भइसकेको छ। पछिल्लो घटनाले चीनको राजनीतिक तथा सैन्य नेतृत्वको उच्च तहसम्म राष्ट्रपति सीको भ्रष्टाचारविरोधी अभियान विस्तार भएको देखाएको छ। जानकारहरू सीकाे याे अभियान उनका आफ्ना बिरोधीलाई सखाप बनाउने एउटा रणनीतिकै हिस्सा रहेकाे दाबी गर्दछन् । सन् २०२५ : हे वेइतोङको राजनीतिक तथा सैन्य पतन चीनको केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष तथा वरिष्ठ सैनिक अधिकारी हे वेइतोङ सन् २०२५ मा अनुसन्धानको घेरामा परेका पहिलो प्रमुख नेता थिए। उनी सन् २०२५ को मार्चपछि सार्वजनिक कार्यक्रममा देखिन छाडेका थिए। त्यसपछि उनीमाथि भ्रष्टाचारसम्बन्धी अनुसन्धान भइरहेको आशङ्का गरिएको थियो। यद्यपि चीन सरकारले तत्काल अनुसन्धानबारे औपचारिक जानकारी दिएको थिएन। सन् २०२५ को अक्टोबरमा चीनको रक्षा मन्त्रालयले हे वेइतोङलाई कम्युनिस्ट पार्टी र सेनाबाट निष्कासन गरिएको घोषणा गर्‍यो। उनीमाथि पार्टी अनुशासनको गम्भीर उल्लङ्घन तथा अत्यन्त ठूलो रकमसँग सम्बन्धित पदजन्य अपराध गरेको आशङ्का गरिएको थियो। हेको निष्कासन चीनको सैन्य इतिहासमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको थियो। सन् १९६६ देखि १९७६ सम्म चलेको सांस्कृतिक क्रान्तिपछि पहिलोपटक बहालवाला सैनिक पृष्ठभूमिका केन्द्रीय सैन्य आयोगका उपाध्यक्षलाई यसरी पदबाट हटाइएको थियो। अमेरिकी रक्षा मन्त्रालयका अनुसार ताइवान वरिपरि सन् २०२२ मा चीनले गरेको व्यापक सैन्य अभ्यासको योजना निर्माणमा पनि उनको महत्त्वपूर्ण भूमिका थियो। सन् २०२६ जनवरी : चाङ युस्यामाथि अनुसन्धान चीनको सैन्य नेतृत्वका अर्का शक्तिशाली अधिकारी चाङ युस्यामाथि सन् २०२६ जनवरीमा अनुसन्धान सुरु गरियो। उनी केन्द्रीय सैन्य आयोगका प्रथम उपाध्यक्ष थिए। राष्ट्रपति सी चिनफिङपछि चीनको सैन्य नेतृत्वमा सबैभन्दा प्रभावशाली व्यक्तिमध्ये एक मानिने चाङलाई सीका निकट सहयोगीसमेत मानिन्थ्यो। उनी सन् २०२६ अगस्टमा राज्य केन्द्रीय सैन्य आयोगबाट हटाइए। त्यसपछि सेप्टेम्बरमा उनलाई कम्युनिस्ट पार्टी र सेनाबाट निष्कासन गरिएको घोषणा गरियो। चिनियाँ अधिकारीहरूले चाङमाथि पार्टीप्रति अवफादार रहेको, पार्टीका सिद्धान्त त्यागेको, भ्रष्टाचार गरेको र पदको दुरुपयोग गरेको आरोप लगाएका थिए। विश्लेषकहरूका अनुसार चीनमा उच्चपदस्थ अधिकारीमाथि भ्रष्टाचारको आरोप लाग्नु असामान्य होइन। तर चाङमाथि पार्टीभित्र गुट र समूह निर्माण गरेर राजनीतिक अवफादारी देखाएको आरोपसमेत लगाइनु विशेष अर्थपूर्ण थियो। चाङ चीनका थोरै वरिष्ठ सैनिक अधिकारीमध्ये एक थिए, जससँग प्रत्यक्ष युद्ध अनुभव थियो। उनका पिता र राष्ट्रपति सी चिनफिङका पिता चिनियाँ गृहयुद्धका क्रममा एउटै पक्षबाट लडेका थिए। सन् २०२६ अप्रिल : मा सिङरुईको अनुसन्धान सैन्य नेतृत्वपछि भ्रष्टाचारविरोधी अभियान प्रशासनिक तथा प्रादेशिक नेतृत्वसम्म विस्तार भयो। सन् २०२६ अप्रिलमा सिन्च्याङका पूर्व पार्टी प्रमुख मा सिङरुईमाथि अनुसन्धान सुरु गरिएको घोषणा गरियो। अन्तरिक्ष विज्ञानका विशेषज्ञका रूपमा आफ्नो करिअर सुरु गरेका मा पछि सरकारी प्रशासनमा प्रवेश गरेका थिए। उनले चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन तथा उद्योग र सूचना प्रविधि मन्त्रालयमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका थिए। दक्षिणी चीनको आर्थिक रूपमा समृद्ध क्वाङतोङ प्रान्तमा समेत उनले राजनीतिक नेतृत्व गरेका थिए। उनले सन् २०२५ जुलाईमा सिन्च्याङको पार्टी प्रमुख पद छाडेका थिए। त्यसपछि अक्टोबरमा आयोजित कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण बैठकमा सहभागी भएपछि उनी सार्वजनिक रूपमा देखिएका थिएनन्। सन् २०२६ अप्रिलमा उनीमाथि अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको आशङ्कामा अनुसन्धान सुरु गरिएको घोषणा गरियो। जुलाईमा उनलाई कम्युनिस्ट पार्टीबाट निष्कासन गरियो। त्यसअघि नै उनलाई राष्ट्रिय जनकांग्रेसको सदस्यबाट हटाइएको थियो। भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायले मा र उनको परिवारमाथि व्यापक भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएको थियो। सरकारी अधिकारीहरूको नियुक्तिमा प्रभाव प्रयोग गरी अरूलाई अनुचित लाभ पुर्‍याएको, आफन्तका लागि अनुचित रोजगारीको व्यवस्था गरेको तथा बजार मूल्यभन्दा कम मूल्यमा आफन्तलाई सम्पत्ति खरिद गर्न सहयोग गरेको आरोप उनीमाथि लगाइएको थियो। त्यसैगरी शक्ति र पैसाको दुरुपयोग गरी यौनसम्बन्धी अनुचित लेनदेन गरेको आरोपसमेत लगाइएको थियो। सन् २०२६ नोभेम्बरमा चीनको सर्वोच्च अभियोजन निकायले उनलाई घुसखोरीसम्बन्धी अभियोगमा मुद्दा चलाएको जनाएको थियो। सन् २०२६ नोभेम्बर : सांघाईका पार्टी प्रमुख छन चियानिङ अनुसन्धानमा भ्रष्टाचारविरोधी अभियानको पछिल्लो निशानामा सांघाईका पार्टी प्रमुख छन चियानिङ परेका छन्। उनी चीनको राजनीतिक ब्युरोका सदस्यसमेत हुन्। बेलायतमा उच्च शिक्षा हासिल गरेका छन वातावरण विज्ञानका विज्ञ हुन्। उनले करिब ११ वर्षअघि चीनको वातावरण संरक्षण मन्त्रीका रूपमा सरकारी जिम्मेवारी सुरु गरेका थिए। त्यसपछि राजधानी बेइजिङको नगरप्रमुख बनेका थिए। सन् २०२२ मा उनी कम्युनिस्ट पार्टीको राजनीतिक ब्युरोमा समावेश भएका थिए। त्यसपछि चीनको सबैभन्दा महत्त्वपूर्ण आर्थिक तथा व्यापारिक केन्द्र सांघाईको पार्टी प्रमुखको जिम्मेवारी सम्हालेका थिए। उनको अनुसन्धानबारे सार्वजनिक गरिएको घोषणा अप्रत्याशित मानिएको छ। अनुसन्धानको घोषणा हुनुभन्दा केही दिनअघि मात्रै उनी सांघाईमा एक व्यावसायिक प्रतिष्ठानको भ्रमणका क्रममा सार्वजनिक रूपमा देखिएका थिए। चिनियाँ भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायले उनीमाथि अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको आशङ्का गरेको जनाएको छ। तर अनुसन्धानको घोषणासँगै उनीमाथि लागेका आरोपका विस्तृत विवरण सार्वजनिक गरिएको छैन। राजनीतिक ब्युरोमा नेतृत्व सङ्कटको सङ्केत सन् २०२२ मा गठन भएको चीनको राजनीतिक ब्युरोमा २४ सदस्य थिए। सन् २०२५ यता तीन सदस्य कारबाहीमा परेका छन् भने पछिल्लो अनुसन्धानमा सांघाईका पार्टी प्रमुख छन चियानिङसमेत तानिएका छन्। यसबीच केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष चाङ सेङमिनलाई गत महिना राजनीतिक ब्युरोमा बढुवा गरिएको छ। पछिल्लो घटनाक्रमले राजनीतिक ब्युरोको सक्रिय सदस्य सङ्ख्या २१ रहेको छ। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचारविरुद्धको अभियानलाई आफ्नो नेतृत्वको प्रमुख प्राथमिकताका रूपमा अघि बढाउँदै आएका छन्। यस अभियानअन्तर्गत सरकारी प्रशासन, प्रादेशिक नेतृत्व, रक्षा क्षेत्र र सेनाका उच्चपदस्थ अधिकारीसमेत अनुसन्धान तथा कारबाहीमा परिरहेका छन्। पछिल्ला घटनाले चीनमा भ्रष्टाचार नियन्त्रणसँगै राजनीतिक निष्ठा र पार्टी अनुशासनलाई पनि उत्तिकै महत्त्व दिइएको देखाउँछन्। विशेषगरी सेनाको सर्वोच्च नेतृत्वदेखि आर्थिक तथा प्रशासनिक केन्द्र सांघाईको पार्टी नेतृत्वसम्म अनुसन्धान विस्तार हुनुले सीको अभियानको दायरा कति व्यापक बनेको छ भन्ने स्पष्ट पार्छ। यद्यपि यी अनुसन्धानले चीनको उच्च राजनीतिक नेतृत्वमा थप कस्तो परिवर्तन ल्याउनेछन् भन्ने विषय भने आगामी दिनमा स्पष्ट हुँदै जानेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बाढीपीडित जलविद्युत आयोजनालाई उठाउन निजी क्षेत्र तयार, सरकारसँग माग्यो नीतिगत सहजीकरण
OthersJust now

