मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल

रूपन्देही । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रुपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका लागि सडक, स्वास्थ्य र शिक्षाका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने जानकारी दिएका छन् । मर्चवार क्षेत्रको सोमबार स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा उनले सडक विस्तार, ग्रामीण सडक निर्माण, अस्पताल स्थापना तथा स्वास्थ्य चौकी र विद्यालयको स्तरोन्नतिका लागि आवश्यक बजेट व्यवस्थापन गरिने बताएका हुन् । मन्त्री लम्सालले चालु आर्थिक वर्षमा दुई खण्डमा चार लेन सडक विस्तारको योजना अघि बढाइएको जानकारी दिए । उनका अनुसार पहिलो खण्डको पाँच किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । उक्त खण्डको निर्माणका लागि तत्काल बोलपत्र आह्वान गर्ने प्रक्रिया अघि बढाइनेछ । पहिलो खण्डकै थप १५ किलोमिटर सडकको डीपीआर तयार गरी निर्माण प्रक्रिया अघि बढाउने तयारी भइरहेको उनले बताए । दोस्रो खण्डमा केही ढिलाइ भए पनि चालु आर्थिक वर्षको अन्त्यसम्म बोलपत्र आह्वान गर्ने योजना रहेको मन्त्री लम्सालको भनाइ छ । सडक विस्तारले स्थानीय बासिन्दाको आवागमन सहज बनाउनुका साथै कृषि उत्पादनको बजारीकरण, व्यापारिक गतिविधि र समग्र आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । मर्चवारको धार्मिक तथा पर्यटकीय सम्भावनालाई ध्यानमा राख्दै मर्चवारी माई मन्दिरसम्म पुग्ने सडक निर्माणलाई पनि प्राथमिकता दिइने मन्त्री लम्सालले बताए । मन्दिरसम्म पुग्ने बाटो तथा त्यसलाई मुख्य सडकसँग जोड्ने सडक चालु आर्थिक वर्षभित्र निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए । यसका साथै मुख्य सडक र ग्रामीण सडकको निर्माण तथा स्तरोन्नतिका लागि पनि बजेट व्यवस्थापन गरिने मन्त्री लम्सालले बताए । अनुगमनका क्रममा स्थानीय बासिन्दाले सर्पदंश उपचार सेवासहितको अस्पताल स्थापना गर्न माग गरेपछि मन्त्री लम्सालले आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने बाध्यता कम गर्न स्थानीयस्तरमै अस्पताल स्थापना आवश्यक रहेको उल्लेख गर्दै उनले स्वास्थ्य चौकीको स्तरोन्नतिलाई समेत प्राथमिकतामा राखिने बताए । त्यसैगरी, क्षेत्रका विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालु आर्थिक वर्षमा आवश्यक योजनाको डीपीआर तयार गर्ने र आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन गरी कार्यान्वयनमा लैजाने तयारी रहेको उनले जानकारी दिए । मर्चवार क्षेत्रका विकासका आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा योजना अघि बढाउन स्थलगत अनुगमन गरिएको सांसद कन्हैया बनियाले बताए । अनुगमनका क्रममा स्थानीयवासीले उठाएका माग र समस्याको अध्ययन गरी सडक, स्वास्थ्य तथा शिक्षासम्बन्धी योजना कार्यान्वयनमा लैजानुपर्ने उनले बताए ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News
![[भिडियो रिपोर्ट] दसैँमा पनि सेवामा निरन्तर](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/damkal-20102026035711-watermarked.png)
[भिडियो रिपोर्ट] दसैँमा पनि सेवामा निरन्तर
चाडपर्वमा परिवारसँग रमाउने रहरलाई थाती राखेर सेवामा खटिएका अत्यावश्यक सेवाका कर्मचारीले सर्वसाधारणलाई कसरी सेवा दिइरहेका छन्? ...

यमनको सैन्य शिविरमा हुथीले हान्यो मिसाइल, कम्तीमा ५० जनाको मृत्यु, २०० घाइते
यमनको शाब्वा प्रान्तमा रहेको सैन्य शिविरमा आइतबार हुथी विद्रोहीले तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। फ्रान्सको समाचार एजेन्सी एएफपीले दुई सैन्य स्रोतलाई उद्धृत गर्दै आक्रमणमा ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको र कम्तीमा २०० जना घाइते भएको जनाएको छ। रोयटर्सका अनुसार हुथी विद्रोहीले शाब्वा प्रान्तको आलम शिविरलाई निसाना बनाएको हो। ... ...

तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला
काठमाण्डु – काटमाण्डुको हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर मङ्गलबार सर्वसाधारणका लागि खुला गरिएको छ । महानवमीका अवसरमा वर्षमा एक दिन मात्र खुल्ने यस मन्दिरमा भक्तजनका लागि बिहान ५ बजेदेखि खुला गरिएको हो । मन्दिरमा नैबेलुकी ६ बजेसम्म पूजा, आराधना तथा दर्शन गर्न पाउनेछन् । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन तलेजु भवानीको […] ...

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
चितवन। चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने भएको छ। करिब दुई किलोमिटर दूरी रहेको उक्त स्थानमा आइएमई ग्रुपले केबलकार निर्माण गर्ने भएको हो। ग्रुपका अनुसार दुई वर्षभित्र केबलकार निर्माण गरिनेछ। कम्पनील हाल गैँडाकोटको बटम स्टेसनबाट मौलाकालिका मन्दिर नजिकै रहेको इला होटलसम्म केबलकार सञ्चालन गरिरहेको छ। अब देवघाटबाट समेत मौलाकालिका पुग्न सकिने गरी नयाँ केबलकार परियोजना अघि बढाइएको हो। आइएमई ग्रुपका अध्यक्ष ...


