Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

Share:WhatsAppFacebookX (Twitter)Telegram
मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

दाङ । यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन् । पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन् । दूध उत्पादन गर्ने किसानले उचित मूल्य नपाउने र उपभोक्ताले भने तुलनात्मक रूपमा महँगो मूल्य तिर्नुपर्ने अवस्थाले दूधको मूल्य शृङ्खलामा समस्या रहेको देखिएको छ । उत्पादनदेखि उपभोक्तासम्म पुग्ने क्रममा हुने लागत र मुनाफाको पारदर्शी विवरण सार्वजनिक हुनुपर्ने किसानहरूको माग छ । किसानलाई उत्पादनमा प्रोत्साहन गर्ने हो भने दूधको उचित मूल्य सुनिश्चित गर्नुपर्ने उनीहरूको भनाइ छ । किसानबाट न्यून मूल्यमा दूध खरिद गर्ने डेरी तथा व्यवसायीले उपभोक्तालाई महँगोमा बिक्री गर्दा उत्पादनकर्ता र उपभोक्ता दुवै प्रभावित भएका छन् । घोराही उपमहानगरपालिका–२ रामपुरमा ग्रिन लक्ष्मी गाई तथा भैँसी फार्म सञ्चालन गर्दै आउनुभएका गोपाल खनालले दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गर्नुहुन्छ । उत्पादित दूधमध्ये करिब ६५ लिटर डेरीलाई बिक्री गर्ने गर्नुभएको छ भने बाँकी दूध घरघरमा उपभोक्तालाई बिक्री गर्दै आएको बताउछन् । खनालका अनुसार डेरीलाई दूध बिक्री गर्दा भैँसीको दूधको प्रतिलिटर रु ७५ भन्दा बढी मूल्य पाउने अवस्था छैन । गाईको दूधको मूल्य भने प्रतिलिटर रु ६५ मूल्य पाउने गर्नुभएको छ । तर, त्यही दूध डेरी व्यवसायीले उपभोक्तालाई प्रतिलिटर रु एक सय सम्ममा बिक्री गर्ने गरेका छन् । गाई र भैँसीको दूध छुट्टाछुट्टै उत्पादन लागत भए पनि उपभोक्ताले भने दुवै प्रकारको दूधका लागि करिब समान मूल्य तिर्नुपर्ने अवस्था रहेको उनले बताए । “मूल्य निर्धारण गर्दा कृषकको सहभागिता समेत गराइँदैन,” उनले भने । दूध उत्पादनमा लाग्ने दाना, चोकर, घाँस, औषधि तथा पशु उपचारलगायतको खर्च बढ्दै गए पनि किसानले पाउने मूल्य सोही अनुसार वृद्धि हुन नसकेको उनले बताए । उत्पादन लागत बढ्दै जाँदा किसानको आम्दानी घट्ने अवस्था आएको उनको भनाइ छ । किसानको लागत बढे पनि दूधको मूल्यमा अपेक्षित वृद्धि नभएको अवस्थामा डेरी व्यवसायीले भने दूधबाट उत्पादन हुने दही, पनिर र घीउको मूल्य बढाएका छन् । व्यवसायी समिति घोराहीले असोज १५ गतेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेका हुन् । लागत वृद्धि भएको कारण देखाउँदै ती वस्तुको मूल्य बढाएको जनाएका छन् । हाल दही प्रतिलिटर रु १४०, पनिर प्रतिकिलो रु ९०० र घीउ प्रतिकिलो रु एक हजार ४५० बनाएका छन् । घोराहीका एक कृषकले प्रतिलिटर रु ७० देखि ७५ सम्ममा दूध बिक्री गर्ने गरेको बताउँछन् । आफैँले मोटरसाइकलमा सम्बन्धित स्थानसम्म दूध पु¥याउने भएकाले प्रतिलिटर रु ७५ सम्म मूल्य पाउने गरेको उनको भनाइ छ । तर, दूध बजारसम्म पु¥याउँदा हुने यातायात खर्च, समय र श्रमका कारण वास्तविक आम्दानी अझ कम हुने गरेको बताए । लगानी र श्रम गरे पनि मूल्य निर्धारणमा आफूहरूको भूमिका कमजोर रहेको किसानको गुनासो छ । पशुपालनका लागि आवश्यक दाना, औषधि, श्रमिक, विद्युत्, पानी तथा पशु स्वास्थ्य सेवाको लागत बढ्दै गए पनि दूधको मूल्य भने लागतअनुसार समायोजन हुन नसकेको उनीहरूको भनाइ छ । किसानहरूले दुधको मूल्य निर्धारण गर्दा उत्पादन लागतको वैज्ञानिक हिसाब गर्नुपर्ने, किसानको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने र बजारसम्म दूध पु¥याउँदा लाग्ने खर्चको पनि मूल्याङ्कन गर्नुपर्ने माग गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