बाढीपीडित जलविद्युत आयोजनालाई उठाउन निजी क्षेत्र तयार, सरकारसँग माग्यो नीतिगत सहजीकरण

भोटेकोशी बाढीपीडित प्रभावित जलविद्युत आयोजना पुनर्निर्माण गर्न निजी क्षेत्रले सरकारसँग नीतिगत सहजीकरणको माग गरेको छ । प्राकृतिक विपद्का कारण क्षति पुगेका आयोजनालाई पुनः निर्माण गरी सञ्चालनमा ल्याउन सरकारले आर्थिक सहयोग गर्नुभन्दा पनि नीतिगत तथा प्रशासनिक सहजता प्रदान गर्नुपर्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले बताएका छन् । उनकाअनुसार भोटेकोशी प्रलयबाट प्रभावित १३ वटा आयोजनामध्ये ९ वटा आयोजना निजी ...

पर्दाफास
कांग्रेसको लिडरसिप एकेडेमीकोको संयोजकमा सेमन्त दाहाल नियुक्त
OthersJust now

कांग्रेसको लिडरसिप एकेडेमीकोको संयोजकमा सेमन्त दाहाल नियुक्त

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको लिडरसिप एकेडेमीको संयोजकमा अधिवक्ता सेमन्त दाहाल नियुक्त भएका छन् । पार्टी सभापति गगन थापाले लिडरसिप एकेडेमीमा दाहाललाई जिम्मेवारी दिइएको केन्द्रीय समिति बैठकमा जानकारी गराएका हुन् । लिडरसिप एकेडेमीले आगामी स्थानीय तहमा पाटीबाट उम्मेदवार हुन इच्कुकका लागि पाठ्यक्रम बनाउने तथा प्रशिक्षण गर्ने कार्य गर्दछ । कांग्रेसबाट स्थानीय तहको उम्मेदवार हुन… ...

अनलाइन खबर
आईपीएलको अक्सनका लागि १० नेपाली खेलाडीको नाम दर्ता
OthersJust now

आईपीएलको अक्सनका लागि १० नेपाली खेलाडीको नाम दर्ता

१० मंसिर, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को अक्सनका लागि नेपालका १० खेलाडीले नाम दर्ता गराएका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बुधबार सार्वजनिक गरेको अक्सन रजिस्टरअनुसार नेपालबाट १० खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका हुन्। आगामी सिजनको अक्सनका लागि कुल १ हजार २२० खेलाडीले नाम दर्ता गराएका छन्। जसमा ९३९ भारतीय… ...

अनलाइन खबर
डिजिटल भुक्तानीमा उत्कृष्टता देखाउँदै हिमालयन बैंकले जित्यो भिसाका दुई अवार्ड
OthersJust now

डिजिटल भुक्तानीमा उत्कृष्टता देखाउँदै हिमालयन बैंकले जित्यो भिसाका दुई अवार्ड

काठमाडौं । हिमालयन बैंक लिमिटेडले भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’मा दुईवटा प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । बैंकले ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस अक्वायरिङ’ र ‘एक्सिलेन्स इन पीओएस अक्वायरिङ बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ विधामा अवार्ड जितेको हो । व्यवसाय सञ्चालन सुरु भएदेखि हालसम्मकै उच्च अक्वायरर रेकर्ड कायम गर्न सफल भएको भन्दै भिसाले बैंकलाई यी अवार्ड प्रदान गरेको हो । […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement