मनास्लु लार्केपास, लाङटाङ र गोसाइँकुण्ड पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

काठमाडौं । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले मनास्लु लार्केपास पदयात्रा खुला भएकाले सर्तकता अनपाएर यात्रा गर्न आग्रह गरेको छ । टानले आज एक सूचना जारी गरी बूढीगण्डकीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त पहुँचमार्ग, पदमार्गका खण्ड, पुल तथा टि हाउस लज धार्चे र चुमनुब्री गाउँपालिकाले संयुक्त रुपमा मर्मतसम्भार गरेसँगै आशिंक रुपमा सञ्चालनमा आएको जनाएको छ । उक्त पदमार्ग आंशिक रूपमा सञ्चालनमा आएसँगै सर्तकता अनपाएर पदायात्रा गर्न टानले सबै पदयात्रीलाई आग्रह गरेको छ । उक्त पदयात्रा सञ्चालनमा आएसँगै मनास्लु लार्केपास पदमार्ग पुनः सञ्चालनमा आएको हो । पदयात्रीले माछाखोला सम्म सवारीसाधनमार्फत पुगेर जगत, न्याकफेदी र लार्केपास तर्फको यात्रा गर्न सक्ने टानले जनाएको छ । यस्तै, यारु बगरको नियमित पदमार्गमा केही अफ्ठयारो बाँकी रहेकाले १० मीनेटको बैकल्पिक मार्ग प्रयोग गर्नसमेत टानले आग्रह गरेको छ । कठिन रहेकाले पदमार्गको खण्ड निर्माणका लागि धार्चे र चुमनुब्री गाउँपालिकाले काम गरिरहेको टानले जनाएको छ । टानका अनुसार उक्त पदमार्गमा पर्ने क्यान्टिलिभर पुल भत्किएपछि चुम उपत्यका पदयात्रा मार्ग हाल बन्द रहेको छ । पुल मर्मतको काम जारी रहेकाले करिब एक साताभित्र पदमार्ग पुनः सञ्चालनमा आउने गोरखा चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । लाङटाङ र गोसाइँकुण्ड पदयात्राका लागि खुला यस्तै, लाङटाङ, क्यान्जिन र गोसाइँकुण्ड क्षेत्र पदयात्राका लागि खुला रहेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले क्षतिग्रस्त बनाएको बेत्रावतीमा बेलीब्रिज जडान भएपछि लाङटाङ क्षेत्र पुग्न दुई वैकल्पिक पदमार्ग उपलब्ध भएको टानले जनाएको छ । पहिलो विकल्पअनुसार काठमाडौँ हुँदै त्रिशूली र बेत्रावतीबाट धुन्चे वा ठूलोस्याप्रु पुगेर बम्बु, लामाहोटेल, लाङटाङ हुँदै क्यान्जिनसम्म पदयात्रा गर्न सकिनेछ । यसैगरी, दोस्रो विकल्पमा काठमाडौँ–चिसापानी–हेलम्बु–थारेपाटी–घोप्टे–गोसाइँकुण्ड– ठूलोस्याप्रु–बम्बु–लामा होटल–लाङटाङ हुँदै क्यान्जिन पुग्न सकिने टानले जनाएको छ । टानले पदयात्री, पर्यटक तथा सम्बन्धित पर्यटन व्यवसायीलाई यात्रा सुरु गर्नुअघि पदमार्गको पछिल्लो अवस्था बुझ्न र आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ ।रासस
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाण्डु – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागमा बिहानीपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेशका हिमाली […] ...

आज यी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा भने बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा ...

युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता गर्न सहमत भए पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन र अमेरिकासँग त्रिपक्षीय शान्ति वार्ता गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफसँग बुधबार रुसको सेन्ट पिटर्सबर्गमा भएको भेटपछि पुटिन वार्ताका लागि सहमत भएका हुन् । अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच युक्रेन युद्ध अन्त्य गर्ने विषयमा कूटनीतिक छलफल भइरहेका बेला त्रिपक्षीय वार्ताको तयारी अघि बढेको हो । ...

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिँचाइ सुविधामा सहजता मिलेको छ । विगतमा सुक्खा क्षेत्रका रूपमा चिनिने र आकाशे... ...


