Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मलेखुको झोलुङ्गे पुललाई वैकल्पिक मार्गमा प्रयोग गरेपछि…

मलेखुको झोलुङ्गे पुललाई वैकल्पिक मार्गमा प्रयोग गरेपछि…

Share:WhatsAppFacebookX (Twitter)Telegram
मलेखुको झोलुङ्गे पुललाई वैकल्पिक मार्गमा प्रयोग गरेपछि…

धादिङ । त्रिशूली नदीको बाढीले फुर्केखोलाको पुल बगाएपछि विकल्पका रूपमा प्रयोग भइरहेको मलेखुस्थित झोलुङ्गे पुलमा मोटरसाइकलको चाप बढेको छ । दसैँ मनाएर फर्किने यात्रुको चापसँगै झोलुङ्गे पुल पार गर्न लामो समय पालो कुर्नुपर्ने र पैदलयात्रुलाई समेत आउतजावत गर्न कठिन भएको छ । बेनिघाट रोराङ गाउँपालिका–३ स्थित त्रिशूली नदीमाथिको उक्त पुलमा एक पटकमा एउटा मात्रै सवारीसाधन आवतजावत गराउने सूचना टाँसिएको छ । तर, एकै पटक धेरै मोटरसाइकल र स्कुटर प्रवेश गर्दा पैदलयात्रुले पनि साँघुरो ठाउँबाट ओहोरदोहोर गर्नुपरेको छ । समाजसेवी शिवराज सापकोटाले झोलुङ्गे पुलमा सवारी चाप बढ्दा सुरक्षा खतरा बढेको बताए । पुलमा भीडभाड बढ्दा स्थानीय प्रशासन वा सुरक्षाकर्मीको उपस्थिति अनिवार्य हुनुपर्ने उनको भनाइ छ । पुलभित्र मोटरसाइकल प्रवेश गरेपछि पैदलयात्रुलाई दोहोरो हिँड्न पर्याप्त ठाउँ नहुँदा एकअर्कालाई छलेर पार गर्नुपर्ने अवस्था छ । धादिङबाट चितवन फर्कंदै गरेका मोटरसाइकलचालक अभिषेक अधिकारीले पुल पार गर्न लामो समय पालो कुर्नु परेको अनुभव सुनाए । “पुलमा पालो कुर्नका लागि घाममा आधा घण्टाभन्दा बढी जाममा बस्नु पर्‍यो,” उनले भने । पुलको सुरक्षाबारे चिन्ता भए पनि बाध्यताले यही बाटो प्रयोग गर्नु परेको उनको भनाइ छ । दसैँअघि स्थानीय युवाले पुलको प्रवेशद्वारमा बसेर एक पटकमा एउटा मात्रै मोटरसाइकल प्रवेश गराउने गरेका थिए । दसैँ सकिएर काठमाडौँ, पोखरा र चितवन फर्किने यात्रुको सङ्ख्या बढेपछि चाप नियन्त्रण गर्न कठिन भएको हो । गत भदौ १० गते आएको बाढीले जिल्ला सदरमुकाम धादिङबेँसी र पृथ्वी राजमार्ग जोड्ने फुर्केखोलाको पुल बगाएको थियो । यसपछि सदरमुकाम तथा आसपासका क्षेत्रमा जाने मोटरसाइकल चालकले त्रिशूली नदीमाथिको झोलुङ्गे पुललाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्दै आएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

कांग्रेसका २३० पदाधिकारी तथा सदस्यले कात्तिक १२ गते शपथ लिने तयारी
ताजा खबरJust now

कांग्रेसका २३० पदाधिकारी तथा सदस्यले कात्तिक १२ गते शपथ लिने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम कात्तिक १२ गते गर्ने तयारी गरिएको छ। सभापति गगन थापाले असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिए पनि अन्य पदाधिकारी तथा सदस्यहरूले भने शपथ लिन र निर्वाचित भएको प्रमाणपत्र पाउन बाँकी छ। गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न ...

केन्द्रबिन्दु
गजब कुरा गर्नुहुन्छ– कठायतजी !
ताजा खबरJust now

गजब कुरा गर्नुहुन्छ– कठायतजी !

त्यसबेला विभिन्न वैदेशिक स्रोतबाट ठाउँ ठाउँमा अनेकौँ गोष्ठी, तालिम, सेमिनार, अभिमुखीकरण जस्ता क्रियाकलाप आयोजना गर्न गैरसरकारी संस्थालाई (एनजिओ) भ्याइ–नभ्याइ थियो । सुदूर–पश्चिमको... ...

गोरखापत्र
अलैँची सुकाउँदै किसान (फोटो फिचर)
ताजा खबरJust now

अलैँची सुकाउँदै किसान (फोटो फिचर)

• ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ ओखरबोटेमा किसानहरूले अलैँची सुकाउँदैछन्। • अलैँची टिप्ने मुख्य सिजन भएकाले किसान दशैंको समयमा पनि बगानमा व्यस्त रहन्छन्। • ताप्लेजुङमा हाल अलैँचीको मूल्य प्रतिमन ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। ...

नेपालबहस
जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि सरकारले जारी गर्‍यो श्वेतपत्र
ताजा खबरJust now

जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि सरकारले जारी गर्‍यो श्वेतपत्र

काठमाण्डु- सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुई वटा श्वेतपत्र सार्वजनिक गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र नेपाल मौसम विज्ञान विभागले आइतबार छुट्टाछुट्टै रूपमा श्वेतपत्र सार्वजनिक गरेका हुन्। सार्वजनिक गरेको श्वेतपत्रले नेपालको जलस्रोतको दिगो उपयोग, जलवायु अनुकूलन पूर्वाधार निर्माण, हवाई सुरक्षा तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा स्पष्ट […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play