Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

दस अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
दस अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै
Photo / Coverage: हिमालय टाइम्स

काठमाडाैं । सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गर्दैछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बोलकबोलमार्फत ६ वर्ष अवधिको विकास ऋणपत्र-२०८९ बिक्री गर्न लागेको हो । कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार विकास ऋणपत्र-२०८९ को कुल निष्कासन रकम १० अर्ब रुपैयाँ रहेको छ । ऋणपत्रको ब्याजदर भने बोलकबोल प्रक्रियामार्फत निर्धारण गरिनेछ । ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था तथा कम्पनीले मंसिर ९ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन् । यसका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रणाली प्रयोग गर्नुपर्नेछ । कुल निष्कासन रकममध्ये ८५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धी बोलदाताका लागि र १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ अप्रतिस्पर्धी बोलदाताका लागि छुट्याइएको छ । प्रतिष्पर्धी बोलदाताले आफूले खरिद गर्न चाहेको रकम र प्रश्तावित ब्याजदर उल्लेख गर्नुपर्नेछ । अप्रतिष्पर्धी बोलदाताले भने खरिद गर्न चाहेको रकम मात्र उल्लेख गरे पुग्नेछ । उनीहरूलाई प्रतिष्पर्धी बोलकबोलबाट निर्धारण भएको एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ । ऋणपत्रको निष्कासन मिति मंसिर १० गते तोकिएको छ भने साँवा भुक्तानी २०८९ मंसिर १० गते हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ र ब्याजमा आयकर लाग्नेछ । ऋणपत्र खरिदका लागि न्यूनतम पाँच लाख रुपैयाँ तोकिएको छ । खरिद रकम पाँच लाख रुपैयाँले भाग गर्दा निःशेष भाग जाने हुनुपर्नेछ । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाबाहेकका बोलदाताले आफूले खरिद गर्न चाहेको रकमको २.५० प्रतिशत बराबरको अनेस्ट मनी जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ । उक्त विकास ऋणपत्र धितो राखेर कर्जा लिन तथा दिन सकिनेछ । साथै, यसको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा डीओएमएस मार्फत गर्न सकिने कार्यालयले जनाएको छ । ऋणपत्र बिक्रीमार्फत सरकारले आन्तरिक स्रोतबाट सार्वजनिक वित्त व्यवस्थापनका लागि आवश्यक रकम परिचालन गर्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बालश्रम न्यूनीकरण गर्ने उद्देश्यका साथ कानुन बनाउन खोजिएको हो :  मन्त्री यादव
Latest NewsJust now

बालश्रम न्यूनीकरण गर्ने उद्देश्यका साथ कानुन बनाउन खोजिएको हो :  मन्त्री यादव

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले बालश्रमलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सरकारले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक ल्याएको बताएका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको... ...

रातोपाटी
पोर्टो रिकोकी जेनिफर ब्यारेटोले जितिन् मिस युनिभर्स २०२६ को उपाधि
Latest NewsJust now

पोर्टो रिकोकी जेनिफर ब्यारेटोले जितिन् मिस युनिभर्स २०२६ को उपाधि

काठमाडौं – पोर्टो रिकोकी जेनिफर ब्यारेटोले मिस युनिभर्स २०२६ को उपाधि जितेकी छन् । प्रतियोगिताको ७५औँ संस्करणमा विजेता बनेसँगै उनले घरेलु भूमिमै मिस युनिभर्सको ताज पहिरिने इतिहास रचेकी छन् । प्रतियोगिता मंगलबार राति पोर्टो रिकोको राजधानी सान जुआनस्थित जोस मिगुएल अग्रेलोट कोलिजियममा आयोजना भएको थियो । मिस युनिभर्स २०२५ की विजेता मेक्सिकोकी फातिमा बोशले जेनिफरलाई आफ्नो उत्तराधिकारीका रूपमा ताज पहिराइदिएकी थिइन् । ...

विश्वखबर
रौनक महालक्ष्मी जात्राको [तस्बिरहरू]
Latest NewsJust now

रौनक महालक्ष्मी जात्राको [तस्बिरहरू]

स्थानीय नेवार समुदायको धार्मिक आस्था, मौलिक संस्कृति र परम्परासँग जोडिएको यो जात्रा प्रत्येक वर्ष विशेष उत्साह र उल्लासका साथ मनाइने गरिन्छ। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement