Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

गैरदलीय स्थानीय सरकारको माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
गैरदलीय स्थानीय सरकारको माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र
Photo / Coverage: पर्दाफास

गैरदलीय स्थानीय सरकार निर्माण अभियानले स्थानीय तहको निर्वाचन गैरदलीय र स्वतन्त्र रूपमा गराउन माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ । अभियानले बिहीबार प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष ज्ञापनपत्र बुझाउँदै आगामी स्थानीय तहको निर्वाचन दलीय आधारमा नभई गैरदलीय र स्वतन्त्र रूपमा हुनुपर्ने माग गरेको हो । ज्ञापनपत्र बुझ्दै प्रमुख निर्वाचन आयुक्त कार्कीले अभियानले संविधान, कानुन, निर्वाचन प्रणाली र अभ्यासलाई आधार बनाएर विषय उठाएको भन्दै आयोगले यसबारे अध्ययन तथा छलफल गर्ने बताए । उनले भने, ‘तपाईंहरूले संविधान, कानुन, हाम्रो व्यवस्था, अभ्यास सबै हेरेर यहाँ विषयहरू उठान गर्नुभएको छ । हामी पनि हेर्छौं, बुझ्छौं, पढ्छौं । मुख्य कुरा विषय उठान भएपछि के गर्दा उपयुक्त हुन्छ भनी अगाडि जाने कुरा हुन्छ । हामीलाई बल्ल विषयको बारेमा जानकारी भएको छ । हामी आउने दिनमा छलफल गर्नेछौं । तपाईंसँग फेरि छलफल गर्नुपरे फेरि बोलाउँछौं ।’ गैरदलीय स्थानीय सरकार निर्माण अभियानका संयोजक दिनेश सुवेदीले नेपालको संविधानले स्थानीय तहको निर्वाचन दलीय आधारमा हुनुपर्ने परिकल्पना नगरेको दाबी गरे । उनले केही ऐन तथा कानुनी व्यवस्थाका कारण स्थानीय तहको निर्वाचन दलीय आधारमा हुँदै आएको भन्दै त्यसमा संशोधन गरेर गैरदलीय निर्वाचन प्रणाली लागू गर्नुपर्ने बताए । उनले भने, ‘गैरदलीय स्थानीय सरकार नेपाली जनताको अधिकार एउटा मूल मर्म र मान्यता बोकेर हामीसँग थुप्रै अभियानका साथी पनि हुनुहुन्छ । देशमा छिट्टै स्थानीय निर्वाचन हुँदैछ । स्थानीय चुनाव गैरदलीय र स्वतन्त्र हुनुपर्छ भन्ने मान्यताका साथ अधिकांश नेपाली जनताको माग छ, स्थानीय तह स्वतन्त्र हुनुपर्दछ भन्ने छ । स्थानीय तह गैरदलीय स्वतन्त्र गर्नका लागि नेपालको संविधान स्पष्ट छ । संविधानले दलीय आधारमा स्थानीय तहको चुनावको परिकल्पना गरेको छैन । केही ऐन, कानुनको व्यवस्था गरी नेपालमा यो निर्वाचनको व्यवस्था गरियो । यसलाई संशोधन पनि गर्न मिल्छ । त्यसकारण संशोधन गरेर अब गैरदलीय स्थानीय तहको चुनाव हुनुपर्छ भन्ने मर्मका साथ हामीले प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाउन चाहन्छौं ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भारत भ्रमणमा जानलागेका प्रधानमन्त्री बालेनलाई के छ बाबुराम भट्टराई र प्रकाशशरण महतको सुझाव ?
PoliticsJust now

भारत भ्रमणमा जानलागेका प्रधानमन्त्री बालेनलाई के छ बाबुराम भट्टराई र प्रकाशशरण महतको सुझाव ?

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा आर्थिक एजेन्डालाई प्राथमिकताका साथ उठाउन पूर्वअर्थमन्त्रीहरूले सुझाव दिएका छन् । उनीहरूले नेपाल–भारतबीचको व्यापार घाटा न्यूनीकरण, नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँच, विद्युत् व्यापार र लगानी विस्तारलाई भ्रमणको महत्वपूर्ण विषय बनाउनुपर्ने बताएका हुन् । नेपाल र भारतबीचको आर्थिक सम्बन्ध लामो समयदेखि असन्तुलित रहेको उल्लेख गर्दै पूर्वअर्थमन्त्रीहरूले त्यसलाई सुधार्न तत्कालीन व्यापारिक समस्या समाधानसँगै संरचनात्मक परिवर्तनको ...

फरकधार
नेपालको पानीलाई साझा समृद्धिको आधार बनाउन बालेनलाई पूर्वकूटनतीज्ञहरूको सुझाब
PoliticsJust now

नेपालको पानीलाई साझा समृद्धिको आधार बनाउन बालेनलाई पूर्वकूटनतीज्ञहरूको सुझाब

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा नेपालको जलस्रोतलाई दुई देशको साझा समृद्धिको आधार बनाउने प्रस्ताव अघि सार्न पूर्वकूटनीतिज्ञहरूले सुझाव दिएका छन् । उनीहरूले जलविद्युत् उत्पादन र व्यापारसँगै सिँचाइ, खानेपानी तथा बाढी नियन्त्रणमा सहकार्य विस्तार गरेर दुवै देशले लाभ लिन सक्ने बताएका हुन् । प्रधानमन्त्री शाह यही मंसिर ६ र ७ गते दुईदिने भारत भ्रमणमा जाँदै छन् । भ्रमणका क्रममा ...

फरकधार
विद्या भण्डारीको निष्कर्ष : एमालेका कमिटी भद्दा भए, नेता-कार्यकर्ताको जीवनशैली सुध्रिएन
PoliticsJust now

विद्या भण्डारीको निष्कर्ष : एमालेका कमिटी भद्दा भए, नेता-कार्यकर्ताको जीवनशैली सुध्रिएन

काठमाण्डु- नेकपा (एमाले)की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको संगठनात्मक संरचना र नेता–कार्यकर्ताको कार्यशैलीमा व्यापक सुधार आवश्यक रहेको बताएकी छन्। उनले पार्टीका कमिटीहरू आवश्यकता र कार्यक्षमताका आधारमा गठन गर्नुपर्ने भन्दै मानार्थ नभई कार्यकारी बनाउनुपर्नेमा जोड दिएकी छन्। एमालेको राष्ट्रिय कार्यकर्ता भेलामा बिहीबार प्रस्तुत राजनीतिक दस्तावेजमा भण्डारीले पार्टीभित्र कमिटी ठूलो र भद्दा बनाउने प्रवृत्ति बढेको […] ...

काठमाण्डुपाटी
कांग्रेस सहमहामन्त्री खतिवडाको प्रस्ताव- ‘स्थानीय र प्रदेश निर्वाचन सँगै गरौँ’
PoliticsJust now

कांग्रेस सहमहामन्त्री खतिवडाको प्रस्ताव- ‘स्थानीय र प्रदेश निर्वाचन सँगै गरौँ’

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले स्थानीय तह र प्रदेशको निर्वाचन एकैपटक गर्नुपर्नेमा जोड दिएका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि गृहकार्य गरिरहेका बेला सहमहामन्त्री खतिवडाले सो प्रस्ताव गरेका हुन् । उनले अन्य राजनीतिक दललाई समेत प्रदेश र स्थानीय तह निर्वाचन सँगै गर्न अपिल गरे । ‘सबै राजनीतिक पार्टीलाई अपिल गर्न चाहन्छु। […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play