मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार अनुसन्धानमा संलग्नता देखिएपछि पुर्जी जारी गरिएका अर्याल हाल सम्पर्कविहीन छन् । यस प्रकरणमा सीआईबीले बुधबार पूर्वश्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर रायसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वसचिव विनोद केसी, तत्कालीन महाशाखा प्रमुख उमेश ढुंगाना र राजीव पोखरेल तथा कानुन अधिकृत निर्मला गुरुङ छन् । यसअघि कैलाश खड्कासहित चार जना पक्राउ परेका थिए ...
मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्यालविरुद्ध पनि पक्राउ पुर्जी

Read Complete Original Article
Published originally on फरकधार