जल तथा मौसम क्षेत्र सुदृढीकरणका लागि श्वेतपत्र : जोखिमयुक्त हिमतालमा विशेष कार्यक्रम, बाढी पूर्वसूचना र २४ घण्टे निगरानी
ताजा खबरJust now

जल तथा मौसम क्षेत्र सुदृढीकरणका लागि श्वेतपत्र : जोखिमयुक्त हिमतालमा विशेष कार्यक्रम, बाढी पूर्वसूचना र २४ घण्टे निगरानी

सरकारले जारी गरेको श्वेतपत्रमा हिमतालको जोखिम घटाउनेदेखि एआईमा आधारित मौसम पूर्वानुमान र स्थानीय तहसम्म बाढी पूर्वसूचना पुर्‍याउने योजना समेटिएका छन् । ...

कान्तिपुर
भोटेकोशी बाढीमा बेपत्ता प्रदीपको ६० दिनपछि कुशको शव बनाएर अन्त्येष्टि
ताजा खबरJust now

भोटेकोशी बाढीमा बेपत्ता प्रदीपको ६० दिनपछि कुशको शव बनाएर अन्त्येष्टि

हेटौँडा । रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता हुनुभएका हेटौँडा उपमहानगरपालिका–५ का २५ वर्षीय प्रदीप सापकोटाको परिवारले ६० दिनपछि कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरेको छ। गत भदौ १० गते बाढीपछि सम्पर्कविहीन हुनुभएका प्रदीपको शव फेला नपरेपछि परिवारले आइतबार हेटौँडा–१० स्थित राप्ती नदी किनारमा हिन्दू धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरेको हो। रोजगारीका सिलसिलामा रसुवा पुग्नुभएका प्रदीप निर्माणाधीन जलविद्युत् आयोजनामा मजदुरी गर्नुहुन्थ्यो। बाढी आउनुअघि ...

हिमालय टाइम्स
मकै फल्ने गरामा क्रिकेट प्रतियोगिता !
ताजा खबरJust now

मकै फल्ने गरामा क्रिकेट प्रतियोगिता !

सुर्खेत । पछिल्लो समय क्रिकेटप्रति युवाहरूको आकर्षण निकै बढेको छ । यहाँसम्म कि खेल मैदान नहुँदा मकै फल्ने गरामै प्रतियोगिता हुने गरेका छन् । त्यसको पछिल्लो उदाहरण हो– पश्चिम दैलेखको... ...

रातोपाटी
किन झर्छ कपाल, के छ उपचार?
ताजा खबरJust now

किन झर्छ कपाल, के छ उपचार?

कपाल झर्नु सौन्दर्यसँगै आत्मविश्वास र मानसिक तनावसँग पनि जोडिएको समस्या हो। वंशाणुगत कारण, हर्मोनको असन्तुलन, पोषणको कमी तथा विभिन्न स्वास्थ्य समस्याले कपाल झर्न सक्छ। पछिल्लो समय कपाल प्रत्यारोपणप्रति आकर्षण बढे पनि यसको प्रभावकारिता र जोखिमबारे धेरैमा अन्योल छ। कपाल झर्नुका कारण, उपचार र प्रत्यारोपणसम्बन्धी भ्रमबारे कपाल तथा छाला रोग विशेषज्ञ एवं कपाल प्रत्यारोपण शल्यचिकित्सक डा. रूपक घिमिरेसँग सृष्टि बरालले गरेको ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play