कांग्रेसका २३० पदाधिकारी तथा सदस्यले कात्तिक १२ गते शपथ लिने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम कात्तिक १२ गते गर्ने तयारी गरिएको छ। सभापति गगन थापाले असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिए पनि अन्य पदाधिकारी तथा सदस्यहरूले भने शपथ लिन र निर्वाचित भएको प्रमाणपत्र पाउन बाँकी छ। गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न महाधिवेशनले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो। सभापति थापाबाहेक निर्वाचित तथा निर्विरोध भएका अन्य २३० जनाले हालसम्म पद तथा गोपनीयताको शपथ लिएका छैनन्। उनीहरूले निर्वाचित भएको प्रमाणपत्रसमेत पाएका छैनन्। कांग्रेसको निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले सभापतिबाहेकका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम कात्तिक १२ गते गर्ने तयारी भइरहेको जानकारी दिए। वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्मा हाल मुलुकबाहिर रहेकाले कार्यक्रमको मिति निश्चित गर्न नसकिएको कटुवालले बताए। शर्मा आज स्वदेश फर्किएपछि कार्यक्रमको समय टुंगो लाग्ने उनको भनाइ छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

महँगीविरुद्ध लाखौँ प्रदर्शनकारी फ्रान्सका सडकमा, लाठीचार्जसँगै अश्रुग्यास प्रहार, एक हजार पक्राउ
फ्रान्सभरि लाखौँ मानिसहरू महँगी, विद्यालयहरूको दयनीय अवस्था र प्रहरीको दमनकारी शैलीविरुद्ध विरोध जनाउन सडकमा उत्रिएका छन् । ...

मौसम पूर्वानुमानमा एआई प्रयोगदेखि हिमाली अनुसन्धान गरिने
काठमाडाैं । सरकारले मौसम पूर्वानुमानमा एआई प्रयोगदेखि हिमाली अनुसन्धानसम्मको योजना अघि सारेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र नेपाल मौसम विज्ञान विभागले आइतबार छुट्टाछुट्टै सार्वजनिक गरेको श्वेतपत्र सार्वजनिक गरेका छन् । नेपाल मौसम विज्ञान विभागले श्वेतपत्र जारी गर्दै मौसमको पूर्वानुमानलाई थप विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यसहित आधुनिक प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), उच्च क्षमताको कम्प्युटिङ ...

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान
दाङ । यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन् । पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन् । दूध उत्पादन गर्ने किसानले उचित मूल्य नपाउने र उपभोक्ताले भने तुलनात्मक रूपमा महँगो मूल्य तिर्नुपर्ने अवस्थाले दूधको मूल्य शृङ्खलामा समस्या रहेको देखिएको छ । उत्पादनदेखि उपभोक्तासम्म पुग्ने क्रममा हुने ...

केसेलिया खोलामा बोराभित्र पुरुषको शव भेटियो
सुनसरी। सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ। स्थानीयले आइतबार बिहान खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।घटनास्थलमा सुनसरी प्रहरी प्रमुख एसपी... ...


